-->
र्यापर यम बुद्धको शव नेपाल ल्याइयो, आजै पशुपतिमा अन्तिम दाहसंस्कार गरिँदै

काठमाडौं, १५ माघ – नेपालका चर्चित र्यापर अनिल अधिकारी यम बुद्धको शव नेपाल ल्याइएको छ ।
उनको शव अपरान्ह इतिहाद एयरलाइन्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो ।
विमानस्थलबाट उनको शवलाई सिधैंं प्रज्ञा भवन कमलादी लगिने उनका आफन्तले जनाएका छन् । साथै आजै पशुपति लगेर उनको अन्त्येष्टि गरिनेछ ।
श्रीमतीसहित लण्डनमा बस्दै २९ वर्षीय अधिकारीले माघ १ गते आत्महत्या गरेका थिए । उनको शव लण्डनको साउथ ह्यारोस्थित घरको बाथरुममा झुण्डिएको अवस्थामा फेला परेको थियो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.