-->
यस्ता सामान घरमा राख्नै हुँदैन, खुशी हराउँछ

काठमाडौं। आफुले जतिसुकै ठुलो खुसी जिते पनि परिवारमा सुख र शान्ती भएन भने सबै फिका लाग्छ । सबै मानिस परिवारमा सुख होस, खुसी होस भन्ने चाहन्छन । अनेक उपाय लगाउँछन तर पनि पुरा हुन सकिरहेको हुँदैन । वास्तु शास्त्रले केही यस्ता वस्तुहरुको बारेमा बताएको छ जुन चिज घरमा राखे कहिले पनि घरमा सुख र खुशी मिल्दैन ।
यि चिजहरुलाई घरमा नराख्नुहोस्
टुटेको ऐना
टुटेको ऐना घरमा राख्दा घरमा नकारात्मक उर्जा सक्रिय हुन्छ । परिवारका सदस्यले मानसिक तनाव सामना गर्नुपर्छ ।
टुटेफुटेका तस्बिर
बास्तुका अनुसार टुटेफुटेका तस्बीर दोषयुक्त मानिन्छ । घरमा यस्ता चिजहरु छन् भने हटाई हाल्नुपर्छ ।
विग्रिएको घडी
यस्तो घडी राखियो भने परिवारको सदस्यको काम पुरा गर्नमा बाधा पर्छ । गरेका कामपनि समयमै पुरा हुँदैन ।
टुटेफुटेका फर्नीचर
टुटेफुटेका फर्निचर भए तिनलाई पनि मर्मत गरिहाल्नुहोस् । किनकी यस्ता चिज घरमा राखे कुनै पनि काम तुरुन्त सफल हुँदैन ।
टुटेफुटेका भाँडाकुँडा
टुटेफुटेका सामान घरमा राख्नाले लक्ष्मी बेखुशी हुन्छिन् र दरिद्रताको प्रवेश हुन सक्छ । त्यस्ता बस्तुले घरफोहर देखिनुका साथै बास्तु दोष उत्पन्न भई अनिष्ट मात्र हुन्छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.