काठमाडौं, १७ माघ । प्याज प्रायः सबैको भान्सा उपलब्ध हुन्छ । प्याजबिनाको भान्सा स्वादिलो नमान्ने मानिसहरु प्रशस्तै भेटिन्छन् । कोही–कोही भने धार्मिक कुरा लिएर प्याज नखानेहरु पनि हुन्छ । तर, जसले प्याज खाने गरेका छन्, प्रायलाई यसको फाइदाकोबारेमा जानकारी कमै मात्रामा हुन्छ ।
जानौं प्याज खानुका फाइदाहरु :
१. रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि
प्याजमा फाइटोकेमिकल्स र भिटामिन सी पाइना भएकाले शरीरमा रोग प्रतिरोधात्मक क्षमताको वृद्धि गर्छ । जसले सरुवा रोग लाग्नबाट बचाउँछ ।
२. ब्लड सुगरका रोगीलाई फाइदा
प्याजमा क्रोमियम पाइन्छ । यसले ब्लड सुगरलाई नियन्त्रण राख्ने काम गर्छ ।
३. शरीर सुन्निने समस्यालाई नियन्त्रण
प्याजले शरीर सुन्निने समस्यालाई पनि नियन्त्रणमा राख्ने कार्यमा सहयोगी काम गर्छ । साथै शरीरमा संक्रमण हुनबाट पनि जोगाउँछ ।
४. खराब कोलेस्ट्रोलको समस्या हुन दिँदैन
यदी प्याजलाई सलादको रुपमा खाएमा शरीरमा खराब कोलेस्ट्रोल हुन दिँदैन । काँचो प्याज खाँला खराब खराब कोलेस्ट्रोल हुन नदिने भएकाले शरीरलाई स्वस्थ राख्ने काम गर्छ ।
५. क्यान्स रोक्ने कार्यमा सहयोगी
प्याज खाँदा क्यान्सरजस्ता घातक रोग लाग्न दिँदैन । प्याजमा क्युरेक्टीन नामक एक शक्तिशाली तत्व पाइने भएकाले यसले क्यान्सर रोक्ने कार्यमा ठूलो सहयोग गर्छ ।
६. ग्यास्ट्रिक अल्सरका पीडितलाई राहत
प्याज खाँदा ग्यास्ट्रिक अल्सर हुनबाट जोगाउँछ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...