जाडो मौसममा अधिकांश मानिसको कुर्कुच्चा फुट्ने समस्या हुन्छ । कतिपयले कुर्कुच्चा फुट्यो भन्दै ढुंगामा रगेड्ने वा पानीमा भिजाएर धारिलो बस्तुले निकाल्ने पनि गरेको पाइन्छ । कुर्कुच्चा फुटेमा यसो गर्नु समाधानको राम्रो उपाय होइन । बरु यस्तो गर्दा छालामा थप असर पुग्न जान्छ । त्यसैले कुर्कुच्चाको स्यहार गर्ने केही उपायहरु यस्ता छन् । पैतालामा तैलीय ग्रन्थी हुँदैन । त्यसैले जाडो याममा तिनलाई मुलायम बनाउन कुनै क्रिमले नियमित मसाज गर्नुपर्छ ।
कुर्कुच्चा फुट्नुका कारणहरू
चिसो
नांगो खुट्टाले माटोमा, सिमेन्टमा तथा शीतमा हिँड्नु
खुट्टाको फोहोर (मयल) सफा नगर्नु
कुर्कुच्चाको खस्रो छाला मर्नु
कुकुच्चा सफा गर्न पेडिकेयरको साम्रग्री
पेडिकेयर सेम्पु
हाइड्रोजन पेरिएक्साइड लिक्विड
डिटोल
स्याफ्रोन
स्क्रबिन
प्युमिक स्टोन
कस्टमरलाई राख्ने कुर्सी
ब्रस
फुटमसाजक्रिम
तैलिया
बाटा
मनतातो पानी
पेडिकेयर गर्ने तरिका
मनतातो पानी बाटामा राख्ने,
मनतातो पानीमा हाइड्रोजन पेरोअक्साइड एक वा दुई बिर्को राख्ने,
अब सो पानीमा पेडिकेयर सेम्पो दुई बिर्को राख्ने
त्यसमा ५÷६ थोपा डिटोल राख्ने,
अब सो पानीमा १० मिनेटसम्म खुट्टा डुबाउने, १० मिनेटपछि खुट्टा निकाल्ने, स्क्रबिनले खुट्टाको कुर्कुच्चाको फुटेको भागमा भएको फोहोर वा मरेको छाला निकाल्ने,
यदि कुुर्कुच्चा धेरे नै चर्केको छ भने हाइड्रोजन पेरोअक्साइडलाई रुवामाचोपेर फुटेको भागमा लगाउने । रुवालाई धाँजा फाटेको ठाउँमै अठ्याउन सुतीको मोजा लगाउने,
१० मिनट पछि मोजाखोलेर त्यो रुवा हटाएर तातो पानीले फुटेको भागलाई राम्ररी सफा गर्ने,
यसपछि फुटेको भागलाई सफातौलियाले पुछेर मजास क्रिम अथवा फुट क्रिम लगाउने,
यो क्रम हप्ताको एकपटकको दरले ग¥यो डेढदेखि दुई महिनामा फुटेको कुर्कुच्चा पहिलाको जस्तो राम्रो र सुन्दर बन्ने ।
फुटेको कुकुच्चाको घरेलु उपचार
मनतातो पानी बाटामा राख्ने ।त्यो मनतातो पानीमा १० मिनट खुट्टा डुबाउने, अप्युनिक स्टोन (दल्छी ढुंगा) ले त्यो फुटेको भागमा रगडेर फोहोर तथा मरेको छाला हटाउने।
फुटेको ठाउँमा लगाउन फुट क्रिम छैन भने नरिवलको तेल लगाउने, सम्भव छ भने यसरी फुटेको ठाउँमा ग्लिसिरिङ लगाउने, त्यो पनि छैन भने यसरी सफा


0 comments
प्रतिक्रिया दिनुहोस्...