काठमाडौं, माघ १५ । काठमाडौंको न्युरोड स्थित जोरगणेश गल्लीमा शनिवार साँझ आगलागी भएको छ । स्थानीय सुनयना माथेमाको घरबाट शुरु भएको आगोले गल्लीका तीन ओटा घरमा क्षति पुर्याउंदा करोडौ मुल्यको सम्पति जलेको छ ।
माथेमाको एकतल्ले घरमा रहेको मासु पसलबाट आगो शुरु भएको थियो । आगोले पुर्याएको क्षतिको विवरण प्राप्त भएको छैन । स्थानीयवासी राजबाबु महर्जनका अनुसार छेवैमा रहेको खाद्यान्न गोदाममा समेत आगो सल्किएकोले ठुलो धनराशी जलेको छ ।
दमकल पुग्न नसक्ने साँगुरो गल्लीमा आगो लागेकोले दुईवटा दमकल र स्थानीयवासीलाई आगो नियन्त्रण गर्न डेढ घण्टा लागेको थियो । करीब १ सय मिटर टाढासम्म मात्र दमकल पुगेकोले ठुलो क्षति भएपछी मात्र आगो नियन्त्रणमा ल्याउन सकिएको हो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...