-->
यस्तो छ, सोलारबाट चल्ने मेड इन पोखरा कार

काठमाडौं माघ १६ – जलेका थोत्रा गाडीको स्टेरिङ, रक्सौलमा खरिद गरिएको डिफ्रेन्सियल र मोटर अनि टिनको पाता र सिसाको सट्टा बाक्लो प्लाष्टिक प्रयोग गरी निर्माण गरिएको मेड इन पोखरा कार काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको २३ औं क्यान इन्फोटेक २०१७ मा प्रदर्शनीका लागि राखिएको छ ।
गाडीको अग्र भागमा विभिन्न संघसंस्थाको लोगो टाँसिएका छन् । बिचमा नेपालको झण्डा अंकित कारको अगाडि लेखिएको छ, ‘सोलार हाइब्रिट कार ।’ पश्चिमाञ्चल इन्जिनियरिङ कलेजमा मेकानिकल इन्जिनियरिङ पढिरहेका विद्यार्थीको समूहले एक वर्ष लगाएर २ लाखको लागतमा बनाएको कार प्रदर्शनका लागि राखिएको हो ।
चार जना अटाउने कारको गति प्रतिघण्टा २८ देखि ३० किलोमिटर रहेको कार निर्माण गर्ने मध्येका एक सुमित ढकालले बताउनुभयो । परीक्षणको रुपमा पोखराको सबै सडकमा गुडाएको र पोखराको निक्कै उकालो मानिने नदीपुरको हाइटमा समेत सजिलै उक्लेको उहाँले बताउनुभयो ।
सोलार हाईव्रिट कार नाम दिइएको गाडीको ब्याट्री घाम र बिजुली दुर्वै तरिकाबाट चार्ज गर्न सकिन्छ । पूरै चार्ज गरेपछि ६ देखि ७ घण्टा धान्न सकिने गाडी बनाउने मध्येका प्रयास रिमालले बताउनुभयो ।
गएको वर्ष भारतीय नाकाबन्दीको बेला पेट्रोलियम पदार्थ बिनै चल्ने गाडी निर्माण गर्न सोच आएको र एक वर्षको निरन्तर अभ्यासपछि प्रयास सफल भएको ढकालले बताउनुभयो । लगानी जुटाउन सकेमा यसको प्रवद्र्धन हुने र पाँच लाखमै मध्यम वर्गीया परिवारले चढ्ने खालको कार बनाउन सकिने ढकालको भनाई छ ।
‘लगानी गर्ने संघसंस्था निस्केमा यसको निर्माण गर्न सकिन्छ, यसको क्षमता विस्तार पनि गर्न सकिन्छ’ उहाँले भन्नुभयो । नमुनाका लागि एउटा मात्र बनाएको यो कार पोखराबाट ट्रकमा हालेर प्रदर्शनीका लागि काठमाडौं ल्याइएको हो । साभार उज्यालो अनलाइन


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.