काठमाडौं । चर्चित गायक प्रकाश ओझा गीत रेकर्डिङका लागि काठमाडौं आएका बेला पक्राउ परेका छन् । युवतीलाई विभिन्न प्रलोभन देखाएर यौन शोषण गर्ने, तस्बिर लिने र त्यही फोटो देखाएर ब्यालमेलिङ गर्ने गरेको भन्दै उनीविरुद्ध मुद्दा दायर भएको थियो । अदालतका फरार अभियुक्त सुनसरी इटहरी नगरपालिका ४ का प्रकाश ओझालाई प्रहरीले काठमाडौंको शंखमुलबाट पक्राउ गरेको हो
। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले फरार अभियुक्त ओझालाई शुक्रबार काठमाडौंको शंखमुलबाट पक्राउ गरी आवश्यक कारवाहीका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको छ । ओझालाई सर्वोच्च अदालतको २०७३ माघ ४ गते १० बर्ष कैद सजाय सुनाएको थियो । ओझाले २०५९ सालदेखि लगातार २ बर्षसम्म डर त्रास देखाई अनुचित प्रभावमा पारी तीन जना नाबालिकाहरुसँग अनैतिक सम्बन्ध राखेको प्रहरीले जनाएको छ


0 comments
प्रतिक्रिया दिनुहोस्...