-->
काठमाडौंको छेउमा ढुङ्गामाथि अचम्मको मन्दिर र पोखरी...

सिन्धुपाल्चोक–काठमाडौं र सिन्धुपाल्चोक सीमाना ढुङ्गामाथि अचम्मको पोखरी भेटिएको छ ।
–काठमाडौंको शंखरापुर नगरपालिका–२ र ३, सिन्धुपाल्चोकको भोटेचौर गाविस–४ र मेलम्ची नगरपालिकाको गिराउञ्चौरको सीमानामा कुण्डेश्वर महादेवको मन्दिरसँगै ढुङ्गामाथि अनौठो पोखरी रहेको छ ।
–ढुङ्गामाथि पोखरी भएको यो ठाँउ हालसालै पत्ता लागेको भने होइन् । यो मन्दिर र पोखरी भएको ठाँउ परम्परादेखि धार्मिक महत्व बोकेको स्थल भएर पनि अझै प्रचार प्रसारमा नआएर ओझेलमा परेको चाँपाबोट उच्चमाविका पूर्व प्रधानाध्यापक भरतमणि ढुङ्गानाले बताए ।
–सत्ययुगमा दक्षप्रजापतिले यज्ञ गरेका बेला महादेवलाई अपमान गरेको भन्दै सतिदेवीले यज्ञकुण्डमा हामफालेर आत्महत्या गरेको धर्मग्रन्थमा उल्लेख छ ।
–सतिदेवी मरेपछि उनको पार्थिव शरिर बोकेर महादेवले ब्रमाण्ड यात्रा गर्ने क्रममा सो स्थलमा उनको मृगौला पतन भएको किंबदन्ती छ ।
–उनको मृगौला पतन भएपछि सो स्थलमा कुण्डेश्वर महादेव उत्पन्न भएको धार्मिक मान्यता छ ।
–नेपाल माहात्य भन्ने धार्मिक ग्रन्थमा पनि यो मन्दिरको बारेमा उल्लेख भएको शिक्षक ढुङ्गानाको भनाई छ ।
–बिशेषगरी शिवमार्गीहरु यो मन्दिरमा दर्शन गर्न आउने गरेको स्थानीयहरु बताँउछन् ।
–एउटा मात्र इच्छा लिएर कुण्डेश्वर महादेवको मन्दिरमा दर्शन गरे मनोकामना पूरा हुने धार्मिक मान्यता छ ।
बिशाल ढुङ्गामाथि पोखरी र मन्दिर
–इन्द्रावती नदिमा मिसिने घट्टेखोलाको किनारमा रहेको बिशाल ढुङ्गामाथि पानीको कुण्ड रहेको छ । कुण्डसँगै कुण्डेश्वर महादेवको मन्दिर रहेको छ ।
–कुण्डमा जमिनबाट पानी जाने कुनै स्रोत तथा बाटो समेत छैन । ढुङ्गामाथि बाघ, हात्ति, गाई लगाउतका जनावरका पाइलाको छाप समेत देख्न सकिन्छ । जमिनमा रहेको बिशाल ढुङ्गामा काठमाडौंको बुढानिलकन्ठमा रहेको बिष्णुको जत्रै आकृतिको शेषनागमा सयन गरेको भगवानको मूर्ति रहेको छ ।
–श्रीस्वस्थानी ब्रत कथा धार्मिक ग्रन्थमा समेत यो ठाँउको उल्लेख गरिएको पाइन्छ । काठमाडौं र सिन्धुपाल्चोक जिल्लाको सिमानामा भएका कारण प्रशिद्ध धार्मिक स्थल भएर पनि ओझेलमा परेको स्थानीय बताँउछन्


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.