-->
जान्नुहोस् माउसुली शरिरको कुन अंगमा खस्दा के हुन्छ–शुभ वा अशुभ

धरतीमा यस्ता कति जीवहरु रहेका छन् जसले मानिसको जीवनमा ठुलो भुमिका राखेका हुन्छन् । जस्तै माउसुली । प्राय मानिसहरु यो जीव देख्दा डराउने गर्छन् ।
कतिलाई यो जीव कत्ति पनि मन पर्दैन । तर, ज्योतिष शास्त्रका अनुसार यसले भविष्यको संकेत दिनेगर्छ । शकुन शास्त्रका अनुसार शरीरको कुनै पनि अंगमा यो जीव खस्छ यसले शुभ र अशुभको संकेत गर्छ ।
माउसुली निधारमा खस्छ भने सम्पत्ति मिल्ने सम्भावना हुन्छ ।
गर्दनमा माउसुली खसेमा यश प्राप्ति हुन्छ ।
दाहिने कानमा माउसुली खसेमा आभुषण प्राप्त हुन्छ
बायाँ कानमा माउसुली गिरेमा आयु वृद्धि हुन्छ
नाकमा माउसुली गिरेमा तपाईको छिट्टै नै भाग्योदय हुन्छ ।
बायाँ गालामा माउसुली गिरेमा पुराना साथीसँग भेट हुनेछ
दाहिने गालामा माउसुली गिरेमा उमेर बढ्छ ।
मुखमा माउसुली खसेमा मधुर भोजन प्राप्त हुनेछ ।
घाँटीमा माउसुली खसेमा शत्रु नाश हुनेछन् ।
कम्मरमा खसेमा आर्थिक लाभ हुनेछ ।
पेटमा माउसुली खसेमा आभुषण प्राप्त हुनेछ ।
नाभीमा माउसुली खसेमा मनोकामना पुग्नेछ ।
जुँगामा माउसुली खसेमा सम्मान प्राप्ति हुनेछ ।
दाहिने हातमा माउसुली खसेमा धन लाभ हुनेछ । त्यस्तै दाहिने जाङमा माउसुली खसेमा सुख मिल्छ । तर, बायाँ जाङमा माउसुली खसेमा दुःख नै दुःख मिल्नेछ ।
दाहिने घुडाँमा माउसुली खसेमा यात्राको संयोग बन्छ । तर बायाँ घुडाँमा माउसुली खसेमा बुद्धिको हानी हुनेछ ।
दारीमा माउसुली खसेमा भयावह घटना घट्छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.