☌
आज सुनचाँदीको मूल्य बढ्यो
गत साता केही घटेको सुनचाँदीको मूल्य यो साताको पहिलो दिन भने उकालो लागेको छ। आइतबार सुन तोलामा २ सय रुपैयाँले महँगिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ५४ हजार ६ सय रुपैयाँ रहेको फाइन सुन आज ५४ हजार ८ सय रुपैयाँ पुगेको छ। त्यस्तै स्टाण्डर्ड सुनको मूल्य ५४ हजार ५ सय रुपैयाँ रहेको छ।
चाँदी भने तोलामा १५ रुपैयाँले बढेको छ। शुक्रबार ७ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ८ सय रुपैयाँ पुगेको छ।


0 comments
प्रतिक्रिया दिनुहोस्...