-->
अनौठो होटल, जहाँ लुगा लगाएर जान पाइदैन


विश्वमा अनौठा अनौठा स्थान छन् । जुन सुन्दा पत्यार लाग्दैन तर वास्तविक हुन् ।

यस्तै पत्याउन नसकिने एउटा होटल बेलायतमा रहेको छ । जुन होटल प्रवेश गर्दा ग्राहक नांगै हुनुपर्ने छ । गत वर्ष खोलिएको होटलको नाम ‘द बुनियादी’ हो । जहाँ आगन्तुकहरुलाई कुनै पनि कपडा लैजान अनुमति छैन । 

नाङ्गो भएर खाना खाने अनुभव बटुल्नका लागि रेष्टुरेन्ट औपचारिक रुपमा खुल्नुपूर्व नै ४० हजारले नाङगै भएर खाना खाजा खाएका थिए । 

यो रेष्टुरेन्टमा ४२ मानिसहरुले एकसाथ सँगै खाना खाने क्षमता रहेको छ तर जबदेखि यो रेष्टुरेन्ट खोलिएको छ त्यतिबेलादेखि हज्जारौंको संख्यामा मानिसहरुले एडभान्स बुकिङ गराएका छन् । 

रेष्टुरेन्टका मालिक सेब लियोलका अनुसार उनी ग्राहकलाई एउटा भिन्न र स्वतन्त्र महसुस गराउन चाहन्छन् । जसका कारण उनले यस्तो होटल खोलेकी हुन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.