-->
आजको राशिफल – मिति बि.सं. २०७३ साल माघ १२ गते बुधबार

आज श्री शाके १९३८, बि.सं. २०७३ साल माघ १२ गते बुधबार तदानुसार इश्वी सन् २०१७ जनवरी २५

तारीख, प्रदोष ब्रत, माघ कृष्ण त्रयोदशी तिथी ०३:५९

बजे सम्म चन्द्रमा धनु राशीमा सूर्य उमत्तरायण शिशिर ऋतु (ज्यो. प. सरोज घिमिरे / लाइटनेपाल डटकम )

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
धार्मीक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । पारिवारिक भावना अनुरुप क्रोधमा नियन्त्रण राख्नुहोला । अप्रत्याशीत खवरले मनमा प्रशन्नता छाउनेछ । दुर्घटनापुर्ण यात्राको सम्भावना रहेकोले सजग भइ यात्रा गर्नुहोला । साथीसँग सामिप्यता बढे पनि लाभ भने ग्रहण गर्न सकिनेछैन ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
कार्यमा बिश्लेषणको अभावले पारिवारिक सम्बन्धमा बैमनश्यता उत्पन्न हुनेछ । गैर बिश्वसनिय कुराको पछि लाग्नाले कार्यमा झमेला उतपन्न हुनेछ । मान्यजनको स्वास्थ्यमा नकारात्मक असरले मनमा खिन्नता छाउनेछ । मित्रजन तथा बिश्वासि व्यक्तीद्वारा धोका हुनसक्छ सचेत रहनुहोला अरुको बिश्वास नगर्नु बेश हुनेछ ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
अरुद्वारा सम्पादीत कार्यबाट यथेष्ट फाइदा लिन सकिनेछ । बाक चातुर्यताको कारण नेत्रृत्वदायी भुमिका निर्वाह गर्ने अवसर प्राप्त हुनेछ । प्रतीष्ठीत व्यक्तीसगको संगतले व्यापार व्यवसायबाट लाभ लिन सकिनेछ । जिवनसाथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
जिद्दी स्वभावको कारण प्रतिश्पर्धामा पराजयको सामना गर्नुपर्नेछ । दिर्घकालिन कार्यमा बिघ्नता आउने हुदा त्यस्ता कामहरु सरस्थगित गर्नु उपयुक्त हुनेछ । बित्तीय क्षेत्रमा लगानी गर्ने अवसर मिल्नेछ । जागरुक भइ कार्यमा जुट्न सकिनेछ । एकल मनोरञ्जनले मनमा खिन्नता बोध गराउनेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अर्काको खुसिको लागी अनावश्यक पश्रिम खर्चीनुपर्नेछ । परिवारिक दुरताको सामना गर्नुपर्ने हुदा दुर्घटनाको सामना गर्नुपर्नेछ । निरन्तर भइरहेका कार्यबाट बिषेस लाभ लिन सकिनेछ । व्यक्तीत्वको प्रशंसा बढ्नाले मनमा प्रफुल्लता छाउने हुदा गुह्य कुरा प्रष्फुटित हुनेहुदा समष्याको सामना गर्नुपर्नेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
परिवारि सम्बन्ध सुमधुर बनाउन समय व्यतित गर्दा उपयुक्त हुनेछ । पुर्ण आत्मविस्वारको कारण आर्थीक क्षेत्रमा आउन लागेको लाभ समेत उम्कीनेछ । तेस्रो पक्षको विश्वास गर्नाले जिवनसाथिसँग मतभेद उत्पन्न हुनेछ । प्राकृतीक स्रोत साधनको परिचालनबाट यथेष्ट लाभ लिन सकिनेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
शरिरमा आलश्यता छाउनेछ । अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनेछन । कठिनाइजनक यात्राको योग रहेको छ । आटेका कार्यमा कडा परिश्रम गर्नुपर्नेछ । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा उत्पन्न हुनेछ । इष्टदेवको दर्शन गरि दिनको सुरुवात गर्नुहोला ।


बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
रोगबाट मुक्ती मिल्नेछ । अप्रत्याशीत धनको आगमन हुनेछ । रमाइलो यात्रा हुनेछ । बाणीमा मधुरता छाउनाले प्रशंसा गर्नेहरु बृद्धी हुनेछन । टाढाको भोज भतेर तथा सभा समारोहमा साभागी हुने अवसर मिल्नेछ । खानपानमा ध्यान दिनु स्वास्थमा फाईदा जनक रहनेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अधीक आत्मविश्वासको कारण बन्न लागेका कार्यहरु बिफल हुनेछन । स्थीर सम्पतिमा गरिएको लगानी लाभदायक हुनेछ । अरुको बिश्वास गर्नाले दाम्पत्य जिवनमा खटपट उत्पन्न हुनेछ । मान्यजनको स्वास्थ्यमा नकारात्मक असर देखा पर्नेछन । घाँटी दुख्ने समस्याले सताउनेछ । चिसोबाट सजग रहनुहोला ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
टाढाको मित्रसँग अप्रत्यासित मिलन हुनेछ । स्थीर सम्पति बेच बिखनले गर्दा स्थान परिवर्तनको सम्भावना रहेको छ । सामुहिक कार्यमा खर्च हुनाले मनमा प्रशन्नता छाउनेछ । हतारमा गरिएको निर्णयको कारण दाम्पत्य जिवनमा खटपट उत्पन्न हुनेछ । बोल्दा बिचार पु¥याउनुहोला ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
खोज तथा अनुसन्धानमुलक क्षेत्रमा बौदिकताका खर्च हुनेछ । प्रयत्न गर्नाले दिर्धकालिन कार्यहरु बन्नेछन । बाकपटुताको कारण कुरा काट्नेहरु चुप भइ प्रशंसा गर्न थाल्नेछन । पठन पाठन सफल रहनाले बौदिकताको सर्वत्र कदर हुनेछ । प्रतिस्पर्दीहरु कमजोर रहलान् ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मनमा चन्चलता बढ्नाले निर्णय लिने क्षमतामा ह्राँस आउनेछन । मात्रृ पक्षको सहयोगद्वारा गरिएका कार्यहरु सफल हुनेछ । सफल कार्यसम्पादनको लागी कडा परिश्रम गर्नु परे तापनि कार्य सफलताले मनमा प्रशन्नता छाउनेछ । चातुर्यता धुर्ततामा परिणत हुनाले अपजसको सामना गर्नुपर्नेछ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.