केहि मानिसहरुले हामीलाई सकारात्मक उर्जा दिन्छन् भने कतीले नकारात्मक । भनिन्छ मन्दिरजाने समयमा वा भगवानको दर्शन गर्ने समयमा मन शान्त हुनुपर्छ । अशान्त मनले गरिएको पुजा कहिल्यै पनि सफल हुदैन । धर्म ग्रन्थ अनुसार यी पाँच स्वभाव भएका मानिसहरुसाग मन्दिर जानु उपयुक्त हुँदैन ।
नास्तीक
केहि मानिसहरु भगवान र धर्मलाई नमान्नेहरु पनि हुन्छन् । उनीहरुलाई धर्मकर्मामा समय बर्वाद गरेजस्तो लाग्छ । यस्ता मानिसहरुलाई पनि पुजाको आसपासमा नराख्नुहोस् । किनकी यस्ता मानिसहरु साथमा हुँदा हामी पूर्णरुपमा ध्यान दिन सक्दैनौ । त्यस कारण यी मानिसहरुसँग पुुजा गर्ने समयमा टाढै रहँदा राम्रो ।
रिसाउने
बिना कारण रिसाउनेहरुसँग मन्दिरन जानुहोस् । यस्तो व्यबहारलाई दानव जस्तो मानिन्छ । यस्ता मानिसहरुको मन प्राय जसो अशान्त रहन्छ । जसका कारण नकारात्मक असर पर्छ । त्यसैले पुजा गर्ने ठाउँमा यस्ता मानिसहरुको साथ राम्रो हुदैन ।
जलन गर्नेहरु
जो मानिसरु अरुलाई देखेर जल्ने गर्छन् । उनीहरुको मनमा अरुको लागी छलकपट र पाप हुन्छ । यस्ता मानिसहरुसँग बस्नाले हाम्रो मन पनि अशान्त हुन्छ । अशान्त मनबाट गरिएको पुजा कहिल्यै पनि पुरा हुदैन ।
लोभी
लोभी मानिहरुको दुष्ट प्रवृतीका हुन्छन् । यस्ता मानिसहरु अरुको सामान कसरी पाउने भन्ने बारेमा मात्रै सोचीराखेका हुन्छन् । यस्ता मानिसहरुसँग मित्रता गर्नाले पनि धर्म नाश भएर जान्छ । त्यस कारण पुजा आजाको क्रममा यस्ता मानिसहरुसँग टाढा हुनुपर्छ ।
अरुको निन्दा गर्ने
अरुको निन्दा गर्ने मानिसहरुसँग पनि मन्दिर नजानुहोस् । यस्ता मानिसहरु कोहि न कोहीको कुभलो चिताईरहेका हुन्छन


0 comments
प्रतिक्रिया दिनुहोस्...