बलिउडका पुराना अभिनेता कबिर वेदी आफूभन्दा २९ वर्ष कान्छी युवतीसँग चौथो विवाह गरेको समाचार सार्वजनिक भएपछि चर्चामा छन् । ७१ वर्षीय वेदीले आफ्नो ७० औं बर्थडेभन्दा एक दिनअघि मात्र २०१६ मा आफूभन्दा २९ वर्ष कान्छी परविन दोसान्जसँग विवाह गरेका थिए । रमाइलो कुरा के छ भने वेदीकी यी चौथी श्रीमती परविन (४२ वर्ष) उनकी छोरी पूजा वेदी (४६ वर्ष) भन्दा चार वर्ष कान्छी छिन् । परवीन बेलायती मूलकी मोडल तथा अभिनेत्री हुन्, जो कबिरसँग १० वर्षसम्म लिभ इन रिलेसनसिपमा रहँदै आएकी थिइन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...