-->
डीआईजीले अंग्रेजी नजानेपछि…

काठमाडौं, ११ माघ । नेपाल प्रहरीले इन्टरपोलको २३ औं क्षेत्रीय सम्मेलन सफलताका साथ सम्पन्न गरेर देशको छवि माथि उठाएको छ । सम्मेलनमा आएका तीन देशका प्रहरी प्रमुख तथा अन्य ३० देशका एक सय ३३ प्रतिनिधिहरुले भव्यताकाा साथ सम्मेलन सम्पन्न गरेकोमा नेपालको प्रशंसा गरेका छन् ।
दृष्टि साप्ताहिक मा खबर छ– त्यो भन्दा महत्वपूर्ण कुरा यो सम्मेलनमा दक्षिण एसियालाई सुरक्षित बनाउन महत्वपूर्ण निर्णयहरु गरेको छ । नेपाल प्रहरीले पनि आफ्नो केही महत्वपूर्ण एजेण्डाहरु प्रस्तुत गरेर आफूलाई अब्बल प्रमाणित गरेको छ ।
तर सम्मेलनमा नेपाल लागूऔषध तस्करीको ट्रान्जिट बन्दै गाएको विषयमा भने कसैले चासो व्यक्ति गरेनन् । त्यस सम्बन्धी विषयवस्तु उठाउनुपर्ने निकाय नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो हो । ब्यूरोबाट तीन दिने सम्मेलनमा यो समस्याबारे कसैले पनि कुरा किन उठाएनन् भन्ने प्रश्न बुद्धिजीवीहरुले उठाएका छन्।
नेपाल प्रहरीको लागू औषध ब्यूरोबाट खासमा कार्यपत्र नै प्रस्तुत हुनुपर्ने थियो । किनकि दक्षिण अमेरिकी देशमा उत्पादन हुने कोकिन नेपाल हुँदै विश्वका अन्य देशमा जाने गरेको छ । तर, ब्यूरोका प्रमुख रहेका डिआईजी जयबहादुर चन्दले यस विषयमा चासो दिएनन् । अंग्रजी भाषामा राम्रो नभएका कारण उनले यसमा चासोनदिएका हुन् ।
बैठकमा अन्य देशले लागूऔषध तस्करीको विषयमा कुरा उठाउँदा पनि नेपालका प्रहरी अधिकारीहरुले त्यस विषयमा आफ्नो समस्या र राय राखेनन् । नेपाल पीडित हुँदै आएको अन्तराष्ट्रिय अपराधको एउटा महत्वपूर्ण विष्मा नेपालले आफ्ना कुराहरु राख्नबाट चुकेको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.