भर्चुअल दुनियाँ यस्तो दुनियाँ हो, जहाँ पुग्नासाथ तपाईंले आफू रहेको वास्तविक भौतिक दुनियाँलाई चटक्कै भुलेर आफू बेग्लै संसारमा भएको अनुभूति गर्नुहुनेछ । भर्चुअल रियालिटीको दुनियाँ जसले वास्तविक दुनियाँका सबै बारहरुलाई नाघेर साइबरस्पेसमा मानिसलाई भुल्ने ठाउँ उपलब्ध गराउँछ । भर्चुअल रियालिटीले गर्दा थ्रिडी भवन (Three-dimensional building) मा हिँड्न, भर्चुअल काम गर्न, मल्टी–युजर गेम खेल्न, आर्टवर्क (उदाहरणका लागि इन्स्टलेशन)सँग अन्तरक्रिया गर्न सम्भव भएको छ ।
प्राविधिक भाषामा भन्नुपर्दा भर्चुअल रियालिटी कम्प्युटरले बनाउने थ्रिडी वातावरण हो । यस्तो वातावरणमा मानिस संलग्न हुन र अन्तरक्रिया गर्न सक्दछ । भर्चुअल रियालिटी अहिले मानिसको जीवनसँग जोडिएका विभिन्न क्षेत्रहरुमा प्रयोग हुन थालेको छ । यस्ता क्षेत्रहरुमा सैन्यबल, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, फेसन, बिजनेश, सम्पदा, खेल, मिडिया, दूरसञ्चार, निर्माण व्यवसाय, चलचित्र, प्रोग्रामिङ ल्याङ्ग्वेजलगायत रहेका छन् ।
भर्चुअल रियालिटीको आनन्द लिनका लागि विभिन्न कम्पनीहरुले भर्चुअल रियालिटी सेट अर्थात् छोटकरीमा भिआर हेडसेट (VR Headset) बनाएका छन् । यस्ता भिआर सेटहरुको प्रयोग गरेर भर्चुअल रियालिटीको दुनियाँमा मज्जा लिने गरिन्छ ।
नेपालमा भर्चुअल रियालिटी हेडसेट नयाँ प्रडक्टका रुपमा भित्रिन थालेको छ । नेपालमा सामसुङका गियर भिआरहरु उपलब्ध छन् । चौधरी ग्रुपले आफैले उत्पादन गरेको बजारमा भिआर साइनकोन नामक हेडसेट उपलब्ध गराएको छ । क्यामु डटकम, मुन्चा डटकम, हाम्रोबजार डटकम, सस्तोडिल डटकमलगायतका केही अनलाइन शपिङ साइटहरुमा पनि विभिन्न नाम दिइएर भर्चुअल रियालिटीको आनन्द दिने हेडसेटहरु उपलब्ध छन् ।
भर्चुअल रियालिटीका फाइदा
भर्चुअल रियालिटीका सबल पक्षहरुमा गेमिङ अनुभव, भर्चुअल प्रोटोटाइप, सैन्य तालिम, मेडिकल प्रशिक्षण, मानसिक थेरापी, अन्तरिक्षहरुलाई तालिम दिनेलगायतका कार्यमा व्यापक प्रयोग हुन थालेको छ । त्यसैगरी, बिजनेश क्षेत्रमा पनि भर्चुअल रियालिटीले सघाउ पु¥याएको छ । प्रयोगकर्ताहरुले भर्चुअल रियालिटीको माध्यमबाट नै सम्बन्धित प्रडक्टलाई टेस्ट गर्न सक्दछन् । यसरी प्रडक्ट उत्पादक कम्पनीहरुले समय र स्रोतको बचत गरेर फाइदा लिन सक्छ । भर्चुअल रियालिटीमा नमूनास्वरुप प्रडक्टको परीक्षण गर्दा कुनै समस्या आएको खण्डमा पनि अगाडि नै त्यसको समाधान गर्न सकिन्छ । विभिन्न ठाउँमा रहेका कम्पनी तथा संस्थाका कर्मचारीहरुले भर्चुअल रुपमै बैठक तथा छलफल गर्न सक्छन् । अर्कोतर्फ ३६० डिग्री क्यामेराको मद्दतबाट भिआर कन्टेन्ट उत्पादन गर्न सकिन्छ । म्युजिक भिडियो निर्माता, ग्राफिक्स डिजाइनर तथा मनोरञ्जनको क्षेत्रमा भिआर कन्टेन्ट उत्पादन गर्न चाहनेका लागि भर्चुअल रियालिटी राम्रो विकल्प बन्न सक्छ ।

भर्चुअल रियालिटीका बेफाइदा
साँच्चै वास्तविक संसारलाई भर्चुअल वातावरणमा उतार्न धेरै मुस्किल तथा समय लाग्ने हुन्छ । भर्चुअल वातावारण बनाउन खर्चिलो पनि छ । साना कम्पनीहरुले ठूला भर्चुअल रियालिटी प्रोेजेक्टमा लगानी गर्न निकै गाह्रो छ । भर्चुअल रियालिटीले युजरहरुमा केही नकारात्मक असर पार्न पनि सक्छ । यस वातावरणमा हुने मोसन (चाल)ले गर्दा केही युजरहरुलाई साइबर–सिकनेस (साइबर रोग) लाग्न सक्छ । भर्चुअल रियालिटीमा धेरैजसो गेममा प्रयोगकर्ताहरु हराउने हुँदा उनीहरु बढी झर्किने तथा हिंस्रक बाटो अपनाउने बन्न सक्दछन् । साइबर दुव्र्यसनीको कारणबाट मनिसले वास्तविक संसारलाई बेवास्ता गर्ने सम्भावना पनि छ । अर्कोतर्फ पछिल्लो समय भर्चुअल रियालिटी पोर्नोग्राफी अर्थात् अश्लील सामग्रीतर्फसमेत प्रयोग हुन थालेकाले समाजमा उच्छृङ्खलता बढ्ने डर पनि देखिएको छ ।

नेपालमा उपलब्ध केही भिआर सेट
सामसुङ गियर भिआर हेडसेट
सामसुङले ग्यालेक्सी नोट सिरिज र एस ७ र एस ७ एजलाई लक्षित गरेर गियर भिआर ल्याएको छ । सामसुङले भर्चुअल कन्टेन्ट उत्पादन गर्ने प्रमुख कम्पनी ओकलससँग सहकार्य गरेकाले गियर भिआरमा ओकलसले विकास गरेका सबै कन्टेन्टको प्रयोग गर्न सकिन्छ । गियर भिअरका साथ ३६० डिग्री क्यामेराको प्रयोगबाट आफै भिआर कन्टेन्सहरुको उत्पादन गर्न सकिन्छ । ओकलसले निर्माण गरेका लेटेस्ट गेम तथा कन्टेन्टमा सामसुङको आफ्नै एप्लिकेशनमा उपलब्ध उपलब्ध छन् । यस भिआर हेडसेटमा सुपर एमोलेड डिस्प्ले, हेड ट्र्याकिङ, सजिलो र ठूलो टचप्याड, एक्सेलोरोमिटर, गाइरो सेन्सर, प्रोक्सिमिटी सेन्सरलगायतका फिचर रहेका छन् । यसको बजारमूल्य रु. १३ हजार ९ सय तोकिएको छ । धेरै र लेटेस्ट भिआर कन्टेन्टहरुको आनन्द लिन चाहनेका लागि सामसुङ गियर भिआर हेडसेट उपयुक्त रोजाइ हो । यसका साथै समसुङको ३६० डिग्री क्यामेराबाट भिआर कन्टेन्ट आफै निर्माण गर्न सकिने छ ।

सिजी भिआर साइनकोन
चौधरी ग्रुपले आफैले निर्माण गरेको भिआर साइकोन नामक भिआर हेडसेटको नेपाली बजारमा ल्याएको छ । थ्रिडी गेमिङ तथा भिआर कन्टेन्टको अनुभव गर्नका लागि ब्लुटुथ जोएस्टिकसहित र ब्यलुटथ जोएस्टिकविनाका भिआर सेटहरु ल्याएको छ । ब्लुटुथ जोएस्टिकसहितको भिआर सेटचाहिँ गेमिङका लागि लक्षित गरिएको छ । चौधरी ग्रुपले जोएस्टिकसहितको भिआर हेडसेटको बजारमूल्य रु. १५ सय र जोएस्टिकविनाको हेडसेटलाई रु. १९ सय ५० राखेको छ ।

यीसँगै साओमी, भिआर, रेम्याक्सलगायतका र अन्य चाइनिज सेटहरु पनि नेपालको अनलाइन शपिङ साइटहरुमा किन्न सकिन्छ । रु. ८ सयदेखि नै बजारमा यस्ता ननब्राण्डेड भिआर सेटहरु खरिद गर्न सकिन्छ । विश्वबजारमा आएका नयाँ प्रविधिहरुलाई बुझ्ने र त्यसको सदुपयोग गर्न सकेमा हाम्रो जीवनशैलीदेखि कामकाजमा सहज पक्कै हुनेछ ।
भर्चुअल रियालिटीको बजार अहिले विश्वस्तरमा बढ्दो छ । हाल ७० करोड अमेरिकी डलरबराबरको बजार हिस्सा भिआर सेटहरूले लिएको अनुमान गरिन्छ । डिजी क्यापिटलका अनुसार सन् २०२० सम्ममा भर्चुअल रियालिटी र अग्मेन्टेड रियालिटी उद्योग १५ खर्ब अमेरिकी डलरबराबरको हुने अनुमान गरेको छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...