माघ १ गते शनिवार बेलायतमा आफ्नै घरको बाथरुममा झुण्डिएको अवस्थामा फेला परेका चर्चित गायक यम बुद्धको शव शनिबार नेपाल ल्याईने भएको छ।
परिवारले उनको दाहसंस्कार नेपालमा नै गर्ने ईच्छा राखेपछि लन्डन स्थित नेपाली दुतावासले शवलाई नेपाल ल्याउन आवश्यक पर्ने ट्राभल डकुमेन्ट तयार पारेको थियो।
पारिवारिक श्रोतले दिएको जानकारी अनुसार उनको शव शनिवार दिउसो ३ बजे इत्तेहाद एयरबाट काठमाडौं ल्याईने छ। एयरपोर्ट बाट सिधै उनको शव प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रद्दान्जलिको लागि राखिने र साँझ ५ बजे पशुपति आर्यघाटमा उनको अन्त्यष्टि गरिने छ।
यमको मेरो जुत्तामा, साथी, आउंदैछु म, फुटपाथ मेरो घर, यो प्रसंग, दिदी, अन्त्यको शुरुवात, नाचन, आमा लगायत कयौं गीत हिट छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...