-->
प्रियंकाको सेक्स लाइफ

बलिउड अभिनेत्री प्रियंका चोपडा अहिले आफ्नो सेक्स लाइफका कारण चर्चामा छिन् । प्राय: सेक्सका बारेमा मुख नखोल्ने प्रियंकाले यसपटक एउटा टक शोमा नयाँ रहस्योद्घाटन गरेकी छिन् । ‘कफी विद करण’ मा प्रस्तुत भएकी प्रियंकालाई करणले उनको सेक्स लाइफका बारेमा जिज्ञासा राख्दै विभिन्न प्रश्न सोधे । जस्तो, ‘के तपाईंले कहिले लाइट अन गरेर सेक्स गर्नुभएको छ ?, के तपाईंले फोन सेक्स गर्नुभएको छ ? के ब्रेकअपपछि ब्वाइफ्रेन्डलाई चुम्बन गर्नुभएको छ ? के बाथरुममा कसैसँग नुहाउनु भएको छ ?’ यी सबै प्रश्नको जवाफ प्रियंकाले ‘छ’ भनेर दिइन् । यसको अर्थ के हो भने प्रियंकाले फोन सेक्सदेखि लिएर कसैसँग बाथरुममा सँगै नुहाइसकेकी छिन् । उनको यो जवाफ सुनेर करण समेत आश्चर्यमा परेका थिए । त्यसक्रममा प्रियंकाले उक्त कार्यक्रम आफ्नी आमाले भने हेर्न नहुने उल्लेख गरेकी थिइन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.