काठमाडौँ, १८ माघ । केही समयमानै पुरातत्व विभागले रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पुनःनिर्माणको काम सुरु गर्ने भएको छ ।
रानीपोखरी पुनःनिर्माणको सम्पूर्ण जिम्मा काठमाडौँ महानगरपालिकालाई दिएको भएपनि मन्दिर पुनःनिर्माण नियम विपरीत रहेको भन्दै विभागले गत भदौमा नै रोक लगाएको थियो ।
मन्दिर पुनःनिर्माणमा रोक लगाएपनि पोखरीको अन्य निर्माणको काम भने कामपाले नै गर्दै आएको छ । अहिले पोखरी वरपर पर्खाल निर्माण गर्ने कार्य भइरहेको छ ।
झन्डै पाँच महिनाअघि नै विभागले पुनःनिर्माणमा रोक लगाएको भएपनि कसरी बनाउने, निर्माण सामग्री कताबाट ल्याउने जस्ता छलफलले गर्दा अहिलेसम्म कहिलेदेखि निर्माण गर्ने भन्ने यकिन नभए पनि अबको केही समयमा नै निर्माणको काम सुरु हुने विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिनुभयो ।
दाहालका अनुसार यसअघि कामपाले निर्माण गर्दा भएका कमजोरीलाई सच्याउँदै अबका दिनमा काम अघि बढाइने छ । विसं २०७२ वैशाख १२ मा गएको भूकम्पका कारण पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर, पोखरी र वरपरसमेत क्षति पुगेको थियो ।
दुई वर्ष लगाएर विसं १७२७ मा बनाइएको पोखरीको दक्षिण कुनामा हात्तीमाथि चढेका प्रताप मल्ल र उनका छोराहरूसहितको सेतो मूर्ति छ । पोखरीको चारै कुनामा सोह्रहाते गणेशसहितका मन्दिर छन् ।
प्रताप मल्लले कान्छा छोरा चक्रवर्तीन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन ‘विष्णुतीर्थ’ निर्माण गराएको इतिहासमा उल्लेख छ । पोखरी निर्माणका क्रममा गोसाइँकुण्डदेखि नेपालका विभिन्न भागका नदी, जलाशयका पानी पनि राखिएको थियो ।
ऐतिहासिक महत्व बोकेको रानीपोखरीको पुनःनिर्माणको मौका छोपी पोखरीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नका लागि विद्युत् जडान गरी झिलीमिली बनाइने, बगैँचा निर्माण गर्ने, हरियाली र रङ्गीन पानीको फोहरा समेतको जडान गर्ने कामपाले निर्णय गरेको छ । रासस
अज्ञात व्यक्तिले ६ वर्षअघि बाबुको हत्या गरेको र एक वर्षअघि आमा रतनकलीले डाँडागाउँ–७ चाउलेचौरमा बिहे गरेर गएपछि चार वर्षीय अनिल, ६ वर्षीया रेखा, ८ वर्षीया चन्द्रा र १० वर्षीया पार्वती बिचल्लीमा परेका हुन् ।
द्वन्द्वकालमा माओवादी पार्टीका कार्यकर्ता हुँदा अन्तरजातीय विवाह गरेका उनीहरू–९ वर्षदेखि ढिमेको मालुबेलामा बस्दै आएका थिए ।
बाबुको हत्या भएको पाँच वर्षसम्म आमा रतनकलीले मजदुरी गरेरै छोराछोरीको लानपालन गरेको स्थानीय जगत मल्लले बताए ।
जग्गा–जमिन, घरबास केही नहुँदा ३० वर्षीय रतनकलीले छोराछारीको लालनपालन गर्न नसक्ने अवस्था आएपछि दोस्रो बिहे गर्न बाध्य भएको मल्लले बताए ।
‘ती बालबालिकाको आफन्त छन् वा छैनन्, कसैले वास्ता गरेका छैनन्’–उनले भने–‘चारै भाइ-बहिनीलाई डोल्पामा घर छ, छैन भन्ने पनि थाहा छैन ।’ उनीहरुका लागि प्रमुख समस्या भनेको नै गाँस, बास र कपासको हो ।’
गाउँमा अर्काको गोठाला गरेर उनीहरू पेट पाल्न बाध्य भएका छन् । गरिबीका कारण नाबालक नाति–नातिनाको लालनपालन गर्न नसकेको ७० वर्षीय हजुरआमा देवी कामीले बताइन् ।
‘मागेर कसरी लालनपालन गर्ने ?’ उनले भनिन्–‘कमाइ गर्ने कोही नहुँदा समस्या भएको छ । गोठालो गरेर गाँसबास र लत्ताकपडा जुटाउनुपरेको छ । पठनपाठनको व्यवस्था मिलाउन सकिएको छैन ।’ घरको आर्थिक अवस्था कमजोर रहेकाले समस्या भएको उनको भनाइ छ ।
Comm
विहे र आमा बन्ने इच्छा रेखाले जाहेर गरिरहेका बेला उनी सोमबार (आज) उत्तरबाहिनी मन्दिरमा एकाएक बेहुली भेषमा देखिइन् । अपरिचित बेहुलासँग उनी बेहुली बनेको देखेपछि मन्दिरमा फ्यानको एकाएक भीड लाग्यो ।
वास्तवमा उनको विहे फिल्म ‘हिरो रिटन्र्स’ लागि भइरहेको थियो । यसै फिल्मका लागि उनी अभिनेता दिल श्रेष्ठको दुलही बनेकी हुन् । दुलही बनेर उनले फिल्मका लागि केही दृश्य छायाँकन गरेकी थिइन् । यद्यपी त्यहाँ उपस्थित फ्यानलाई भने साच्चिकै विहे भइरहेको अभास भइरहेको थियो ।फिल्ममा रेखा र दिलको अलवा सरोज खनाल, सविन श्रेष्ठ लगायतको मुख्य भुमिका रहेको छ ।
माघ १६, २०७३-
लोकप्रिय र्याप गायक यमबुद्ध (अनिल अधिकारी) ले आत्महत्या गरेपछि उनका लाखौं प्रशंसक मर्माहत छन् । अधिकांश प्रशंसकले उनलाई श्रद्धाञ्जली दिने क्रम रोकिएको छैन । आफ्नो ससुराली घरको बाथरुममा बेल्टको पासो लगाई आत्महत्या गरेका यमबुद्धको पोस्टमार्टम रिपोर्टमा समेत उनले ड्रग्स सेवन गरेको नभै केही वाइन सेवन गरेर आत्महत्या गरेको देखिएको बताइएको छ । यसबीच फेसबुकमा चाई येन येन आइडी भएकी एक युवतीले यमबुद्धको निधनका बारेमा एउटा स्ट्याटस सेयर गरेकी छिन्।
यमबुद्ध किन मरे ?
११ लाखभन्दा बढी फ्यान तथा फलोअर । लाखौं युवाका धड्कन । जता गयो उतै हाई –हाई । २९ वर्षको कलिलो उमेर । नेपालमा र्याप ब्याटलका जन्मदाता । उनीभन्दा पहिले धेरै युवा र्याप हान्न आए, ट्याब खाए अनि कता गए कसैलाई थाहा भएन यद्यपि यमबुद्ध आफ्नो कर्ममा टिकिरहे । आखिर उनको पनि त्यही अवस्था आयो जुन अवस्था हरेक नेपाली कलाकारको आउँछ । रित्तो खल्तीमा कतिन्जेल र्याप हान्न सक्नु ? न राज्यको कुनै सहयोग, न त परिवारको । यमबुद्ध डिपेन्डेन्ट भिसामा बेलायत पुगे, ससुराली घर लन्डन भएकाले सुरुका दिन उनलाई खान बस्न कुनै समस्या भएन तर घरज्वाइँ भएर कति दिन बस्नु ? जिन्दगीभर सिकेको एउटै काम र्याप हान्नु...।
नेपालमा चर्चित गायक, तर लन्डनमा उनलाई कसले गन्ने ? गायक होस् अथवा नायक । काम नगरेको दिन खानसम्म पाइँदैन । २–३ महिना एक रेस्टुराँमा काम गरेपछि उनले युके रोयल मेलमा हुलाकीको काम पाए । काम कस्तो भने बिहान ८–१२ बजेसम्म घर–घर चिठ्ठी पुर्याउन जानुपर्ने । सोचेजस्तो भएन विदेश । कहाँ नेपालको त्यत्रो सम्मान, इज्जत, प्रतिष्ठा कहाँ लन्डनको हुलाकीको जागिर । हुन त काम ठूलो–सानो केही हुँदैन तर भोग्नेलाई थाहा हुन्छ अचानोको पीडा ।
उनी सुरुदेखि नै आफ्नो लन्डन बसाइबाट खुसी थिएनन् । एउटा सिर्जनशील मानिसलाई थुनेर हुलाकी बनाउँदा डिप्रेसन त हुने नै भयो । बेला–बेला उनी आफ्नो पीडा साथीहरूसँग पोख्थे । परिवारसँग पनि उनी नेपाल गएर संगीत सिर्जनामा लाग्ने सल्लाह हुँदै थियो तर परिवारको एउटा प्रश्नले उनलाई विचलित बनाउँदै थियो, ‘के र्याप हानेर परिवारको पेट पाल्न सकिन्छ ?’
यमबुद्धसँग यो प्रश्नको उत्तर थिएन । उनी मन नलागी–नलागी हुलाकीको काम गर्दै थिए । एक दिन त प्लम्स्टिड भन्ने ठाउँमा चिठी पुर्याउन जाँदा एक नेपाली युवतीले ढोका खोलिछन् । आफ्नो ढोका अगाडि यमबुद्धलाई देखेर छक्क पर्दै उनले भनिछन्— ‘आम्मै यम दा हैन ? ह्वाट अ सप्राइज, कसरी यहाँ ? त्यसपछि भएभरका साथीलाई बोलाएर फोटो खिचिछन् । रोयल मेलको रातो डेलिभरी युनिफार्म लगाएको उनको उक्त तस्बिरभाइरल भएछ । यम सकेसम्म आफ्नो कामको तस्बिर पब्लिक नहोस् भन्ने चाहन्थे, तर त्यो तस्बिर धेरैदिन लुकेन ।
धेरैले यमले नेपाल छोडेर विदेशमा नसुहाउने काम गरेको भन्दै आलोचना गरे । मानिस हो, अरूको कुराले मन बिझिहाल्छ । कति पटक चिठी दिन जाँदा सम्बन्धित व्यक्तिले टिप्स दिएको कुरा पनि लेखेका छन् उनले । यो कुराले पनि उनलाई नमज्जा लागेको होला । यो कस्तो समाज हो, कुनै नौलो सिर्जनामा लाग्यो भने कुरा काटेर अघि बढ्नै नदिने ? सफलतामा पुग्यो भने कसरी हुन्छ त्यहाँबाट झार्न खोज्ने । न कलाको सम्मान छ, न सर्जकको । कुनै केटाले र्याप गायो भने त्यो बिग्रिएको ट्यापे हुन्छ भन्ने जरुरी छ ?
मैले यही समाजमा उनलाई ट्यापे भनेको पनि सुनेकी छु । अहिले उनको पोस्टमार्टम रिपोर्ट पनि आइसकेको छ, जहाँ उनले कुनै ड्रग खाएको पुष्टि हुन सकेको छैन । यो विरक्तलाग्दो समाजमा यमबुद्ध जस्ता निष्ठावान सर्जकले किन बाँच्नु, कति दिन आफूलाई गल्ली–गल्लीमा ठोकर ख्वाउँदै हिड्नु ?
(चाइ येन येन नामको फेसबुकवालबाट, चाइले पनि यो सामग्री अन्यत्रैबाट साभार गरिएको उल्लेख गरेकी छिन् ।)
आस्था राउत
साथीको सम्झनामा पत्याउनै सक्दिनँ साथी,
छाडेर गयौ खै कहाँ धेरै–धेरै माथी..
सोच्थेँ तिमी जुझारु छौं,
शब्दको वाण हान्न सफल योद्धा हौ !
तिम्रा मनका भावहरू शब्दमा आउँथे
आक्रामक बुलन्द आवाज बनि छाउँथे
गाउँ बस्ती सहर, तराई, पहाड, हिमाल सबैले गाउँथे
युवाहरूले त झन आफ्नै सोच ठान्थें !
तर यार साथी तिमी कहाँ पुग्यौं ?
जानु थियो कहाँ.. पुग्यौ कहाँ ?
हुनु थियो के.. भयो के !
आज सबैलाई रुवाएर गयौं !
नहार भन्नेले नै हारेर गयौं !
अब जहाँ छौ, सायद तिम्रो नजरमा खुसी छौं !
हामी जहाँ छौं, हामी तिमीलाई सम्झेर दुखी छौँ !
तिम्रो आत्माको चिर शान्तिको कामना
छोटो मिठो सम्झना !
(लोकप्रिय गायिका आस्था राउतले आफ्नो फेसबुक वालमा पोस्ट गरेको कविता)
तपाई घरमा शुख शान्ति, सम्बृधी , धन, मान आदी चाहानुहुन्छ भने यी नियम पालना गर्नुहोस ! बास्तु शास्त्रका अनुसार घरमा केही कुरामा ध्यान दिने हो भने हरेक समय सुख शान्ति प्राप्त हुन सक्छ । किन भने घरमा रहेका हरेक बस्तुले सकारात्मक र नाकारात्मक उर्जा बनाइरहेका हुन्छन् । घरमा नकारात्मकलाई निषेध गरेर सकारात्मक उर्जा जम्मा हुन दिएमा घरमा सुख शान्ति हुने बास्तु शास्त्रको दावी छ ।
यी ८ कुरामा ध्यान दिुनुस् घरमा सँधै सुख शान्ति हुन्छः
१. घरको छतमा पानी ट्याङ्की राख्ने चलन सबैतिर हुन्छ । तर यस्तो ट्याङ्की छतको दक्षिण-पश्चिम दिशामा हुनु पर्ने बास्तुबिदको भनाइ छ । अन्य दिशामा भएको पानी ट्याङ्की अशुभ मानिन्छ ।
२. घरको उत्तर दिशामा धातुका सिक्काले भरिएको कचौरा राख्दा शनिको प्रभावले घरुमा सुख शान्ति हुने मानिन्छ । उत्तर-दक्षिण दिशा घरको स्वामिको दिशा मानिन्छ ।
३. भान्सामा आगो र पानीकोबिचमा केही दुरी हुन जरुरी छ । अग्नि तत्व पानी तत्व आपसमा विरोधी मानिन्छन् । यसैले एक अर्काबाट टाढा राखिएमा सकारात्मक उर्जा पैदा हुन्छ ।
४. घरमा सर-सफाइ गर्दा पानीमा थोरै नुन मिसाएर गर्नुस् । यसो गर्दा घरमा सकारात्मक उर्जा जम्मा हुन्छ ।
५. घरमा परिवारको तस्विर राख्दा दक्षिण-पश्चिम दिशामा राख्नु शुभ मानिन्छ । यो दिशामा परिवारका सबै सदस्य भएको तस्विर राख्दा घरमा प्रेम बढ्छ ।
६. घरमा कोठाको ढोकातिर पर्ने गरी खुट्टा राखेर सुत्नु हुँदैन । यो बास्तु नियम विपरित मानिन्छ ।
७. घरको सरसफाइमा विशेष ध्यान दिनु पर्छ । घरमा फोहोर जम्मा हुँदा त्यसले नकारात्मक उर्जा पैदा गर्छ ।
८. घरमा रहेको पुजा स्थल वा मन्दिरमा नियमितरुपमा देवी देवताको तस्विर वा मुर्तिमा पुजा गर्नुस् यसले वास्तु दोष नष्ट गरिदिन्छ र सकारात्मक उर्जा पैदा गर्छ । –नेपाली हेडलाइको सहयोगमा
चन्द्रकान्त खनाल, रुपन्देही, १७ माघ - एउटा हातमा लौरो साहरा अर्को हातमा श्रीमती गुल्मी अर्वेनीका लालबहादुर सुनारको कस्तो शौभाग्य ७८ वर्षको उमेरमा विवाह हुँदा छोरा र नाती जन्ती सिडियो प्रमुख अतिथि भएका छन ।
यसअघि अर्वेनी ५ का लालबहादुर सुनारले स्थानिय व्राम्हण समुदायकी ४३ वर्षिया महिला सविात्रा न्यौपाने संग प्रेम सम्वन्ध राखेको आरोपमा गाउँ निकला भई त्यहाँका सिमित मानिसहरुले उनको घर भत्काउन लगाई वनवास पठाएको खवर स्थानिय र राष्ट्रिय सञ्चार माध्यममा आई सकेको छ ।
उनै लालबहादुर र सावित्राले त्यो उमेरमा पुनरविवाह गरेका हुन् । जुन स्थानमा अभद्र व्यहबहार गर्दै गाउँ निकला गरिएको थियो त्यसै स्थानबाट बाजा बजाउँदै उनिहरुलाई नव दम्पत्तीका रुपमा माथी रहेको घरमा लगेर स्थानियवासी, दलित अधिकारकर्मी र सरकारी अधिकारी सहितको टोलीले भित्राएका थिए ।
अभद्र व्यवहार गरिएको स्थान अर्वेनी गाविस भवनको प्राङ्गाणमा आयोजित पुनस्थापना कार्यक्रममा ति दुवैलाई गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानाले दोसाल्ला ओढाँउँदै दुई हात जोडेर अभिनन्दन समेत गरेका छन् ।
भत्काईएको उनको घर स्थानिवासीले बनाएर उनिहरुलाई स–सम्मान पुनस्थापना र नौमति बाजामा नाच गान गर्दै पुनरविवाह समेत गरी दिएका छन् । पहिला खरले छाएको घर थियो अहिले टिनको छानाले छाईएको छ दुई वटा कोठा र चिटिक्क परेको शौचालय समेत बनाईएको छ ।
गाविस भवनबाट पुनरविवाहको टिका-टाला ग्रहण गर्र्दै बाजा गाजाका साथ अगाडी बढ्दै गरेको बेला ति नव दम्पत्तीलाई प्रमुख जिल्ला अधिकारी ढुङ्गानाले सुखत दाम्पत्य जिवनको शुभकामना समेत दिए । उनको शुभकामना ग्रहण गर्दै लालबहादुर एउटा हातमा लौरो टेक्दै र अर्को हातले नवदुलहीको हात समाउँदै लागे उकोलो तिर झण्डै डेढ महिना पछि नवनिर्मित घरमा पस्न ।
करिव १५ मिनेटको उकालोबाटो सम्म उनले नवदुलहीको हात छाडेनन् । हसीन र लल्जालु मुद्रमा सावित्राले पनि उनको हात थमाई रहेकी थिईन् । सदरमुकामबाट पुगेका दर्जनौ दलित अधिकारकर्मी मानवअधिकारकर्मी पत्रकारहरु सयौं स्थानियवासी जन्तीका रुपमा गाविस भवन देखि माथी एक्लो जंगल विचमा रहेको उनको घरमा पुग्दै गर्दा खुशीले गद्गद ति दम्पत्ती घरको आँगन रुपी वारीमा पुगरे दुबै जना बाजा तालमा कम्मर मर्काउँदै नाचे ।
४३ वर्षिया वेहुली नाँच्दा नाच्दै अलि लजाए जस्तो गरिन् । ७८ वर्षिय बेहुलाले उनलाई अझै नाच्न संकेत गर्र्दै थिए । बेहुलीको लज्जालु मुद्रलाई ध्यानमा राखी जिल्लाबाट पुगेका उत्पीडित जातिय मुक्ती समाजका केन्द्रिय सदस्य कृष्ण सुनारले भैगो उहाँ लजाउनु भयो अव भित्र पसाउने काम गरौं भने ।
भित्र पसाउने क्रममा नन्दको ठाउँमा बुहारी दैलोमा उभिएकी थिईन् भने ३८ वर्षिय छोरा अनुराम र ३ वर्षिय नाती जन्तीको पंक्तिमाउभिएका थिए । काँदाकुरी छोरालाई लगाएर उभिएका अनुराम पनि निकै हर्षित मुद्रामा देखिन्थे । कस्तो लागेको छ त हिजो गाउँ निकला भएका तपाईहरुलाई आज स–सम्मान घर भित्रिन पाउँदा भन्ने प्रश्नमा ति दुवैले भने–‘ असाध्धै खुशी छौं सवैको जय होस् । ’
२२ वर्ष अघि श्रीमतिको मृत्यु भई बेसहरा भएका लालबहादुरले जोडी पाएकोमा औधी खुशी हुनु स्वभाविकै थियो । त्यति नै खुशी प्रमुख जिल्ला अधिकारी देखि सहभागी सवै थिए । धेरैले बाजा तालमा नाचेर खुशीयाली मनाएका थिए ।
मैले दलित दुलाह होईन देउता नै पाएँ
नव दुलहीका रुपमा घर भित्रिएर कोठाको पलङमा नव दुलाह, उनको छोरा बुहारी र नाती संगै बसेकी सावित्राले आँसुमा डुवेर वाहुनी हुनु भन्दा माया पाएर दलितको श्रीमति हुनु वेश लागेर लालबहादुरलाई माया गर्दै आएको बताईन् ।
आफु बाल्यपन छँदा र विवाह पश्चात पनि परिवारमा दलितहरुलाई तल्लो जात ठान्ने भए पनि आफुले बुझे देखि कुनै भेदभाव नगरेको उनले बताईन् । यसै गाउँका शिक्षित बुद्धिजिवीहरुले विभेद गरेर यो हाल बनाए पनि म अनपढले मानिस सवै वरावर ठान्छु भन्दै उनले भनिन कसैले दलित संग गई थुईया भने पनि मैले देउता सरहको साहरा पाएकी छु उनले मुस्कुराँर्दै भनिन् ।
कत्तिको माया दिनु हुन्छ त भन्ने प्रश्नमा उनले लज्जालु मुद्रमा आँखा ओछाउँदै भनिन्‘ माया ममता र भोकमा खान दिएरै त आएकी हुँ । ’ उनले व्राम्हण समुदायका पुर्वपतिले जाँड रक्सी पिएर रात दिन कुटपिट गरेको आरोप लगाईन् । सहन नसकेर ३ वर्ष बुटवल र त्यतिनै समय काठमाण्डौको होटलमा जुठा भाँडा माझेर बसेको र घर फर्केको दुई तिन महिना देखि आफुलाई कुन वाहनामा निकालौ भन्दै श्रीमान र छिमेकका केहि मान्छेहरु लाग्दै आएको उनको भनाई रहेको छ ।
आफु त्यस दिन हेराउन भनि विहान करिव ५ वजे तिर आएर लालबहादुरको घर भित्र पसेकै वेला त्यस्तो आरोप लगाएर आफुहरुलाई हात बाँधेर गाउँ डुलाउँदै सम्वन्ध कायम गराई दिएको र जंगल जान बाध्य पारिएको उनले बताईन् । उनिहरु दुई दिन सम्म भिर जंगल विचको ओढार दुई दिन दुई रात विताएको बेला उनको आफन्तले भेटाएर गाउँ फर्काएका थिए ।
अर्वेनी गाविस कार्यालय सहायक झविलाल न्यौपानेको अगुवाईमा भेला भएका गाउँवासीले पौष १ गते ति दुई दम्पत्तीलाई पुर्वपतिबाट सम्वन्ध विच्छेद गराई उनिहरुको सम्वन्ध स्थापित गराई दिएका थिए । तर शनिवार अर्वेनी दलित साझा मञ्चद्धारा आयोजित पुनस्थापना कार्यक्रमको अध्यक्षता अर्वेनी गाविस सचिव भोजबहादुर रानाले गरेका थिए ।
पुनस्थापना कार्यक्रममा बोल्दै गाविस सचिव रानाले सुरुमा गल्ती कम्जोरी भए पनि त्यसलाई सच्चाउनु र अपमानित भएका उनिहरुलाई स–सम्मान पुनस्थापना गर्दा न्यायको एक पाटो भएको बताए ।
गाविस सहायक न्यौापनेले भने सदरमुकाममा भएका गाविस सचिव रानालाई जानकारी नै नदिई जवरजस्ती औठा छाप गर्न लगाईएको कागजमा अर्वेनीका तिन वटा प्रमुख दलका नेताहरुको समेत हस्ताक्षर रहेको छ । गाविस सहायक न्यौपानेले आफुलाई त्यस्तो कागज लेख्न लगाई दलका नेताहरुले फँसाएको गुनासो गर्दै आएका छन् ।
मैले गाउँ नकला गरेको पनि होईन र घर भत्काउन पनि लगाएको होईन । ति सवै गरेको ति महिलाका पुर्वपतिका भतिजा चिन्तामणी न्यौपानेले हो , प्रहरीको नजरमा सम्पर्क विहिन भनिएका गाविस सहायक न्यौपानेले गुनासो गरेका हुन् ।
एक दिन न एक दिन कठघरामा उभ्यिाँईन्छ - प्र.जि.अ.
पुनस्थापना कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी ढुङ्गानाले गाउँ निकला गर्ने अभियोगमा केहि सार्वाजानिक अपराधको मुद्धा लागेका चिन्तामणी न्यौपाने र अर्वेनी गाविस सहायक झविलाल न्यौपाने हाल सम्म फरारा रहेको बताए । उनले उनिहरु ज्ति दिन सम्म फरार रहे पनि एक दिन न एक दिन उनिहरुलाई पक्रेर कानुनी कठ्घरामा ल्याउने बताएका थिए ।
उनले पुनस्थापना पनि न्यायको एक हिस्सा भएकोले यसलाई हाम्रो समाजको मेलमिलाप र सहिष्णताका रुपमा लिनु पर्ने धारणा राखे ।नकरात्मक सन्देश पछि नै सकरात्मक सन्देश आउने बताउँदै उनले अर्वेनीले हिजो नराम्रो सन्देश दिए पनि आज उनैहरुले स–सम्मान पुनस्थापना गरेर देशैभर सकरात्मक सन्देश दिएकोमा धन्यवाद दिए ।
कार्यक्रममा तिन वटै प्रमुख दलका नेता आएनन्
जिल्लाबाट सिडियो आउने भने पछि विचबाटोमा पर्ने छिमेकी हर्मीचौर गाविसका दलका नेता समाज सेवीहरु चेक चोकमा भेट्न बसेका थिए । तर सिडियो नै प्रमुख अतिथी रहेको त्यति महत्वपुर्ण कार्यक्रममा अर्वेनी गाविसका तिन वटै दलका नेताहरु भने उपस्थीत थिएनन् ।
कांग्रेस , एमाले र नेकपा माओवादी केन्द्र गरी तिन वटै दलका गाउँ कमिटी प्रमुखहरु न्यौपाने थरकै भएकोले प्रतिष्ठाको विषय बनाएर नआएको हुन सक्ने अधिकारकर्मीहरुको ठम्याई थियो । जिल्ला मानव अधिकार अधिकृत गणेश श्रेष्ठले पिडितलाई आर्थिक सहयोग समेत गरेका थिए । दलित अधिकारकर्मी कृष्ण नेपाली लगायतले उनिहरुलाइ आवस्यक कपडा लत्ता संकलनका लाग्ने बताएका थिए ।
कार्यक्रमको धेरै पछि नेकपा एमाले गाउँ कमिटी सचिव भने आएको भन्ने कार्यक्रम सञ्चालकले बताउँदै थिए । कार्यक्रममा गैह्र दलितको सहभागिता थिएन् । वर्षऔं पछि यस्ता घटनामा न्याय पाउन नसकेको बताउँदै छिमेकी गाविस हर्मिचौर, पुर्तिघाट, जयखानी र फोक्सीङ्ग सम्मका सयौं दलितहरुको सहभागीता रहेको थियो ।
घटना विरुद्ध एकताबद्ध अधिकारकर्मी
गुल्मीको गाउँ निकला घटना बाहिरा आए लगत्तै स्थानिय देखि क्षेत्र केन्द्र सम्मका अधिकारकर्मीहरु त्यस विरुद्ध एकताबद्ध भएका छन् । राष्ट्रिय दलित आयोग स्थानिय तहमै आएर बुझ्यो । ईन्सेकको जिल्ला देखि क्षेत्र र केन्द्रले दैनिक जसो यस घटनाकाबारे चासो लिई रह्यो । अन्य मानवअधिकारवादी संस्थाहरुको पनि त्यति कै चासो रह्यो ।
यहाँस्थित नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र सहित सवै क्रियाशिल राजनैतिक दलका दलित संगठन साझा मञ्चका रुपमा पिडित लालबहादुरलाई न्याय दिलाउन लागी परेका छन् । पुनस्थापना कार्यक्रममा उत्पीडित जातिय मुक्ती समाजका केन्द्रिय सदस्य कृष्ण नेपाली, नेपाल दलित संघका जिल्ला अध्यक्ष झविन्द्र बिक, मुक्ती समाजकै जिल्ला अध्यक्ष दलबहादुर बिक, दलित मुक्ती मोर्चाका जिल्ला अध्यक्ष धर्म बिश्वकर्मा, पत्रकार प्रेम सुनार , दलित महिला संघकी अध्यक्ष कमला बराल लगायतले मन्तव्य राखेका थिए । अर्वेनी गाविस सचिव भोजबहादुर रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष मिलन बिश्वकर्माको स्वागत मन्तव्य र पत्रकार कृष्ण सुनारको सञ्चालन रहेको थियो ।
अधिकाँश परिवारमा कमाइ भएपनि घरमा धनको अभाव रहन्छ । घरमा पैसाको अभावले तनाव पैदा गर्छ । कतिपय ब्यक्तिलाई अत्याधिक मेहनत गर्दा पनि पैसा हात लाग्दैन । यस्तो वास्तु दोषका कारण हुने वास्तु शास्त्रको भनाइ छ । वास्तु शास्त्रका अनुसार घरमा केही बस्तुलाई राख्दा धनको अभाव हुँदैन ।
घरमा राख्नुस् यी ६ कुरा धनको अभाव हुँदैनः
१- माटोको घडा
घरमा माटोको घडा राख्नुस् । यसले घरमा पैदा गर्ने सकारात्मक उर्जाले धनको अभाव हुन दिँदैन । तर घडामा सँधै सफा पानी भरेर राख्नुस् ।
२- घरको दक्षिण- पश्चिम दिशामा पञ्चमुखी हनुमानको प्रतिमा वा तस्विर लगाउनुस् । यसको नित्य पुरा गर्दा घरमा पैसाको अभाव हुँदैन ।
३- घरमा वास्तु दोष हुने भएका कारण धनको अभाव हुने वास्तु शास्त्रको भनाइ छ । वास्तु दोष हटाउनका लागि घरमा वास्तु भगवानको प्रतिमा राख्नु राम्रो मानिन्छ । यसो गर्दा धनको अभाव दुर हुन्छ ।
४- घरको मुख्य ढोकामा लक्ष्मी र कुवेरको मुर्ती वा स्वस्तिकको चिन्ह राख्नु शुभ मानिन्छ । यो चिन्हले घरमा अभाव हुन दिँदैन ।
५- घरका अधिकाँश सदस्यहरुले धेरै समय विताउने कोठा वा स्थानमा चाँदी, पित्तल वा तामाको पिरामिड राख्नुस् । यसले घरमा धनको अभाव हुन दिँदैन ।
६- वास्तु शास्त्रमा घरमा शुभ उर्जा पैदा गर्नका लागि धातुले बनेको कछुवा वा माछा राख्नु राम्रो मानिन्छ । यसले घरमा आर्थिक अभाव हुन दिँदैन ।
बकाइनो मध्य पहाडी भेकमा पाइने चाँडो बढ्ने एक प्रकारको पतझड समुहको रूख हो। एस बाट स्वस्थ्यका लगि निम्न फाइ्र्रदा लिन सकिछ ।
– वाथ भएमा:बकाइनोको गेडा रायो सस्र्युमा पिनेर लेप गर्नाले वाथ भएको बिस्तारै ठिक हुँदै जान्छ ।
– रगत जमेर गाँठो भएमा : बकाइनोको पात पिनेर लेप बनाएर बाँध्नाले छिट्टै घाउ निको हुन्छ ।
– चिलाउने रोगमा: बकाइनोको फूल पिनेर घाउ, खटिरा, चिलाउने ठाउँमा लगाउनाले ठीक हुन्छ ।
– सेतो दूबीमा : १० पात निम, १० पात बकाइनो पिनेर लेदो बनाएर लगाएमा केही समयमा नै ठीक हुन्छ ।
– दाद रोगमा: पाकेको बकाइनोको गेडाको धूलो कागतीमा फिटेर लगाउनाले दाद रोग निको हुन्छ ।
– पत्थरी रोगमा: बकाईनोको १ चम्चा पातको रसमा आधा चम्चा जवाखार मिसाएर बिहानरबेलुका खाने गरेमा पित्त एंव मूत्राशयको पत्थर जान्छ । – जुका परेमा: बकाइनोको ५० ग्राम बोक्रा ३०० ग्राम पानीमा उमाल्नुहोस् र चौथाइ भाग बाँकी भएपछि शिशीमा राख्नुहोस् र चिया चम्चाले १,१ बिहानरबेलुका खाने गरेमा केटा–केटी, बुढा बुढी जसको पेटमा जुका परेको छ भने पनि २र४ दिनमै ठीक हुन्छ ।
– स्त्रीको मासिक धर्म बढी भएमा: बकाइनोको पातको रस एक चम्चा बिहानरबेलुका खाने गरेका रगत बढी हुने रोग ठीक हुन्छ ।
– स्त्रीको मासिक धर्म रोकिएमा: बकाइनोको फूलको रस आधा चम्चामा मह आधा चम्चा मिसाएर बिहानरबेलुका खाने गरेका धर्म रोकिएको खुल्छ र नियमित हुन्छ ।
– गर्भाशय शुद्धिका लागि: बकाइनोको पातको रस नित्य १र१ चम्चा बिहानरबेलुका दिने गरेमा गर्भाशय शुद्धि हुनेछ ।
