
आजको राशिफल – मिति वि.सं. २०७३ साल माघ १६ गते आइतबार,तदानुसार इश्वी सन् २०१७ जनवरी
२९ तारिख, राष्ट्रिय शहिद दिवस, माघ शुक्लपक्ष
आज श्री शाके १९३८, वि.सं. २०७३ साल माघ १६
गते आइतबार तदानुसार इश्वी सन् २०१७ जनवरी २९ तारिख, राष्ट्रिय शहिद दिवस, माघ शुक्लपक्ष द्वितीया तिथी २९:४६ बजेसम्म चन्द्रमा मकर राशिमा ११:३५
बजेसम्म त्यसपछि कुम्भ राशिमा सूर्य उत्तरायण शिशिर ऋतु (ज्यो. प. सरोज घिमिरे / लाइट नेपाल डटकमबाट
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ गरिरहेको कार्यमा विशेष सफलता प्राप्त हुनेछ । आम्दानिका नयाँ स्रोतहरु फेला पर्नाले मन हर्षित रहला । मान्यजनसँगको सम्बन्धमा सामान्य दुरी बढ्नेछ । खोज तथा अनुसन्धान मुलक कार्यमा समय ब्यतित रहनेछ । बिश्वासिलो ब्याक्तिबाट धोका प्राप्त होला ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मान्यजनको भेटघाटका निम्ती सामान्य यात्रा हुन सक्ने छ । परिवारको अनुसरण नगरेको खण्डमा सामान्य अपजसमा फस्नुपर्ला । तपाइको निर्णय सर्वमान्य नहुनाले मनमा खिन्नता उत्पन्न हुनेछ । कार्य सिद्दीका निम्ति सामान्य भन्दा बढी परिश्रम गर्नु पर्नेछ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
यात्राका क्रममा सामान्य झन्झट उत्पन्न हुन सक्ला । अरुको पूर्ण रुपले गरिएको विश्वासमा धोका हुनाले कार्यमा ब्यबधान आउने छ । सामान्य धनमालमा क्षति पुग्न सक्छ । बिछोडिएका मित्रसँगको भेटले मनमा उत्साह छाउने छ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
स्वास्थ्यमा आएको खराविले कार्यक्षेत्र प्रभावित रहने छ । दाम्पत्य सम्बन्धमा खटपट उत्पन्न होला । खानपानमा विशेष ध्यान पुर्याउनु पर्ने छ । बोलिको प्रभावले ब्ग्रन लागेका काममा केहि सुधार रहने छ । मध्यान्ह पश्चात भने दिन सामान्य खराब रहला ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
ब्यापार ब्यबसायको निम्ति समय राम्रो रहेको छ । प्रेम सम्बन्धमा आएको खटपटले मनमा चिन्ता जाग्ने छ । खानपानको राम्रो योग रहेको छ । श्रम र मेहनतको कदर हुनाले कार्य क्षेत्रमा उत्साह जाग्ने छ । दिन मध्यम रहने छ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
तपाइले गरिरहेको कार्यमा ब्यबधान गर्नेहरुको सङ्ख्यामा बृद्दि हुनेछ । कार्यको श्रेय अरुलाईनै प्राप्त हुनाले काममा निरुत्साह जाग्नेछ । सामाजिक क्षेत्रमा लगाइएको लगानिको राम्रो प्रतिफल आउने छ । प्रतियागितात्मक काममा अघि नबढ्नु फाईदाजनक रहने छ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
मनोरन्जनको क्षेत्रमा समय ब्यतित रहला । बोद्दिक ब्यक्तित्वहरुसँगको भेटघाटले मन प्रशन्न रहने छ । आफूभन्दा साना ब्याक्तिहरुको स्वास्थ्यमा सामान्य असर रहने छ । सामान्य यात्राको योग रहेको छ ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
परिवार तथा इष्टमित्रहरुको साथ सहयोग प्राप्त हुनेछ । सवारिसाधनको प्रयोगमा साजग रहनु होला । अचल सम्पत्तिको निम्ति गरिएका लगानि फाईदाजनक रहने छ । सम्मेलनमा भाग लिने अबसर जुट्ने छ । सामान्य कार्यको निम्ति धेरै समय ब्यतित रहने छ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
पराक्रममा बृद्दि हुनेछ । अपरिपक्व निर्णयले गरिरहेको कार्यमा झन्झट उत्पन्न हुनेछ । मित्र तथा दाजुभाइको सहयोगले गरिएको कार्यमा सफलता प्राप्त हुने छ । कार्य क्षेत्रको लगाबले भाग्योदयको योग रहेको छ । शत्रु कमजोर रहलान ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
निर्णय गर्ने क्षमतामा बृद्दिहुनेछ । बोलिको गलत प्रचार हुने छ । खानपानमा बिशेष ध्यान दिनुहोला । कुरा काट्ने ब्याक्तिहरुसँग बच्नु पर्ने छ । संचित रकम खर्च हुनाले मनमा खिन्नता पैदा हुन सक्ला । पारिवारिक झोर-झमेलाले सताउन सक्छ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
मनमा चन्चलताले बास गर्ने छ । पारिपारको कुनै सदस्यहरुको स्वास्थ्यमा खराबी आउन सक्ने छ । अरुको बिश्वासमा गरिएको कार्यमा पूर्ण सन्तुष्ट रहने छैन । दाम्पत्य सम्बन्धमा सुधार आउने छ । सामान्य यात्रा रहनसक्ला ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
खर्च कारक दिन रहेको छ । आफ्नो लापर्बाहिले सामान्य धनमालमा क्षति हुन सक्ने छ । मित्र तथा दाजुभाइका निम्ति मनोरन्जनका सामानमा खर्च गर्नु पर्ला । परोपकारको क्षेत्रमा समय ब्यतित गर्नु पर्ने छ । प्रेम सम्बन्धमा सुधार आउने छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...