-->
राष्ट्रिय पक्षी डाँफेसहित एक जना पक्राउ

डडेल्धुरा, माघ ११ । जिल्ला प्रहरी कार्यालयले राष्ट्रिय पंक्षी डाँफे सहित एक जनालाई पक्राउ गरेको छ । राष्ट्रिय पंक्षी डाँफे मारेर बिक्रि गर्न सदरमुकाम पुगेका दौलीचौर गाविस ७ का २२ बर्षिया टोप बहादुर बोहरालाई प्रहरीले मंगलबार पक्राउ गरेको प्रहरी नायव उपरिक्षक नरेन्द्र चन्दले बताएका छन् ।
सदरमुकाम चैनपुरमा पुगेका बोहरामाथि शंका लागेर झोला खानतलास गर्दा डाँफे फेला परेको प्रहरी नायव उपरिक्षक चन्दले बताएका छन् ।
हिमपात भएसंगै चोरी सिकार बढेको विभिन्न सञ्चार माद्यमहरुमा समाचार प्रकासन तथा प्रसारण भएपछि जिल्ला प्रहरी कार्यालयले सक्रियता बढाएको डीएसपी चन्दले बताएका छन् ।
बोहरालाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको र थप अनुसन्धान भईरहेको जनाएको छ । बुधबार राष्ट्रिय पंक्षी डाँफे सहित बोहरालाई जिल्ला वन कार्यालयको जिम्मा लगाईने डीएसपी चन्दले बताएका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.