एजेन्सी । हीरा संसारमै महँगो वस्तु मानिन्छ। यो एक पारदर्शी रत्न हो। यो रसायनिक रुपले कार्बनको शुद्ध रुप हो। हीरामा प्रत्येक कार्बन परमाणु चार अन्य परमाणुको साथ संयोजन भएर बनेको हुन्छ।
कार्बन परमाणुको बाहिरी कक्षमा बाधिएको हुन्छ र एउटा पनि इलेक्ट्रोन स्वतन्त्र हुँदैन। यो सेतो मात्रै हुदैन्। अशुद्धिका कारण यसको रंग निलो, रातो, पहेलो, सप्तरंगी, हरियो तथा कालो पनि हुन सक्छ। यो रसायनमा धेरै नै निष्क्रिय पदार्थ मानिन्छ। यसको आपेक्षिक घनत्व ३.५१ हुन्छ। अधिक चमक दिने भएकैले यसले बहुमूल्यको रुपमा प्रयोग गरिन्छ। यसलाई मानिसको दैनिक जीवनमा आइपर्ने समस्या समाधान गर्न प्रयोग गर्ने गरिन्छ। यसलाई शुद्ध थर्मोमिटर बनाउन प्रयोग गर्ने गरिन्छ।
यस्तै काँच काट्न कालो हिराको प्रयोग गरिन्छ भने हिरा काट्न, यसमा पोलिस गर्न र चट्टानमा प्वाल पार्न समेत यसैको प्रयोग गरिन्छ। यो प्राकृतिक पदार्थमा सबैभन्दा कठोर पदार्थ हो। यसको कठोरताको कारण धेरै उद्योग र तथा आभूषणमा प्रयोग हुने गर्दछन्। हीरालाई मानिसले आभूषणको लागि प्रयोग गर्ने गर्दछन्। हेरो संसारका केही महंगो हीराहरु १. कोहिनूर यसको कुनै मूल्य हुँदैन। यो अमुल्य हुन्छ। २. सैंसी डाइमन्ड: यो पनि अमूल्य हुन्छ।
१. कोहिनूर यसको कुनै मूल्य हुँदैन। यो अमुल्य हुन्छ।
२. सैंसी डाइमन्ड: यो पनि अमूल्य हुन्छ।
३. द कलिनान यो हिराको मूल्य करीब ४ सय मिलियन डलर रहेको छ।
४. द होप डायमण्ड : यसको मूल्य ३५० मिलियन डलर रहेको छ।
५. डी बियर्स कम्पनीको हीरा यो हिराको मूल्य १ सय मिलियन डलर रहेको छ।
६.द स्टेनमेट्ज मिंक यसको मूल्य २५ मिलियन डलर रहेको छ।
७.विट्टलेसबैच डायमण्ड यसको मुल्य १६.४ मिलियन डलर रहेको छ।
८. हार्ट अफ इटर्निटी: यसको मूल्य १६ मिलियन डलररहेको छ।
९. द मौसेफ रेड डायमन्ड: यसको मूल्य ७ मिलियन डलर रहेको छ।
१०. द अलनाट्ट डायमण्ड: यसको मूल्य ३ मिलियन डलर रहेको छ।


0 comments
प्रतिक्रिया दिनुहोस्...