-->
तीन लाख भक्तजनद्वारा त्रिवेणी धामको दर्शन

उदयपुर जिल्लाको कटारीस्थित कमला नदीको त्रिवेणी धाममा सञ्चालन भइरहेको १५ दिने मेलामा एक हप्ताभित्र झन्डै तीन लाख भक्तजनले त्रिवेणी धामको दर्शन गरेर मेलामा सहभागिता जनाएका छन् ।
माघ १ गतेदेखि माघ ७ गते सम्ममा पूर्वको तराई पहाड र भारतको बिहारलगायत राजधानी काठमाडाँैदेखि भक्तजन आएर दर्शन गर्दै रहेको र दर्शन गर्नेको सङ्ख्या झन्डै तीन लाख पुगेको प्रहरी चौकी बेलस्रोतका प्रहरी निरीक्षक विक्रम लामाले बताउनुभयो ।
अहिलेसम्म त्रिवेणी धाममा नुहाउने र त्रिवेणीको कमलेस्वर मन्दिरमा पूजा गर्ने भक्तजनको भीड लाग्ने गरेकोसमेत स्थानीय केदार धमला बताउनुहुन्छ ।
यस्तै त्रिवेणीको कमलेस्वर मन्दिरमा आयोजना गरेको सप्ताहव्यापी पुराण शुक्रबार सम्पन्न भएको छ । प्रत्येक वर्ष तीन वर्षदेखि कमलेस्वर मन्दिरमा आयोजना गर्दै आएको सप्ताहव्यापी पुराण यसवर्ष पनि माघ १ गतेदेखि सुरु गरेर ७ गते सम्पन्न गरेको पुराण आयोजक समितिका संयोजक नेत्र भट्टराईले बताउनुभयो ।
उक्त पुराणमा सङ्कलन भएका रकम तथा दानबाट त्रिवेणीको कमलेस्वर मन्दिर व्यवस्थापनमा खर्च गरिने संयोजक भट्टराईले बताउनुभएको छ ।
भक्तजनले माघ महिना भरिनै त्रिवेणीमा दर्शन गर्ने र पूजा तथा आराधना गर्ने गरेका कारण माघ अन्तिमसम्ममा टाढा÷टाढाबाट आउने धेरै भक्तजनले कमलाको त्रिवेणी दर्शन गर्ने गर्दछन् । रासस


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.