-->
यस्ता छन् पुरुषको मन जित्ने ६ तरिका

बास्ताविकता जान्न खोज्छन् –पुरुषहरुले जहिले पनि रियालिटी बुझ्न खोज्छन् । बास्तविकता थाहा पाउन खोज्छन् । त्यसैले मनमा केही कुरा नराखी बास्तविकताबारे बुझाउनु पर्छ जस्तो लाग्छ । मनौ म एउटा कलाकार हुँ, मरो बारेमा मानिसहरुले एउटा खालको इमेज बनाइरहेको हुन्छ । तर मेरो जीवनशैली अरिकाको हुन सक्छ । हो, त्यस्तो कुरा पुरुषहरुलाई छर्लङ पार्नुपर्छ ।
सरल व्यावहार रुचाउँछन् –पुरुषहरुले खोज्ने अर्को कुरा भनेको सरलता पनि हो । मैले कुनै केटीको बाहिरी आवरण वा डे«ेसअपको कुरा गरेको होइन । व्यावहारिक सरलताको कुरा गरेकी हुँ । मान्छेसँग प्रस्तुत हुँदा पनि त्यो खालको सरलतालाई पुरुषहरु मन पराउँछन् ।
मुस्कान मन पराउँछन् – मान्छे हँसिलो हुनु जरुरी छ । पुरुषहरुले मुस्कान मन पराउँछन् जस्तो लाग्छ । जो हाँस्छ उसले हरेक कुरालाई पोजेटिभ रुपमा पनि लिइरहेको हुन्छ । कसैको जहिले पनि गमक्क पर्ने बानी हुन्छ । त्यो बानीलाई उनीहरुले गलत अर्थमा पनि लिइदिन सक्छन् । एटिच्युड प्रोब्लमको आरोप पनि लगाउन सक्छन् । यस्तो हँसिलो मान्छेसँग जिवन काट्न कति सजिलो होला भन्ने पनि सोच्छन जस्तो लाग्छ ।
भित्री सुन्दरता खोज्छन्– इन्टेलिजेन्टस् केटीहरु पनि पुरुषहरुको रोजाइमा पर्छन । भन्ने खोजलेको ‘सेन्स अफ ह्युमर ’ चाहिन्छ । व्यावहारिक बैद्धिकताबाट पनि केटाहरु प्रभावित हुन सक्छन् । बाहिरी रुपमा जस्तो भए पनि भित्री सुन्दरता खोज्छन् पुरुषहरु ।
सरसफाइ रुचाउँछन् – अचेलका पुरुषहरु सरसफाइमा महिला भन्दा पनि बढी सचेत भएजस्तो लाग्छ । त्यसैले चिरिच्याट्ट परका केटीहरु केटाको नजरमा पर्न सक्छन् । तर हेबी मेकअप गरेको महिलालाई नरुचाउन पनि सक्छन् । त्यसैले सिम्पल मेकअप र सफा सुग्घर भएकी केटीहरु पुरुषको रोजाइमा पर्छन ।
मीठो बोलीको अपेक्षा गर्छन – पुरुषलाई मनपर्ने भनेको केटीहरुको मीठो बोली पनि हो । मीठो बोलीसँगै शान्त हुन पनि जरुरी हुन्छ । कतिपय जेन्टल स्वभावका जस्ता पनि हुन्छन् । कोही प्रसंगविना जथाभावी बोल्नेहरु पनि हुन्छन् । त्यस्तो बानी भएकाहरु पुरुषको रोजाइमा नपर्न पनि सक्छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.