आज श्री शाके १९३८, वि.सं. २०७३ साल माघ १८ गते मंगलबार तदानुसार इश्वी सन् २०१७ जनवरी ३१ तारिख, मंगल चतुर्थी व्रत,
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आम्दानि क्षेत्रमा बृद्धि हुने योग रहेको छ । गरिरहेको काममा त्यती मन नलाग्नाने सामान्य अप्जस आईपर्ने छ । ब्यापार ब्यबसायमा राम्रै समय रहेको छ । स्वास्थ सम्बन्धि समस्याले सताउला । यात्रा कारक दिन रहेको छ । स्थीर सम्पतिमा गरीएको लगानिमा फाईदा हुनेछ । –
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
कामको क्षेत्रमा जागर बढ्नाले नयाँ कामको थालनि हुनेछ । बिद्या तथा ब्यापार बृद्यि हुने योग रहेको छ । पारीवारिक झोर झमेला ले सताउनेछ । आटँ र शाहसमा बृद्यि हुने योग रहेको छ । बोलिको गलत अर्थ लाग्नाले सामान्य बादबिवादमा फस्न सकिनेछ ।
मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
दाजूभाई बिच मनमुटाब रहन सक्छ । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला । धार्मिक यात्राको योग रहेको छ । सानो गल्ति ले साथि भाई टाढिन सक्छन् सजग रहनु होला । अनावश्क खर्चको प्रभाबले मानसिक चिन्ता बढ्न सक्ने सम्भाबना रहेको छ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सामान्य काममा बढि समय ब्यतित हुन सक्छ । मनमा डर रहना ले बिग्रन लागेको काम सप्रने छ । दम्पति बिच सामान्य मनमुटाब रहला । बाणीका कारण आफन्त जन हरु रुष्ट रहलान । खान पानको क्षेत्रमा बिषेश ध्यान पूर्याउनु राम्रै रहने छ ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पारीवारीक सम्बन्ध सुमधुर रहनाले मन प्रशन्न रहला । ब्यापार ब्यबसायमा राम्रै समय रहेको छ । खुट्टतान्ने ब्यक्ति हरुको बृद्धि हुन सक्छ । जिबनसाथिको सहयोगले गरीएको काममा सफलता प्राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा कमि आउने छ ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । खर्च नियन्त्रण गर्न गारो पर्न सक्ला । आफन्त जनहरु टाढिन सक्छन । पराक्रममा बृद्धि हुने योग रहेको छ । प्रतिश्प्रर्दा मुलक कार्यमा हात नहालैकै बेश हुनेछ । बिश्वासीलो ब्यक्ति बाट धोका हुन सक्ला ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
मानसिक चन्चताले बिद्या असफल रहला । मित्र जनको सहयोग बाट गरीएको कार्यमा सफलता प्राप्त हुनाले मन प्रशन्न रहला । नयाँ कामको थालनिले दीर्घकालीन फाईदा हुन सक्ने सम्भाबना रहेको छ । बोलिको कारण साथि भाई टाढिन सक्छन् ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
पारीवारीक साथ सहयोग बाट गरीएका कार्यमा बिशेष सफलता प्राप्त हुनेछ । मेहेनत अनुरुपको राम्रो फल प्राप्त हुनाले कार्य क्षेत्रमा जागर बढ्नेछ । खानपानमा बिशेष ध्यान दिनुहोला । ब्यापार ब्यबसायमा राम्रै समय समय रहेको छ । बिद्या सफल रहला ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
धार्मिक क्षेत्रमा रुचि जाग्नेछ । मित्रजनको साथ सहयोगमा गरीएका कार्य द्वारा भाग्योदयको योग रहेको छ । चिसो सम्बन्धि समस्या ले सताउन सक्छ । यात्रामा सामान्य झन्जट आउन सक्छ । आटँ र शाहसमा बृद्यि हुने योग रहेको छ । दिन मध्यम रहला ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सामान्य यात्रा हुन सक्छ । मनोरञ्जन तथा भोगबिलासमा समय ब्यतित हुनेछ । बोलिमा मधुरता छाउनाले अन्य ब्यक्तिहरु प्रभाबित हुन सक्लान । मालसामान हराउन सक्ला । स्थीर सम्पतिमा गरीएको लगानिमा फाईदा हुनेछ ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द, स
साहित्य संगित तर्फ रुचि जाग्ने छ । मान्यजनको साथ सहयोगले ब्यापार ब्यबसायमा राम्रै समय रहेको छ । दाम्पत्य जिवन शुखमय बित्नेछ । निर्णय गर्ने क्षमतामा कमि आउनाले स्वास्थ सम्बन्धि समस्याले सताउला । परीश्रम अनुरुपको फल भने प्राप्त हुन सक्ला ।
मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सन्चित रकम खर्चको योग रहेको छ । सामान्य लापरबाहिले मालसामान हराउन सक्ला । साजेदारी तथा नयाँ कामको थालनि नगरेकै बेश होला । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला । शत्रु शबल रहनाले खुट्टा तान्ने ब्यक्ति हरुको बृद्धि हुने छ ।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला। ठूलो भागको मोहले भएको वस्तुसमेत गुम्न सक्छ। ईर्ष्या गर्नेहरूले काममा बाधा पुर्याउनेछन्। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउन सक्छन्। रकम अभावले आजको योजना स्थगित हुन सक्छ। प्रतिफल अनिश्चित रहे पनि पछिका लागि गरिएको लगानीले अवश्यै फाइदा दिनेछ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
विगतका कमजोरी बाहिर आउनाले समस्या पर्न सक्छ। अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन्। प्रतिष्ठित व्यक्तिहरूसँग वादविवाद हुन सक्छ। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। संघर्षपछि भने लाभ उठाउन सकिनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
मेहनतले नयाँ जिम्मेवारी दिलाउनेछ। सहयोगीहरूको साथले लक्ष्य प्राप्ति हुनेछ। तारिफयोग्य कामले लोकप्रिय बनाउनेछ। उपलब्धिको स्रोत प्राप्त हुनुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। तर अरूका काममा पनि समय खर्चनुपर्ला। स्वास्थ्यमा विशेष ध्यान पुर्याउनुहोला। सामाजिक उत्तरदायित्व प्राप्त भए पनि आफ्ना काम अवरुद्ध बन्न सक्छन्।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
अरूका लागि बुद्धि खर्चनुपर्नेछ। उपलब्धिविहीन काममा समय बित्नेछ। आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिएला। आफनो मेहनतबाट अरूले फाइदा उठाउलान्। नयाँ काम सुरु गर्न केही समय पर्खनुहोला। पहिलेदेखि गरी आएको कामलाई मात्र निरन्तरता दिन सकिनेछ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
कामको चापले जीवनशैली व्यस्त रहनेछ। परिस्थिति अनुकूल रहे पनि सुविधाका लागि खर्चनुपर्ला। सुखदुःखमा साथ दिनेहरू थोरै हुनेछन्। तापनि प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमा रमाउने समय छ। अतिथिका रूपमा मानसम्मान समेत प्राप्त हुनेछ। तर, बलजफ्ती गर्दा काम बिग्रन सक्छ। शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। परिस्थितिले आकस्मिक खर्च बढाउनेछ। फाइदाका पछि लाग्दा साथीभाइ टाढिएलान्। विवेकले काम लिने चेष्टा गर्नुहोला। प्रयत्नले लक्ष्यमा पुर्याउनेछ। पुराना सहयोगीहरू प्रतिस्पर्धामा उत्रिएलान्। बलजफ्तीले चुनौती निम्त्याउला। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। नतिजाका लागि काम दोहोर्याउनुपर्ला।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
चिताएको काम रोकिनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। अस्वस्थताले पनि उद्देश्यमा बाधा पुर्याउन सक्छ। अप्रिय समाचारले मन खिन्न रहनेछ। तापनि मेहनतले मौका दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट सामान्य लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ। नियमित काम भने सम्पादन हुनेछन्।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
ईर्ष्या गर्नेहरूले सताउन सक्छन्। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको काम समेत सम्पादन होला। आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ। मनको डरले तर्साए पनि व्यवहारमा फाइदा हुनेछ। परिवारमा आमाको सहयोग लिँदा काम सम्पादन हुन सक्छ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धी हुन सक्छन्। कृषि तथा पशुपालनमा लगानी बढ्नेछ। पारिवारिक असमझदारीले काममा अप्ठ्यारो पर्न सक्छ। तापनि, मेहनत गर्दा फाइदै हुनेछ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। परिबन्धले अप्ठ्यारो सम्झौता गराउन सक्छ। हिम्मत लिँदा काम सम्पादन हुनेछ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ठीक समयमा सही निर्णय लिन सकिनेछ। मान-सम्मान प्राप्त हुनेछ भने मेहनतले सम्मानित स्थान दिलाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आँटले काम लिँदा फाइदा हुनेछ। कार्यसम्पादन गर्ने क्षमता पनि बढ्नेछ। सानो प्रयत्नले ठूलो काम बन्नेछ। रमाइलो यात्राका साथै विशेष समारोहमा भाग लिने मौका छ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
हिम्मतले काम लिँदा चिताएको सफलता प्राप्त हुनेछ। इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छिटै पूरा हुनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। व्यापारमा मनग्य हाभ हुने देखिन्छ। परिवारजनसँग आत्मीयता बढ्नेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। प्रेम र मित्रताको गाँठो कसिएला। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
सुरुमा खर्च लागे पनि पहिलेको लगानीले फाइदा दिलाउनेछ। ईर्ष्या गर्नेहरूले भने अलि दु:ख देलान्। अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ला। तापनि, चुनौती पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। प्रतिस्पर्धाबाट फाइदा उठाउने समय छ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्ला। वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ। (नेपाली पात्रो)
आजको राशिफल – मिति वि.सं. २०७३ साल माघ १६ गते आइतबार,तदानुसार इश्वी सन् २०१७ जनवरी
२९ तारिख, राष्ट्रिय शहिद दिवस, माघ शुक्लपक्ष
आज श्री शाके १९३८, वि.सं. २०७३ साल माघ १६
गते आइतबार तदानुसार इश्वी सन् २०१७ जनवरी २९ तारिख, राष्ट्रिय शहिद दिवस, माघ शुक्लपक्ष द्वितीया तिथी २९:४६ बजेसम्म चन्द्रमा मकर राशिमा ११:३५
बजेसम्म त्यसपछि कुम्भ राशिमा सूर्य उत्तरायण शिशिर ऋतु (ज्यो. प. सरोज घिमिरे / लाइट नेपाल डटकमबाट
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ गरिरहेको कार्यमा विशेष सफलता प्राप्त हुनेछ । आम्दानिका नयाँ स्रोतहरु फेला पर्नाले मन हर्षित रहला । मान्यजनसँगको सम्बन्धमा सामान्य दुरी बढ्नेछ । खोज तथा अनुसन्धान मुलक कार्यमा समय ब्यतित रहनेछ । बिश्वासिलो ब्याक्तिबाट धोका प्राप्त होला ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मान्यजनको भेटघाटका निम्ती सामान्य यात्रा हुन सक्ने छ । परिवारको अनुसरण नगरेको खण्डमा सामान्य अपजसमा फस्नुपर्ला । तपाइको निर्णय सर्वमान्य नहुनाले मनमा खिन्नता उत्पन्न हुनेछ । कार्य सिद्दीका निम्ति सामान्य भन्दा बढी परिश्रम गर्नु पर्नेछ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
यात्राका क्रममा सामान्य झन्झट उत्पन्न हुन सक्ला । अरुको पूर्ण रुपले गरिएको विश्वासमा धोका हुनाले कार्यमा ब्यबधान आउने छ । सामान्य धनमालमा क्षति पुग्न सक्छ । बिछोडिएका मित्रसँगको भेटले मनमा उत्साह छाउने छ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
स्वास्थ्यमा आएको खराविले कार्यक्षेत्र प्रभावित रहने छ । दाम्पत्य सम्बन्धमा खटपट उत्पन्न होला । खानपानमा विशेष ध्यान पुर्याउनु पर्ने छ । बोलिको प्रभावले ब्ग्रन लागेका काममा केहि सुधार रहने छ । मध्यान्ह पश्चात भने दिन सामान्य खराब रहला ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
ब्यापार ब्यबसायको निम्ति समय राम्रो रहेको छ । प्रेम सम्बन्धमा आएको खटपटले मनमा चिन्ता जाग्ने छ । खानपानको राम्रो योग रहेको छ । श्रम र मेहनतको कदर हुनाले कार्य क्षेत्रमा उत्साह जाग्ने छ । दिन मध्यम रहने छ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
तपाइले गरिरहेको कार्यमा ब्यबधान गर्नेहरुको सङ्ख्यामा बृद्दि हुनेछ । कार्यको श्रेय अरुलाईनै प्राप्त हुनाले काममा निरुत्साह जाग्नेछ । सामाजिक क्षेत्रमा लगाइएको लगानिको राम्रो प्रतिफल आउने छ । प्रतियागितात्मक काममा अघि नबढ्नु फाईदाजनक रहने छ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
मनोरन्जनको क्षेत्रमा समय ब्यतित रहला । बोद्दिक ब्यक्तित्वहरुसँगको भेटघाटले मन प्रशन्न रहने छ । आफूभन्दा साना ब्याक्तिहरुको स्वास्थ्यमा सामान्य असर रहने छ । सामान्य यात्राको योग रहेको छ ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
परिवार तथा इष्टमित्रहरुको साथ सहयोग प्राप्त हुनेछ । सवारिसाधनको प्रयोगमा साजग रहनु होला । अचल सम्पत्तिको निम्ति गरिएका लगानि फाईदाजनक रहने छ । सम्मेलनमा भाग लिने अबसर जुट्ने छ । सामान्य कार्यको निम्ति धेरै समय ब्यतित रहने छ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
पराक्रममा बृद्दि हुनेछ । अपरिपक्व निर्णयले गरिरहेको कार्यमा झन्झट उत्पन्न हुनेछ । मित्र तथा दाजुभाइको सहयोगले गरिएको कार्यमा सफलता प्राप्त हुने छ । कार्य क्षेत्रको लगाबले भाग्योदयको योग रहेको छ । शत्रु कमजोर रहलान ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
निर्णय गर्ने क्षमतामा बृद्दिहुनेछ । बोलिको गलत प्रचार हुने छ । खानपानमा बिशेष ध्यान दिनुहोला । कुरा काट्ने ब्याक्तिहरुसँग बच्नु पर्ने छ । संचित रकम खर्च हुनाले मनमा खिन्नता पैदा हुन सक्ला । पारिवारिक झोर-झमेलाले सताउन सक्छ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
मनमा चन्चलताले बास गर्ने छ । पारिपारको कुनै सदस्यहरुको स्वास्थ्यमा खराबी आउन सक्ने छ । अरुको बिश्वासमा गरिएको कार्यमा पूर्ण सन्तुष्ट रहने छैन । दाम्पत्य सम्बन्धमा सुधार आउने छ । सामान्य यात्रा रहनसक्ला ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
खर्च कारक दिन रहेको छ । आफ्नो लापर्बाहिले सामान्य धनमालमा क्षति हुन सक्ने छ । मित्र तथा दाजुभाइका निम्ति मनोरन्जनका सामानमा खर्च गर्नु पर्ला । परोपकारको क्षेत्रमा समय ब्यतित गर्नु पर्ने छ । प्रेम सम्बन्धमा सुधार आउने छ ।
सौम्य नामक संवत्सर, शाके :– १९३८, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११३७, (पोहेलागा)
काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५५ बजे र सूर्यास्त : साँझ ०५:३९ बजे
इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:४६
बजे र सूर्यास्त : साँझ ०५:३२ बजे
पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०७:०२
बजे र सूर्यास्त : साँझ ०५:४३ बजे
माघ कृष्णपक्षको अमावस्या तिथि, मध्यरात्रीपछि ०५:५६ बजेसम्म, त्यसपछि प्रतिपदा तिथि,
उत्तराषाढा नक्षत्र, बेलुका १०:२१ बजेसम्म, त्यसपछि श्रवण नक्षत्र, चन्द्रमा मकर राशिमा (अहोरात्र व्याप्त),
वज्र योग, दिउँसो ०३:५३ बजेसम्म, त्यसपछि सिद्धि योग,
चतुष्पाद करण, साँझ ०५:३६ बजेसम्म त्यसपछि नाग करण,
आनन्दादि योग : आनन्द, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : ईशान, वारशूल : पश्चिम,
आजको चाडपर्व र उत्सव : दर्श श्राद्ध, हलो तथा निशि बार्ने दिन, आर्यघाटमा माधवनारायण मेला, नवलपरासीमा त्रिवेणी मेला,
आजको मूहुर्त : घर छाउने÷ढलान गर्ने, दैलो राख्ने,
आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त :
भोलिको चाडपर्व र उत्सव : सोनाम ल्होच्छार, जगद्गरु बल्लभाचार्य जयन्ती
१६ गते : सहिद दिवस, चन्द्रोदय, द्विपुष्कर योग बिहान ६ बजेर ६ मिनेटदेखि राती ११ बजेर ४३ मिनेटसम्म, ब्रतबन्ध (उपनयन), रुद्राभिषेक(रुद्रीपूजा),
अग्निवास(होमादि), द्रव्यप्रयोग वा लगानी, दीक्षाग्रहण,
१७ गते : अन्नप्राशन(पास्नी), चूडाकर्म(छेवर), द्रव्यप्रयोग वा लगानी, दीक्षाग्रहण,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
गरेको प्रयास सार्थक बन्नेछ । रोजगारीको राम्रो अवसर हात पर्न सक्छ । सरकारी जागिरेले महत्त्वपूर्ण अवसर प्राप्त गर्नेछन्, प्रशंसा, बढुवा वा उन्नतिका लागि गरेको प्रयास सफल हुनेछ । अप्रत्याशित कामबाट फाइदा लिन सकिने छ । मिहिनेत र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । परिवारका सदस्यको स्वास्थ्यमा देखिएका समस्या हट्ने छन् । आजका लागि शुभअङ्क २ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
व्यक्तिगत महत्त्वाकाङ्क्षा र चाहना थाती राखी काम गरेमा भाग्यबृद्धि हुनसक्छ । नवौं भावमा चन्द्रमा रहेकाले सुखसुविधा र आनन्द प्राप्तिका लागि मन लालायित बन्नसक्छ । आज धार्मिक, सामाजिक वा सांस्कृतिक क्रियाकलापमा सहभागी बन्नु राम्रो हुन्छ । व्यक्तिगत मानसम्मानको रक्षाका लागि प्रयास हुनेछन् । साँझपख शुभ कुराको सङ्केत मिल्नेछ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कालभैरवाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
पुराना काम, समस्या, चुनौती र सम्झनालाई पुनः जीवन्त तुल्याई सुधार गर्ने अवसर प्राप्त हुनेछ । सानातिना व्यवहारिक काम र घरेलु समस्या सुल्झाएर लाभ लिनका लागि दिन अनुकूल छ । स्वास्थ्यमा सुधार आउने छ । सानोतिनो समस्याले तपाईंको उत्साहमा कमी ल्याउने छैन । नयाँ काम थाल्दा व्यवहारिक लाभ पुग्नेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गृहलक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । घरपरिवारमा हर्षको वातावरण हुनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । आनन्द र रमणीयताका लागि समय र धन खर्च हुन सक्छ । घुमघाम, भ्रमण र पर्यटनको अनुकूलता मिल्नेछ । रमाइलो र रमझममा समय व्यतीत हुने समय छ । आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग हलुका सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
रिस, आवेग र क्रोधलाई नियन्त्रणमा राखी काम गर्दा राम्रो प्रतिफल पाइने दिन छ । पुख्र्यौली सम्पत्तिको विवाद छ भने आज त्यसलाई निराकरण गर्ने दिन हो । आफुलाई प्रतिष्ठा प्राप्त हुनेछ । बन्धुवान्धव र साथीभाइले काममा सहयोग पुर्याउने छन् । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । मनमा शान्तिको अनुभूति हुनेछ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग हलुका नीलो वा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
बौद्धिक क्रियाकलापप्रति झुकाव बढ्ने छ । बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समययापन हुनेछ । अध्ययन, अध्यापन र लेखनकार्यमा उच्च सफलता प्राप्त हुनेछ । पठनपाठन र बौद्धिक गतिविधिका कारण मानसम्मान र प्रतिष्ठामा बढोत्तरी हुनेछ । व्यावहारिक र प्राविधिक काममा विशेष सफलता प्राप्त हुनेछ । साँझपख धनलाभ हुने सङ्केत छ । आजका लागि शुभअङ्क ४ र शुभ रङ्ग रातो वा पहेंलो रङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । परिवारमा रमाइलो जमघट हुनेछ र अभिभावकले सन्तुष्टि जनाउने छन् । घरायसी सुखको अनुकूलता हुनेछ । आफन्तजनसँग भेटघाटको योग छ । मानसिकतामा थोरै विचलन ल्याए पनि प्रेमको वातावरण सुदृढ बन्नेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गाढा नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सिद्धिविनायकाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आध्यात्मिक भावनाको विकास हुनेछ । सेवामूलक र परोपकारी काममा खट्ने वातावरण प्राप्त हुनेछ, दिनदुःखी र असहायको आशीर्वाद लिन सके लाभ हुनसक्छ साथै धार्मिक÷सामाजिक काममा प्रशंसित हुने अवसर पनि पाइने छ । बन्दव्यापारमा राम्रो छ । पेसाव्यवसाय वा रोजगारीका क्षेत्रमा सम्मान र साख जोगाउन सकिने छ, आकाङ्क्षा पूर्ण हुनेछन् । आजका लागि शुभअङ्क २ र शुभरङ्ग घिउरङ्क वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । साझेदार वा सहयोगीको सङ्गतले फाइदा हुने काम गरिने छ । व्यस्त दिनचर्या कायम हुनेछ । दूरदराजमा रहेको स्थान अथवा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । पुराना साथीभाइसित भेटघाट र रामरमाइलो गरिने छ । सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ । निर्णय सार्थक हुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । आम्दानीमा कमी आउने छैन, मनमा कताकता केही कमी भएझैं लागे पनि समग्रमा आजको समय लाभकारी नै हुनेछ । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै देखिन्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग सेतो वा बैजनी पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ चित्रगुप्ताय नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । पशुचौपायाबाट लाभ प्राप्त हुनेछ । दौडधूप गर्नु परे पनि लाभ नै हुनेछ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । ढिलै भए पनि काम सम्पन्न हुनेछ । दुरदराजको यात्राबाट लाभ लिन सकिन्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नीलसरस्वत्यै नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
जिम्मेवारीप्रति सचेत रहनुपर्छ, परिश्रम र मिहिनेत गर्न सकेमा बन्नलागेको कुनै काममा चिताउँदै नचिताएको सफलता पाउन सक्नुहुन्छ । कारोबारप्रति ध्यान केन्द्रित हुन सक्दैन । आर्थिक समस्याले पिरोल्ने छ । व्यापारव्यवसायमा सामान्य छ । आर्थिक पक्षमा ठूलो फड्को मार्न सक्नुहुन्न । पारिवारिक जीवन सामान्य छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग ध्वाँसे वा घुर्मैलो कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ भूमिदेव्यै नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाण्डौ, नेपालको अक्षांश : २७:४२ उत्तर तथा देशान्तर : ८५:१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)
