-->
भारतलाई देश नै मान्दैन थिए जंगबहादुर

नेपाली राजनीतिमा जंगबहादुर एक चर्चित नाम हो । उनको प्रशंसा र आलोचना गर्नेहरु थुप्रै छन् । तिनै जंगबहादुरले छिमेकी भारतलाई देश नै मान्दैन थिए भन्दा अचम्म लाग्न सक्छ । तर, यो सत्य हो ।
जंगबहादुरको पालामा रुस, चीन, भारत र बेलायतमध्ये समुद्रको बादशाह भनेर बेलायतलाई चिनिन्थ्यो ।
बेलायतले दिल्लीलाई खाएर आफ्नो पनि अंगभंग गरिदिएपछि नेपाल चिनियाँ बादशाह गुहार्न पुगेको थियो ।
ठूलो प्रयास गर्दा पनि चीनबाट अपेक्षाअनुरुप सहयोग नपाएपछि नेपालले रुसी बादशाहलाई पनि सम्झेको थियो ।
त्यस्तो अवस्थामा रुसले अंग्रेज साम्राज्य हान्न लागेको समाचार सुन्न पाउँदा जंगबहादुर ‘मौका पर्खिबस्ने पौरखीलाई एक न एक दिन औसर आउँछ, पुरुषार्थीले औसर छोप्न सक्नुपर्छ’ भन्ने नीति बचन सम्झँदै पुलकित समेत भएका थिए ।
जानकारहरुका नुसार कमला किनारको शिकारी सवारी मुकाममा भाइछोरा र भारदारहरुका सामु जंगको मुखबाट अन्तर्मनको त्यही भावना निस्केको थियो । त्यसबेला उनले ‘हिन्दूस्तानमा रुसको हमला हुँदैछ, सो हाम्रो पश्चिम नेपालसम्म पनि आउन सक्छ, उसले नेपाली शासकलाई हामीसँग मिल्न आउ वा सन्धि गरौं भन्न सक्छ । त्यसबेला ब्रिटिशसँग तपाईहरु हामा मित्रलाई छाडेर हामी विरन्तरीसँग मिल्दैनौं, पहिले विप्लवमा जस्तै विपक्षी हटाउन भर मद्दत गर्छौं भनेका थिए ।
हामीलाई सैन्य बल बढाउन युद्ध सामग्री, हातहतियार गोलीठ्ठा प्रशस्त चाहिन्छ, बीस हजार सेनालाई बन्दूक, ब्रिज लोडर २४ तोप, तिनलाई चाहिने खरखजाना सबै देऊ भन्नू, ब्रिटिश सरकारले हामी त्यस्तो खर्च दिन सक्तैनौं भन्यो भने यही माग रुससँग राख्नु, तर यो चाहीँ रुस हिन्दूस्तान पसेपछि मात्र कुरा गर्नु, यूरापीयनसँग कुरा गर्दा आफ्नो भेद कहिल्यै नखोल्नू प्रचार गरिदिन्छन, तिनको विश्वास गर्नुहुँदैन’ भनेका छन् ।
जंगबहादुर शिकारबाट फर्कंदाको संयोग कस्तो भने ब्रिटिश रेजिडेन्ट भायसरायका छोरासहित केही अंग्रेज अफिसरहरु चित्लाङमा उनीसँगै बास बस्न आइपुगेछन् । त्यो मौकामा जंगबहादुर स्वयं अंग्रेजहरुको बास शिविरमा गएर कुरा गरेका थिए ।
त्यसबेला अंग्रेजहरुले ‘नेपाललाई के चाहिन्छ सो हामी सबै दिन्छौं, भरमद्दत हामी नै गर्छौं, धन्दा मान्नुपर्दैन, नेपाललार्य आपत विपत केही आइपर्यो भने अवश्य गुहार दिनेछौं’ भनेर जंगबहादुरलाई आश्वस्त समेत पारेका थिए । तर, देशको जनबल–धनबल बाहिर जान दिनुहुँदैन भन्ने जंगबहादुरको विचार थियो ।
देशका युवकहरुलाई भर्ना गरेर सैन्य संस्था बढाउने, तिनलाई सँधै शस्त्रसज्जित र तम्तयार राख्ने र सलले नभए बलले पनि आफ्नो भूमि फिर्ता लिने उनको भित्री आकांक्षा थियो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.