तपाई घरमा शुख शान्ति, सम्बृधी , धन, मान आदी चाहानुहुन्छ भने यी नियम पालना गर्नुहोस ! बास्तु शास्त्रका अनुसार घरमा केही कुरामा ध्यान दिने हो भने हरेक समय सुख शान्ति प्राप्त हुन सक्छ । किन भने घरमा रहेका हरेक बस्तुले सकारात्मक र नाकारात्मक उर्जा बनाइरहेका हुन्छन् । घरमा नकारात्मकलाई निषेध गरेर सकारात्मक उर्जा जम्मा हुन दिएमा घरमा सुख शान्ति हुने बास्तु शास्त्रको दावी छ ।
यी ८ कुरामा ध्यान दिुनुस् घरमा सँधै सुख शान्ति हुन्छः
१. घरको छतमा पानी ट्याङ्की राख्ने चलन सबैतिर हुन्छ । तर यस्तो ट्याङ्की छतको दक्षिण-पश्चिम दिशामा हुनु पर्ने बास्तुबिदको भनाइ छ । अन्य दिशामा भएको पानी ट्याङ्की अशुभ मानिन्छ ।
२. घरको उत्तर दिशामा धातुका सिक्काले भरिएको कचौरा राख्दा शनिको प्रभावले घरुमा सुख शान्ति हुने मानिन्छ । उत्तर-दक्षिण दिशा घरको स्वामिको दिशा मानिन्छ ।
३. भान्सामा आगो र पानीकोबिचमा केही दुरी हुन जरुरी छ । अग्नि तत्व पानी तत्व आपसमा विरोधी मानिन्छन् । यसैले एक अर्काबाट टाढा राखिएमा सकारात्मक उर्जा पैदा हुन्छ ।
३. भान्सामा आगो र पानीकोबिचमा केही दुरी हुन जरुरी छ । अग्नि तत्व पानी तत्व आपसमा विरोधी मानिन्छन् । यसैले एक अर्काबाट टाढा राखिएमा सकारात्मक उर्जा पैदा हुन्छ ।
४. घरमा सर-सफाइ गर्दा पानीमा थोरै नुन मिसाएर गर्नुस् । यसो गर्दा घरमा सकारात्मक उर्जा जम्मा हुन्छ ।
५. घरमा परिवारको तस्विर राख्दा दक्षिण-पश्चिम दिशामा राख्नु शुभ मानिन्छ । यो दिशामा परिवारका सबै सदस्य भएको तस्विर राख्दा घरमा प्रेम बढ्छ ।
६. घरमा कोठाको ढोकातिर पर्ने गरी खुट्टा राखेर सुत्नु हुँदैन । यो बास्तु नियम विपरित मानिन्छ ।
७. घरको सरसफाइमा विशेष ध्यान दिनु पर्छ । घरमा फोहोर जम्मा हुँदा त्यसले नकारात्मक उर्जा पैदा गर्छ ।
८. घरमा रहेको पुजा स्थल वा मन्दिरमा नियमितरुपमा देवी देवताको तस्विर वा मुर्तिमा पुजा गर्नुस् यसले वास्तु दोष नष्ट गरिदिन्छ र सकारात्मक उर्जा पैदा गर्छ ।
जुम्ला, माघ १५ – जुम्लाको सदरमुकाम खलंगामा हिजोआज तापक्रम माइनसमा छ । बिहान अबेलासम्म मानिसहरु सुतिरहेका हुन्छन् । तर खेलाडी दिपेन्द्र बम निलो ट्याकसुट र झोला भिरेर राजासिम तिर हानिन्छन् ।
दिपेन्द्र बम जस्तै झिसमिसेमा एकै प्रकारका पोशाक लगाएका २४ खेलाडी राजसिम तिर माइनस डिग्री तापक्रममा म्याराथुन दौडको अभ्यास गर्ने चटारोमा रहन्छन् । उनीहरुको अस्थायी रुपमा आफैले बनाएको मैदानमा माइनस डिग्रीमा म्याराथुन अभ्यास गर्ने दैनिकी हो । शुक्रबार जुम्लामा भारी हिमपात भयो । हिमपात भएपनि म्याराथुन अभ्यास रोकिएन ।
जुम्लाका म्याराथुन धावक गिनिज वल्र्ड रेकडर हरिबहादुर रोकायाले अहिले वर्षौदेखि म्याराथुन दौडका खेलाडीलाई अभ्यास गराउँदै आउनु भएको छ । अहिले उहाँले २४ खेलाडीलाई जुम्लामा नै म्याराथुन अभ्यास गराई रहनु भएको छ । उहाँ निकै चिसो र निकै गर्मी कुनै पनि समयमा म्याराथुन प्रशिक्षण गरिरहनु भएको हुन्छ ।
समृद्धिलाई फराकिलो आँखाले हेर्नुपर्छजस्तो लाग्छ । समृद्धि भन्नेवित्तिकै हाम्रो मन र आँखामा टड्कारो आउने आम्दानीको कुरा हो । तर, त्यो आम्दानी कहाँबाट आउँछ भन्ने कुरा पनि हामीले ख्याल गर्नुपर्छ । आम्दानीका साथै शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सम्बन्ध पनि हेर्नुपर्छ ।
दरिलो सामाजिक सम्बन्धमा मान्छे हुर्किन पायो भने, जीवनकालमा पछिसम्म पनि सामाजिक सम्बन्धहरु राम्रो राख्न सकियो भने त्यसले समृद्धिको ढोका खोल्छ । सम्बन्धहरु कुनै गाढा र कुनै पातला हुन्छन्, ती दुईखाले मिश्रण भएको सम्बन्ध आवश्यक हुन्छ जस्तो लाग्छ ।
ज्यादै गाढा सम्बन्धले पनि मान्छेलाई कुण्ठित तुल्याउँछ । बाबु-आमाले माया गर्छन् भनिन्छ, तर कतिपयलाई बाउ-आमाले ट्याप्पै समातेर राख्छन् । केही रुपमा त्यो खाले सम्बन्ध पनि चाहिन सक्छ । तर, त्यसबाहेक खुला खालको सम्बन्ध, साथीभाइ र समुदायसँगको सम्बन्ध पनि चाहिन्छ ।
स्वतन्त्र हुन सक्ने, स्वतन्त्र ढंगले आफ्नो मत राख्न सक्ने, राम्रो शिक्षा, स्वास्थ्यका साथै उँच-निच तथा भेदभाव न्यून भएको (हुँदै नभएको हामी कल्पना गर्न सक्दैनौं) अवस्थाले समृद्धिको वातावरण तयार पार्छ । लोकतन्त्रको उदय भएपछि र पूँजीवादी पद्धतिको गुण के हो भने जन्मिँदै हुने असमानताहरु, चाहे त्यो जातीय असमानता हुन्, महिला-पुरुषको असमानता हुन्, यसलाई न्यूनीकरण गर्ने अहिले ठ्याक्क बेला छ जस्तो लाग्छ मलाई । हामीले अगाडि सार्नुपर्ने सम्पन्नताको इमेज यो हो ।
समृद्धिका बारेमा हामी हाम्रा दुईवटा ऐतिहासिक पृष्ठभूमिको चर्चा गर्न सक्छौं, जुनबेलामा दक्षिण एसिया -भन्न मिल्छ भने चीनसहितको दक्षिण एसिया) समृद्ध भएको देखिन्छ । एउटा धेरै अगाडि बुद्धकालीन कालखण्डको दक्षिण एसियाली भूभाग । अर्को कालखण्ड हो, सन् १२ सयदेखि पाँच सय वर्षसम्मको अवधि ।
म दोस्रो कालखण्डका बारेमा धेर चर्चा गर्दैछु ।
तर, हामीले ती ऐतिहासिक कालखण्डहरु, जुनबेला नेपालसहितको सिंगो क्षेत्र समृद्ध थियो, त्यो थाहा पायौं भने हामीले गर्ने समृद्धिको कल्पना पनि अलि राम्रो हुन सक्छ ।त्यो अवधिमा यो पूरै क्षेत्र सम्पन्न थियो, संसारको सबभन्दा विकसित क्षेत्रमै थियो सायद । यो कुरा पनि विचार गर्नु महत्वपूर्ण छ । किनकि हामी यसरी हुर्केका छौं, हामीलाई नेपाल सधैं गरिब नै थियो जस्तो लाग्छ । त्यसबाट हामीलाई अब पछि पनि यस्तै हुन्छ भन्ने हाम्रो मानसिकता बन्छ । त्यसबाट मुक्ति पाउने हामीलाई कल्पना गर्नसमेत गाह्रो छ ।
त्योबेला भारतमा मुगल साम्राज्यको बेला थियो । मुगल साम्राज्य सुरुदेखि उत्कर्षसम्म पुगेको बेला थियो । चीनमा सङ र मेङको समय थियो, जुन बेलामा चीनको सबभन्दा स्वर्ण युग भनिन्छ ।
नेपालमा त्यहीबेला हो, खस साम्राज्यको बेला, मल्ल राज्यको बेला, सेन राज्यको बेला, जुन सायद नेपालको सबभन्दा समृद्ध समय थियो । त्यतिबेला काठमाडौं उपत्यका त संसारको सम्पन्न ठाउँमध्येको थियो । त्यसकारण हामी सबैले त्यो बारम्बार सम्भिmराख्नुपर्छ, खास गरेर नेपालका राजनीतिज्ञहरुले सम्भिmराख्नुपर्छ जस्तो लाग्छ । त्यसबाट ऊर्जा लिनुपर्छ ।
विगतलाई विश्लेषण गर्ने, त्यसमा पनि राम्रा कुरालाई विश्लेषण गर्ने, त्यसबाट पाठ सिक्ने र वर्तमानलाई विश्लेषण गर्ने र भविश्यलाई ‘रि-इम्याजिनेसन’ गर्ने त्यो सबै कुरा हामीले इतिहासले दिएको छ । यो तीन सय वर्ष मात्र रह्यो । सन् १७ सयपछि यो क्षेत्र ओरालो लाग्यो । सन् १६ सयमा संसारमा जति वस्तु र सेवा उत्पादन हुन्थे, त्यसको ५५ प्रतिशत यही क्षेत्रबाट हुन्थे । ५५ प्रतिशत कुल गार्हस्थ उत्पादन यो क्षेत्रको रहन्थ्यो । त्यो दोहोर्याउँदै सम्भिmन लायक छ । त्यसले हामीलाई त्यस्तो फेरि हुन सक्छ, हामी फेरि त्यही हाराहारीमा पुग्न नसके पनि उल्लेख्य उपलब्धि हासिल गर्न सक्छौं भनेर ढाडस दिन्छ ।
के कारणले ओरालो लाग्यो ?
समृद्धिको एउटा चक्र छ । त्यो समृद्धिको कोर एरियाहरु कहिले विश्वको कुनै ठाउँमा त कहिले कुनै ठाउँमा घुमिराखेको छ । सन् १७ सय पछाडि हाम्रो क्षेत्रमा बेलायतको उपनिवेश हावी भएको बेला भयो । त्यो उपनिवेशको अन्तर्गत यो क्षेत्र ज्यादै कमजोर भयो, उद्योगहरु खस्किए । यहाँ ठूलो हदको औद्योगिकरण थियो । भारत र चीनका शहरहरु संसारका सबभन्दा धेरै जनसंख्या भएका शहरहरु थिए । त्यत्रो जनसंख्या कहीँ थिएन संसारमा । तर, त्यसपछि औद्योगिकरण सुस्तायो, बेरोजगारी सिर्जना हुन थाल्यो । क्रमशः ओरालो लाग्यो । त्यो बेलामा चीन, नेपाल र भारतमा पनि ठूलो राजनीतिक उथलपुथल पनि भएको थियो, सायद अन्य एसियाली मुलुकहरुमा पनि ।
उथलपुथलकारी बेला (यसलाई एकथरीले सिर्जनशील विनाश पनि भन्छन्) र विशाल आर्थिक सम्पन्नताको बेला थियो । अनि क्रमशः पूँजीवादी विकासको केन्द्र यताबाट उता (पश्चिममा) सर्यो । अब यतिका तीन चार सय वर्षपछि यो सम्भावना फेरि देखिएको छ, नयाँ युगमा हामी पदार्पण गर्दै छौं । सन् १६ सयदेखि १७ सयसम्म हराएको समृद्धि यो क्षेत्रमा फर्किने सम्भावना अहिले टड्कारो देखिएको छ । भारत र चीनको समृद्धिका फिगरहरु हामीलाई थाहा छँदैछ ।
समृद्धि सजिलो कुरा त छैन । अघि मैले केही वातावरण बन्दैछ, विश्वको ऐतिहासिक परिस्थिति अहिले कस्तो बन्दै छ भनेर भारत र चीनको कुरा गरेको हुँ । त्यसले धेरै कुरा खोले पनि सबै सम्भावना खोल्दैन । हामीले आफैंले गर्ने कुरा हो । गरेर मात्र हुने कुरा हैन, हामीले बुद्धि पुर्याएनौं भने राजनीतिक उथलपुथलकारी बेला पनि हो । त्यहाँ भएको विकासले हामीकहाँ राजनीतिक उथलपुथल र सैन्य उथलपुथल पनि ल्याउँछ ।
भारत र चीनसँग नेपालको तुलना
भारत र चीनको विकास तीव्र हुँदै जाने हो भने र हामीले त्यो वृद्धिसँग प्रतिस्पर्धा गर्न नसक्ने हो भने ठूला संकटहरु आउन सक्ने सम्भावना छ । अहिले नै त्यसका सूचकहरु १०-१५ वर्षयता देखिएको छ भन्ठान्छु म । त्यो चाहिँ पछि बढ्दै जान्छ ।
गरिबीको चापमा नेपाल लामो समय रह्यो । त्यसबाट उम्किन थालेको चीन करिब १९७८ देखि र भारत १९९० देखि हो । १९९० ताका हाम्रो पनि आर्थिक वृद्धिदर सारै कम थिएन । अहिले पनि भारत र चीनभन्दा हाम्रो वृद्धि दर त धेरै पछाडि नै छ, तर विश्वको तुलनामा ३-४ प्रतिशतको वृद्धि सारै थोरै हैन ।
भारत र चीनसँग तुलना गर्ने हो भने चाहिँ सारै थोरै हो । त्यसकारण हामीलाई त छिमेकमा बाँच्नु छ, छिमेकमा बाँच्नलाई त्यहीखालको वृद्धि दर हासिल नगर्दा ठूलो घाटा पर्ने सम्भावना छ । त्यो घाटा आर्थिक मात्र हैन, अरुखालका घाटाहरु पनि, राजनैतिक घाटा, सामरिक घाटाहरु पनि हुन सक्छन् भन्ठान्छु म ।
आशाको किरण
तर, सबै कुरा अँध्यारो छ जस्तो पनि लाग्दैन । म बारम्बार भनिरहन्छु, सन् १९८० देखि २०१० सम्मको शिक्षा र स्वास्थ्यको विस्तार संसारका मूल वर्गमा विभाजन गर्दा सबैभन्दा अगाडि नेपाल थियो । त्योचाहिँ २०१० को युएनडीपीको मानव विकाससम्बन्धी रिपोर्ट हेर्यो भने देखिन्छ । शिक्षा र स्वास्थ्यको विस्तार सबैभन्दा अगाडि थियो ।
हामी भन्छौं, स्वास्थ्यको यस्तो समस्या छ । पक्कै छ, धेरै समस्या छ । शिक्षामा समस्या भनेको शैक्षिक गुणस्तर घटेको छ । पहुँच बढे पनि गुणस्तर घटेको छ । यो चिन्ताजनक कुरा हो । तर, संसारका कुनै पनि मुलुकको तुलनामा नेपाल अगाडि रह्यो । ३० वर्ष अगाडि रहनु भनेको सानो कुरा होइन ।
हामी भन्छौं, स्वास्थ्यको यस्तो समस्या छ । पक्कै छ, धेरै समस्या छ । शिक्षामा समस्या भनेको शैक्षिक गुणस्तर घटेको छ । पहुँच बढे पनि गुणस्तर घटेको छ । यो चिन्ताजनक कुरा हो । तर, संसारका कुनै पनि मुलुकको तुलनामा नेपाल अगाडि रह्यो । ३० वर्ष अगाडि रहनु भनेको सानो कुरा होइन ।
हामी विगतको २० वर्षलाई हेरौं, आम्दानी बढेको छ । चीन र भारतको जस्तो नबढे पनि बढेको छ । गएको १० वर्षमा असमानता केही घटेको छ । कसै-कसैले भन्छन् असमानता बढेको छ, त्यो कुरा सत्य हैन । आम्दानीको असमानता र उपभोगको असमानता घटेको छ । त्यो हुनुको के कारण हो भने, श्रमले भाउ पायो । काम नपाउने मान्छेले काम पाए, युवाहरु विदेशमा पुगे ।
नेपालमै पनि मजदुरीको दर गएको १५ वर्षमा दोब्बरभन्दा बढी भएको छ । आम्दानीको वृद्धि, भलै अर्को मुलुकमा गएर बढेको होस्, सबै नराम्रो पनि छैन । मलाई सबै मान्छेले नेपालमै काम गर्नुपर्छ जस्तो पनि लाग्दैन ।
शिक्षा र स्वास्थ्य बाहेक नेपालको सकारात्मक कुरा गर्दा असमानता त छ । जस्तै- कसले कति जमिन राख्छ भन्नेमा । कसैको धेरै छ, कसैको थोरै छ । तर, धेरैको छ । अरु धेरै मुलुकमा यतिका धेरै जनसंख्याको आफ्नै जग्गा-जमिनमाथि स्वामित्व हुँदैन । नेपाल कृषिबाट धेरै आम्दानी गर्ने मुलुकहरुमा पनि पर्छ । छरिएको रिसोर्स (भूमि) हुनु अत्यन्त महत्वपूर्ण छ ।
हामीकहाँ श्रम मुख्य दुई किसिमको छ, एउटा आफ्नो परिवारको खेतबारीमा आफैं काम गर्ने हो, दोस्रो चाहिँ ज्यालादारी हो । भन्नाले आश्रति श्रम हामीकहाँ केही देशभन्दा थोरै छ । अर्को किसिमले भन्दा श्रम स्वतन्त्र पनि छ । श्रम स्वतन्त्र हुनु, रिसोर्सेज छरिएको हुनु, शिक्षा-स्वास्थ्य विस्तारित हुनु उल्लेख्य कुरा हुन् ।
अझ मेरो उमेरको मान्छेले त अदभूत देख्छ । मैले स्कूल पढ्दा नेपालीहरुको औसत आयु ३५ वर्ष छ भनिन्थ्यो, अहिले ७० वर्ष पुगेको छ । त्यो हेर्दा प्रगति नभएको भन्ने स्थिति पनि छैन ।
केही यस्ता सकारात्मक फिचर छन्, चीन र भारत जसरी विकसित भइरहे अनुसार नेपाल पनि त्यसरी विकसित हुन सक्ने सम्भावना देखाउँछ । हुन्छ भन्ने त छैन, तर सम्भावनाचाहिँ खुलाउँछ ।
हाम्रो कमजोरी र दलीयकरणको असर
शिक्षा र स्वास्थ्य बाहेक अरु क्षेत्रमा हामीले प्रगति गर्न सकेका छैनौं । हामीले रोजगारी वृद्धि गर्न नसकेको हो । त्यसकारण गरिबी दर करिब २७/२८ प्रतिशत देखिन्छ । गरिबी व्यापक हुनुको कारण हामीले रोजगारी वृद्धि गर्न नसक्नु नै हो ।
रोजगारी सिर्जना गर्न नसक्नुका पछाडि दुई-तीनवटा कारण छन् । एउटा, हाम्रो सरकारले के खालको अर्थतन्त्र सञ्चालन गर्ने हो, त्यो बारेमा राम्रोसँग अठोट नै गर्न सकेको छैन । त्यसको एउटा मापक अहिले पनि ‘समाजवादउन्मुख अर्थतन्त्र’ भनिएको छ ।
मैले बुझ्दा समाजवादका तीनवटा प्रकार हुन्छन् । तीनवटै प्रकारमा नेपालको संविधानमा लेखिएको समाजवाद मेल खाँदैन । त्यसकारण के खालको अर्थतन्त्र सञ्चालन गर्न खोजेको हो, निजी क्षेत्रको लगानीलाई खुलाउन खोजेको हो कि हैन, केही पनि स्पष्ट छैन ।
अहिले नेपालको अर्थतन्त्र मूलतः पुँजीवादी किसिमले चलेको छ, विकृति पुँजीवादी किसिमले पनि चलेको छ । तर, नेपालका दुईवटा मुख्य कम्युनिष्ट पार्टीहरु पुँजीवादी विकासका लागि तयार छैनन् । त्यो पुँजीवाद भन्ने कुरा ती पार्टीलाई पाप गर्नुजस्तो लाग्छ । किनकि कम्युनिष्ट पार्टी पुँजीवादी हुन सक्दैन भन्ने छ । त्यसकारण बडो विचित्रको स्थिति छ । अर्थतन्त्रलाई कसरी बुझ्ने, कसरी सञ्चालन गर्ने भन्नेमा ठूलो एउटा खाडल छ जस्तो लाग्छ ।
धेरै कुरा राजनीतिक दलहरुको व्यवहारले असर पारेको छ । मूल अर्थतन्त्रको स्वरुप के हो भन्ने बारेमा दलहरुले अंगीकार गरेको दृष्टिकोणले पनि यस्तो भएको हो । त्यो दृष्टिकोण प्रष्ट नहुँदा र प्रष्फुटित रुप दिन नसक्दा गोलचक्करमा परेजस्तो देखिन्छ ।
दलीयकरण र कार्टेलिङको कुरा हामी बेलाबेलामा गर्छौं, त्यसले समाजलाई निकास दिनबाट धेरै रोकेको छ भन्ने मलाई लाग्छ । वास्तवमा नेपालमा प्रतिस्पर्धात्मक बहुदलीय प्रणाली भने पनि दुई वा तीनथरि मिल्ने र भागबण्डा गर्ने खालको बहुदलीय व्यवस्था जस्तो भयो ।
त्यस कारणले एक किसिमले हेर्दा कहिलेकाहीँ बहुदलीय पनि हो कि हैन भन्नुपर्ने र शंका गर्नुपर्ने देखिन्छ । किनकि बहुदलीय हुनुको एउटा मर्म त एउटा पार्टीले नराम्रो गर्दा अर्को पार्टीले बोल्छ भन्ने हो । तर, तीनथरि मिलेरै नराम्रो गर्न थालेपछि बोल्ने कसले ? त्यो स्थिति पनि बेलाबेलामा देखा परेको छ ।
राजनीतिक दलका नेता र तीनका कार्यकर्ता एउटा वर्ग र त्यसबाहेक आम मान्छेको अर्को वर्ग हुँदा त्यसको असर माथिदेखि तलसम्म परेको देखिन्छ । खास गरेर स्रोतहरुको वितरणमा पार्टी लाइनबाट जाँदा यस्तो हुन्छ, जस्तो- स्थानीय निकायको कुरा गरौं ।
चुनाव नभएको यत्रो वर्ष भयो, त्यसले के असर गरेको छ ? त्यसले फेरि पनि बाँडीचुँडी खाने पद्दतिलाई प्रश्रय दिएको छ । बाँडीचुँडी खाने कसले हो ? जागिर खाने कसले हो ? विश्वविद्यालयमा अन्तर्वार्ता लिएर काम दिने मान्छेहरु दलीय लिस्ट बोकेर बस्छन् भन्ने सुनिन्छ । पहिला नै बोकेर आएका हुन्छन् । त्यस कारण यो तलदेखि माथिसम्म नीतिगत कुरामै छ । जस्तो-हामी बैंकरहरुको नीतिको कुरामा पनि देख्छौं । कसको फाइदाका लागि त्यो भयो ? निजी स्कूलहरुको कुरा गरौं, अहिले डा. गोविन्द केसीको आन्दोलनको विरुद्धमा विभिन्न स्टेपहरु नीतिगत तहमै मिलेमतो गरेर भागबण्डा गर्ने र तल्लो तहसम्म हाकिमहरुसँगको कार्टेलिङ, स्थानीय राजनीतिक पार्टीका रुपहरु अनि हाकिम चलाउने कम्पनी लगायतको साँठगाँठले अरु उपभोक्ताहरु मात्र प्रभावित छैनन्, कतिपय अवस्थामा लगानीकर्तालाई पनि लगानी गर्नबाट रोकेको छ ।
छिमेकी देशको प्रगतिसँगै नेपालमा एकदम उथलपुथल आउँदैछ
दुई छिमेकी देशको तीव्र विकासको अघि मैले कुरा गरेँ । देशको आर्थिक र सामरिक विकासबाट नेपालमा जोखिम पनि एकदम बढ्छ, अघि मैले उथलपुथलको कुरा पनि गरेँ । सँगै त्यसले सम्भावना पनि प्रशस्त खुलाएको छ । किनकि संसारभरि विकास र सम्पन्नता हुने क्षेत्रीय तहमा हो, एउटा-एटा देशको तहमा हैन ।
इतिहास पढ्यो, क्षेत्र-क्षेत्रले विकास गरेको देखिन्छ, कुनै एउटा सिंगो मुलुकले मात्र हैन । त्यसकारण छिमेकी मुलुकहरुको आर्थिक विकासले नेपालको विकासमा पनि सम्भावना धेरै खोलेको छ । हामीले अहिल्यै छिटो-छिटो गरिहाल्नुपर्ने कुरा चाहिँ यी देशहरुसँग कसरी इन्टेग्रेट भन्ने नै हो । यी देशहरुसँग आर्थिक रुपमा कसरी समन्वय गर्ने भन्ने चुनौतीले धेरै सम्भावना पनि खोल्छ ।
राजनीतिक रुपले देश पृथक छ, तर क्षेत्रीय पुँजीवादभित्रको पृथकता हो त्यो । त्यहाँभित्र हामी एकै ठाउँमा छौं । त्यस कारण ती मुलुकहरुमा चाहिने कुरा उत्पादन गर्ने, त्यहाँको उपभोक्तालाई चाहिने कुरा यहाँ बोलाएर दिने, यी कुरामा ती देशको अर्थतन्त्र र हाम्रो अर्थतन्त्र हामीले चाहे पनि, नचाहे पनि जोडिन्छ । यो सामान्य अवस्था हैन ।
नेपालको इतिहासमा हामी यस्तो विन्दुमा आइपुगेका छौं, एकदम उथलपुथलकारी समय आउँदैछ । हामीले कल्पना नगरेको उथलपुथलकारी हुन्छ भन्ने मलाई लाग्छ । इतिहासले त्यो कुरा इंगित गर्छ ।
त्यस कारणले त्यो कुरा मनन गरेर, त्यसको मर्म बुझेर हाम्रो आउँदो २०, ५०, १०० वर्षसम्मको कोर्ष तयार गर्नुपर्छ जस्तो लाग्छ ।
मैले फेरि पनि जोड दिएर भन्ने कुरा, हाम्रा नेताहरुले अघि मैले उल्लेख गरेको इतिहास पढून् । त्यसबाट ऊर्जा र जाँगर झिकून् । त्यसले धेरै ठूलो आड दिन्छजस्तो लाग्छ ।
सन्तान प्राप्तिबारे भारतको एक पत्रिकाले केहि धार्मिक विश्वास सँग जोडिएको प्रसंग प्रकाशन गरेको छ । भारतीय पत्रिका मंगलमले छोरा जन्माउनका लागि धार्मिक आस्थासँग जोडिएको केही तरिका बारे जानकारी गराएको हो ।
छोरा जन्माउनका लागि लेखमा महिलालाई ६ तरिकाबारे जानकारी दिएको छ जसलाई अपनाएर छोरा जन्मिने बताइएको छ ।
स्वास्थ्य सम्बन्धि जानकारी दिने पत्रिकाको अनुसार यदि महिलाले धेरै खाना खान्छिन् र पश्चिमतर्फ मुख फर्र्काएर सुत्छिन् भने उनी छोरा जन्माउन सक्षम हुन्छिन् ।
यस्तै, महिलाले हप्तामा कुन दिन सम्भोग गर्दा छोरा हुन्छ भन्ने विषयमा पनि सल्लाह दिएको छ र यदि कसैले छोरा जन्माउन चाहेमा ती महिलाले कहिले पनि बिहानको नास्ता छोड्न नहुने पनि उक्त पत्रिकाले बताएको छ ।
लेखका अनुसार हप्ताको केही विशेष दिन शुक्राणु निकै सक्रिय हुन्छ जसका कारण छोरा जन्मिने सम्भावना बढ्छ । पुरुषले अमिलो खानेकुराहरु खान छोडेर शुक्राणुलाई बलियो बनाउन सक्ने सल्लाह पत्रिकाले दिएको छ ।
महिलाको अधिकारको विषयमा आवाज उठाउने ‘द लेडिज फिंगर’ ले यो लेखको अनुवाद प्रकाशित गरेको छ ।
पत्रिकाले व्यंगात्मक शैलीमा टिप्पणी गरेको छ, ‘लिंग परिक्षणविरुद्ध बनेको सबै कानूनका लागि यो ठूलो राहतको कुरा हो । कमसेकम यो विषयमा एउटा चेकलिष्ट छ जसलाई छोरा जन्माउनका लागि अपनाउन सकिन्छ ।’
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तामाङ समुदायले नयाँ वर्षका रुपमा मनाउने सोनाम ल्होछार पर्वको अवसरमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको प्रशंसा गरेका छन् ।
सरकारको सफलताका लागि कुलमानले गरेको कामको प्रशंसा गर्दै प्रचण्डले भने, ‘म प्रधानमन्त्री बन्ने बित्तिकै उहाँ (कुलमान) लाई विद्युत प्राधिकरणको प्रमुख बनाएकोमा गर्व अनुभूति गरेको छु, उहाँले सरकारको इच्छा अनुसार देशमा लोडसेडिङको अन्त्य गर्ने अभियानलाई सफल बनाउनु भएको छ ।’
प्रचण्डले आफू प्रधानमन्त्री हुनु अगाडिबाटै कुलमानलाई जिम्मेवारी दिने विषयमा सोचिरहेको समेत खुलासा गरे । ‘म दोस्रो पटक प्रधामन्त्री भएको समयमा देशलाई लोडसेडिङ मुक्त बनाउन सरकार सफल भएको छ, यसका लागि इमान्दारिताका साथ काम गर्ने कुलमानलाई मैले दुई वर्ष अघिदेखि नै हेर्दै आएको थिएँ ।’
प्रधानमन्त्री प्रचण्डले देश बहुजाति, बहुसांस्कृति र विविधताले भरिएको भन्ने कुरा सबैलाई थाहा भएको बताउर्दै संघीय गणतान्त्रिक नेपालमा सबैले अधिकार पाउने विश्वास व्यक्त गरे।
‘पछिल्लो चरणमा पुरानो राज्यद्वारा उत्पीडनमा पारिएका जाति, समुदाय, वर्ग, लिंग सबैको पहिचान स्थपित गरेर संघीय गणतान्त्रिक नेपालमा आइपुगेका छौँ,’ प्रचण्डले भने, ‘तर, पनि अपेक्षा गरे अनुसारको अधिकार सबैले पाएका छैनन्, संविधान संशोधनका क्रममा तामाङ जातिको अधिकार राज्यका सबै तहमा स्थापित गर्ने विश्वास दिलाउन चाहन्छु ।’
प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति झल्कने तामाङ भवनका लागि सरकारले मन्त्रिपरिषदबाटै निर्णय गरेर आवश्यक रकम निकासा गर्ने आश्वासन समेत दिएका छन् । ‘तपाईंहरुले अपेक्षा गरेभन्दा राम्रो सहयोग सरकारले गर्ने कुरा घोषणा गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यो भवन तामाङ संस्कृति झल्कने गरी निर्माण हुनेछ ।’
प्युठानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बुधवार लामाचौरदेखि भिंगृतर्फ जाँदै गरेको रा १ त १३२२ नम्बरको ट्याक्टर गोठिवाङ-४ कागपतीखोला नजिकै दुर्घटना भएको हो।
दुर्घटनामा सहचालक गोठिवाङ-३ का ४२ वर्षीय मुक्तबहादुर बुढाथोकीको ज्यान गएको प्रहरीले जनाएको छ। बुढाथोकीको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा ज्यान गएको प्यूठानका प्रहरी प्रमुख डिएसपी रञ्जितसिंह राठौरले जानकारी गराए।
ट्याक्टर सडकबाट करिब ३५ मिटर तल खसेको उनले बताए। अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। गाडी चालक नयाँगाउँ-१ का २८ बर्षीय डम्बरबहादुर रामजाली प्रहरीको नियन्त्रणमा छन्।
१२ माघ, काठमाडौं । हाथवे इन्भेष्टमेन्ट सम्बद्ध समूहले समस्याग्रस्त अरुण फाइनान्स खरिद गरेको छ । नेपाल राष्ट्र बैंकका बुधबार बसेको सञ्चालक समितिको बैठकले अरुण फाइनान्स किन्न सो समूहलाई स्वीकृति दिएको छ । यससंगै कम्पनी समस्याग्रस्त घोषणाबाट फुकुवा भएको छ । तर, राष्ट्र बैंकबाट यसको औपचारिक घोषणा हुँन बाँकी छ । केही दिनमा यसको औपचारिक जानकारी आउँने राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता नारायण पौडेलले भने ।
समूहले अरुणको ९ लाख कित्ता संस्थापक सेयरमध्ये ९९ प्रतिशतबढि सेयर खरिद गरेको हो । दुई हप्ताभित्र नयाँ व्यवस्थापनले नयाँ तरिकाले कम्पनीको कारोबार सुरु गर्ने भएको छ । फाइनान्समा संस्थागत सुशासनको अवस्था कमजोर भएपछि राष्ट्र बैंकले ०७१ माघ १२ गते समस्याग्रस्त घोषणा गरेको थियो । बैंकको खराब कर्जा ९८ प्रतिशत छ ।
मस्को, १२ माघ - अमेरिकासँग वर्तमानमा चिसिएर रहिरहेको दौंत्य सम्बन्ध राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सुरु भए सँगसँगै शीघ्र सुधार हुनेमा रुस ढुक्क भएको रुसी विदेश मन्त्री सर्गेइ लाभरोभले बताएका छन् ।
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्प विजयी हुनासाथ उच्चस्तरीय रुसी नेता, अधिकारी तथा आम जनताहरुले अपार हर्ष प्रकट गरेकामा अमेरिकासँगको सम्बन्धमा अपेक्षित सुधार आई सो हर्ष अब यथार्थमा परिणत हुने पनि रुसी विदेश मन्त्री सर्गेइले बताए ।
आज रुसी संसदलाई दिएको एक सम्बोधनको क्रममा उनले रुस र अमेरिकाबीच रहिआएको पुरानो र ऐतिहासिक सम्बन्ध पुनः नयाँ शिरा (न्यु रिसेट) बाट नवीकरण हुनेमा कुनै भ्रम, चिन्ता नरहेको, यस विषयमा कुनै पनि नकारात्मक सोच वा शङ्का राख्नै नपर्ने बताए ।
विदेश मन्त्री सर्गेइको विशेष शब्द न्यु रिसेटले रुस तथा अमेरिकाबीच रहँदै आएको सम्बन्धलाई एक नयाँ शिराबाट जीवन्तता प्रदान गर्न मार्ग प्रशस्त गर्ने विषयमा सन् २००९ मा तत्कालीन रुसी राष्ट्रपति डिमित्री मेद्भेदेभ तथा निवर्तमान अमेरिकी राष्ट्रपति बाराक ओबामाबीच भएको छलफलले पहिल्याएका तथ्यहरुलाई औँल्याएको छ ।
तर, उक्त छलफलले निष्कर्ष निकालेका तथ्यहरु विभिन्न कारणबस छोटो समय मै बिलिन भएर गई कार्यान्वयन हुन पाएनन् ।
रुसी विदेश मन्त्रीको भनाइमा रुसले अमेरिकासँगको सम्बन्ध सुधारको आधार सन् २००९ मा भएको सो छलफल तथा समझदारीलाई बनाउन खोजेको छ । तर, यस विषयमा राष्ट्रपति ट्रम्पले भने मुख खोल्नु भएको छैन ।
यसअघि, अमेरिका–रुस अन्तर्देशीय सम्बन्धमा व्यापक सुधार ल्याउने तथा रुसलाई अमेरिकाको निकटको मित्र मान्ने आफ्नो अभिलाषा रहेको भनी राष्ट्रपति ट्रम्प विजयी घोषित हुनु भएको केही दिन मै अभिव्यक्ति दिनु हुँदा मस्कोमा यस अभिव्यक्तिको ठूलो स्वागत गरिएको थियो ।
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्प विजयी हुनासाथ उच्चस्तरीय रुसी नेता, अधिकारी तथा आम जनताहरुले अपार हर्ष प्रकट गरेकामा अमेरिकासँगको सम्बन्धमा अपेक्षित सुधार आई सो हर्ष अब यथार्थमा परिणत हुने पनि रुसी विदेश मन्त्री सर्गेइले बताए ।
आज रुसी संसदलाई दिएको एक सम्बोधनको क्रममा उनले रुस र अमेरिकाबीच रहिआएको पुरानो र ऐतिहासिक सम्बन्ध पुनः नयाँ शिरा (न्यु रिसेट) बाट नवीकरण हुनेमा कुनै भ्रम, चिन्ता नरहेको, यस विषयमा कुनै पनि नकारात्मक सोच वा शङ्का राख्नै नपर्ने बताए ।
विदेश मन्त्री सर्गेइको विशेष शब्द न्यु रिसेटले रुस तथा अमेरिकाबीच रहँदै आएको सम्बन्धलाई एक नयाँ शिराबाट जीवन्तता प्रदान गर्न मार्ग प्रशस्त गर्ने विषयमा सन् २००९ मा तत्कालीन रुसी राष्ट्रपति डिमित्री मेद्भेदेभ तथा निवर्तमान अमेरिकी राष्ट्रपति बाराक ओबामाबीच भएको छलफलले पहिल्याएका तथ्यहरुलाई औँल्याएको छ ।
तर, उक्त छलफलले निष्कर्ष निकालेका तथ्यहरु विभिन्न कारणबस छोटो समय मै बिलिन भएर गई कार्यान्वयन हुन पाएनन् ।
रुसी विदेश मन्त्रीको भनाइमा रुसले अमेरिकासँगको सम्बन्ध सुधारको आधार सन् २००९ मा भएको सो छलफल तथा समझदारीलाई बनाउन खोजेको छ । तर, यस विषयमा राष्ट्रपति ट्रम्पले भने मुख खोल्नु भएको छैन ।
यसअघि, अमेरिका–रुस अन्तर्देशीय सम्बन्धमा व्यापक सुधार ल्याउने तथा रुसलाई अमेरिकाको निकटको मित्र मान्ने आफ्नो अभिलाषा रहेको भनी राष्ट्रपति ट्रम्प विजयी घोषित हुनु भएको केही दिन मै अभिव्यक्ति दिनु हुँदा मस्कोमा यस अभिव्यक्तिको ठूलो स्वागत गरिएको थियो ।
काठमाडौं, १२ माघ । काठमाडौं उपत्यकामा अहिले मेलम्चीबाट ल्याउने खानेपानी वितरणका लागि पाइप बिछ्याउने कार्य भइरहेको छ । यसका लागि सडकमा खन्ने र पाइप बिछ्याउने कार्य भइरहेको छ ।
पाइप बिछ्याउन खनिएको खाल्डोमा सवारी साधनहरु फस्ने र खस्ने गरेका छन् ।
ठमेल–सामाखुसी सडक खण्डको गल्कोपाखामा पाइप बिछ्याउन खनिएको खाल्डोमा बुधबार कारहरु फसेका र झरेका छन् ।
स्वास्थ्य मन्त्रालय माताहतको मध्यपश्चिमाञ्चल स्वास्थ्य निर्देशनालय सुर्खेतले विभिन्न २४४ पदमा करार नियुक्ती गर्ने भएको छ ।निर्देशनालयले हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, ल्याव टेक्निसियन, अहेव, अनमी, ल्याव असिस्तेन्ट गरी २४४ पदमा करार सेवामा पदपूर्ति गर्ने भएको हो । निर्देशनालयले पन्ध्र दिन भित्र दरखास्त दिन सार्वजनिक सूचना जारी गरेको छ ।
भर्चुअल दुनियाँ यस्तो दुनियाँ हो, जहाँ पुग्नासाथ तपाईंले आफू रहेको वास्तविक भौतिक दुनियाँलाई चटक्कै भुलेर आफू बेग्लै संसारमा भएको अनुभूति गर्नुहुनेछ । भर्चुअल रियालिटीको दुनियाँ जसले वास्तविक दुनियाँका सबै बारहरुलाई नाघेर साइबरस्पेसमा मानिसलाई भुल्ने ठाउँ उपलब्ध गराउँछ । भर्चुअल रियालिटीले गर्दा थ्रिडी भवन (Three-dimensional building) मा हिँड्न, भर्चुअल काम गर्न, मल्टी–युजर गेम खेल्न, आर्टवर्क (उदाहरणका लागि इन्स्टलेशन)सँग अन्तरक्रिया गर्न सम्भव भएको छ ।
प्राविधिक भाषामा भन्नुपर्दा भर्चुअल रियालिटी कम्प्युटरले बनाउने थ्रिडी वातावरण हो । यस्तो वातावरणमा मानिस संलग्न हुन र अन्तरक्रिया गर्न सक्दछ । भर्चुअल रियालिटी अहिले मानिसको जीवनसँग जोडिएका विभिन्न क्षेत्रहरुमा प्रयोग हुन थालेको छ । यस्ता क्षेत्रहरुमा सैन्यबल, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, फेसन, बिजनेश, सम्पदा, खेल, मिडिया, दूरसञ्चार, निर्माण व्यवसाय, चलचित्र, प्रोग्रामिङ ल्याङ्ग्वेजलगायत रहेका छन् ।
भर्चुअल रियालिटीको आनन्द लिनका लागि विभिन्न कम्पनीहरुले भर्चुअल रियालिटी सेट अर्थात् छोटकरीमा भिआर हेडसेट (VR Headset) बनाएका छन् । यस्ता भिआर सेटहरुको प्रयोग गरेर भर्चुअल रियालिटीको दुनियाँमा मज्जा लिने गरिन्छ ।
नेपालमा भर्चुअल रियालिटी हेडसेट नयाँ प्रडक्टका रुपमा भित्रिन थालेको छ । नेपालमा सामसुङका गियर भिआरहरु उपलब्ध छन् । चौधरी ग्रुपले आफैले उत्पादन गरेको बजारमा भिआर साइनकोन नामक हेडसेट उपलब्ध गराएको छ । क्यामु डटकम, मुन्चा डटकम, हाम्रोबजार डटकम, सस्तोडिल डटकमलगायतका केही अनलाइन शपिङ साइटहरुमा पनि विभिन्न नाम दिइएर भर्चुअल रियालिटीको आनन्द दिने हेडसेटहरु उपलब्ध छन् ।
भर्चुअल रियालिटीका फाइदा
भर्चुअल रियालिटीका सबल पक्षहरुमा गेमिङ अनुभव, भर्चुअल प्रोटोटाइप, सैन्य तालिम, मेडिकल प्रशिक्षण, मानसिक थेरापी, अन्तरिक्षहरुलाई तालिम दिनेलगायतका कार्यमा व्यापक प्रयोग हुन थालेको छ । त्यसैगरी, बिजनेश क्षेत्रमा पनि भर्चुअल रियालिटीले सघाउ पु¥याएको छ । प्रयोगकर्ताहरुले भर्चुअल रियालिटीको माध्यमबाट नै सम्बन्धित प्रडक्टलाई टेस्ट गर्न सक्दछन् । यसरी प्रडक्ट उत्पादक कम्पनीहरुले समय र स्रोतको बचत गरेर फाइदा लिन सक्छ । भर्चुअल रियालिटीमा नमूनास्वरुप प्रडक्टको परीक्षण गर्दा कुनै समस्या आएको खण्डमा पनि अगाडि नै त्यसको समाधान गर्न सकिन्छ । विभिन्न ठाउँमा रहेका कम्पनी तथा संस्थाका कर्मचारीहरुले भर्चुअल रुपमै बैठक तथा छलफल गर्न सक्छन् । अर्कोतर्फ ३६० डिग्री क्यामेराको मद्दतबाट भिआर कन्टेन्ट उत्पादन गर्न सकिन्छ । म्युजिक भिडियो निर्माता, ग्राफिक्स डिजाइनर तथा मनोरञ्जनको क्षेत्रमा भिआर कन्टेन्ट उत्पादन गर्न चाहनेका लागि भर्चुअल रियालिटी राम्रो विकल्प बन्न सक्छ ।
भर्चुअल रियालिटीका सबल पक्षहरुमा गेमिङ अनुभव, भर्चुअल प्रोटोटाइप, सैन्य तालिम, मेडिकल प्रशिक्षण, मानसिक थेरापी, अन्तरिक्षहरुलाई तालिम दिनेलगायतका कार्यमा व्यापक प्रयोग हुन थालेको छ । त्यसैगरी, बिजनेश क्षेत्रमा पनि भर्चुअल रियालिटीले सघाउ पु¥याएको छ । प्रयोगकर्ताहरुले भर्चुअल रियालिटीको माध्यमबाट नै सम्बन्धित प्रडक्टलाई टेस्ट गर्न सक्दछन् । यसरी प्रडक्ट उत्पादक कम्पनीहरुले समय र स्रोतको बचत गरेर फाइदा लिन सक्छ । भर्चुअल रियालिटीमा नमूनास्वरुप प्रडक्टको परीक्षण गर्दा कुनै समस्या आएको खण्डमा पनि अगाडि नै त्यसको समाधान गर्न सकिन्छ । विभिन्न ठाउँमा रहेका कम्पनी तथा संस्थाका कर्मचारीहरुले भर्चुअल रुपमै बैठक तथा छलफल गर्न सक्छन् । अर्कोतर्फ ३६० डिग्री क्यामेराको मद्दतबाट भिआर कन्टेन्ट उत्पादन गर्न सकिन्छ । म्युजिक भिडियो निर्माता, ग्राफिक्स डिजाइनर तथा मनोरञ्जनको क्षेत्रमा भिआर कन्टेन्ट उत्पादन गर्न चाहनेका लागि भर्चुअल रियालिटी राम्रो विकल्प बन्न सक्छ ।
भर्चुअल रियालिटीका बेफाइदा
साँच्चै वास्तविक संसारलाई भर्चुअल वातावरणमा उतार्न धेरै मुस्किल तथा समय लाग्ने हुन्छ । भर्चुअल वातावारण बनाउन खर्चिलो पनि छ । साना कम्पनीहरुले ठूला भर्चुअल रियालिटी प्रोेजेक्टमा लगानी गर्न निकै गाह्रो छ । भर्चुअल रियालिटीले युजरहरुमा केही नकारात्मक असर पार्न पनि सक्छ । यस वातावरणमा हुने मोसन (चाल)ले गर्दा केही युजरहरुलाई साइबर–सिकनेस (साइबर रोग) लाग्न सक्छ । भर्चुअल रियालिटीमा धेरैजसो गेममा प्रयोगकर्ताहरु हराउने हुँदा उनीहरु बढी झर्किने तथा हिंस्रक बाटो अपनाउने बन्न सक्दछन् । साइबर दुव्र्यसनीको कारणबाट मनिसले वास्तविक संसारलाई बेवास्ता गर्ने सम्भावना पनि छ । अर्कोतर्फ पछिल्लो समय भर्चुअल रियालिटी पोर्नोग्राफी अर्थात् अश्लील सामग्रीतर्फसमेत प्रयोग हुन थालेकाले समाजमा उच्छृङ्खलता बढ्ने डर पनि देखिएको छ ।
साँच्चै वास्तविक संसारलाई भर्चुअल वातावरणमा उतार्न धेरै मुस्किल तथा समय लाग्ने हुन्छ । भर्चुअल वातावारण बनाउन खर्चिलो पनि छ । साना कम्पनीहरुले ठूला भर्चुअल रियालिटी प्रोेजेक्टमा लगानी गर्न निकै गाह्रो छ । भर्चुअल रियालिटीले युजरहरुमा केही नकारात्मक असर पार्न पनि सक्छ । यस वातावरणमा हुने मोसन (चाल)ले गर्दा केही युजरहरुलाई साइबर–सिकनेस (साइबर रोग) लाग्न सक्छ । भर्चुअल रियालिटीमा धेरैजसो गेममा प्रयोगकर्ताहरु हराउने हुँदा उनीहरु बढी झर्किने तथा हिंस्रक बाटो अपनाउने बन्न सक्दछन् । साइबर दुव्र्यसनीको कारणबाट मनिसले वास्तविक संसारलाई बेवास्ता गर्ने सम्भावना पनि छ । अर्कोतर्फ पछिल्लो समय भर्चुअल रियालिटी पोर्नोग्राफी अर्थात् अश्लील सामग्रीतर्फसमेत प्रयोग हुन थालेकाले समाजमा उच्छृङ्खलता बढ्ने डर पनि देखिएको छ ।
नेपालमा उपलब्ध केही भिआर सेट
सामसुङ गियर भिआर हेडसेट
सामसुङले ग्यालेक्सी नोट सिरिज र एस ७ र एस ७ एजलाई लक्षित गरेर गियर भिआर ल्याएको छ । सामसुङले भर्चुअल कन्टेन्ट उत्पादन गर्ने प्रमुख कम्पनी ओकलससँग सहकार्य गरेकाले गियर भिआरमा ओकलसले विकास गरेका सबै कन्टेन्टको प्रयोग गर्न सकिन्छ । गियर भिअरका साथ ३६० डिग्री क्यामेराको प्रयोगबाट आफै भिआर कन्टेन्सहरुको उत्पादन गर्न सकिन्छ । ओकलसले निर्माण गरेका लेटेस्ट गेम तथा कन्टेन्टमा सामसुङको आफ्नै एप्लिकेशनमा उपलब्ध उपलब्ध छन् । यस भिआर हेडसेटमा सुपर एमोलेड डिस्प्ले, हेड ट्र्याकिङ, सजिलो र ठूलो टचप्याड, एक्सेलोरोमिटर, गाइरो सेन्सर, प्रोक्सिमिटी सेन्सरलगायतका फिचर रहेका छन् । यसको बजारमूल्य रु. १३ हजार ९ सय तोकिएको छ । धेरै र लेटेस्ट भिआर कन्टेन्टहरुको आनन्द लिन चाहनेका लागि सामसुङ गियर भिआर हेडसेट उपयुक्त रोजाइ हो । यसका साथै समसुङको ३६० डिग्री क्यामेराबाट भिआर कन्टेन्ट आफै निर्माण गर्न सकिने छ ।
सामसुङ गियर भिआर हेडसेट
सामसुङले ग्यालेक्सी नोट सिरिज र एस ७ र एस ७ एजलाई लक्षित गरेर गियर भिआर ल्याएको छ । सामसुङले भर्चुअल कन्टेन्ट उत्पादन गर्ने प्रमुख कम्पनी ओकलससँग सहकार्य गरेकाले गियर भिआरमा ओकलसले विकास गरेका सबै कन्टेन्टको प्रयोग गर्न सकिन्छ । गियर भिअरका साथ ३६० डिग्री क्यामेराको प्रयोगबाट आफै भिआर कन्टेन्सहरुको उत्पादन गर्न सकिन्छ । ओकलसले निर्माण गरेका लेटेस्ट गेम तथा कन्टेन्टमा सामसुङको आफ्नै एप्लिकेशनमा उपलब्ध उपलब्ध छन् । यस भिआर हेडसेटमा सुपर एमोलेड डिस्प्ले, हेड ट्र्याकिङ, सजिलो र ठूलो टचप्याड, एक्सेलोरोमिटर, गाइरो सेन्सर, प्रोक्सिमिटी सेन्सरलगायतका फिचर रहेका छन् । यसको बजारमूल्य रु. १३ हजार ९ सय तोकिएको छ । धेरै र लेटेस्ट भिआर कन्टेन्टहरुको आनन्द लिन चाहनेका लागि सामसुङ गियर भिआर हेडसेट उपयुक्त रोजाइ हो । यसका साथै समसुङको ३६० डिग्री क्यामेराबाट भिआर कन्टेन्ट आफै निर्माण गर्न सकिने छ ।
सिजी भिआर साइनकोन
चौधरी ग्रुपले आफैले निर्माण गरेको भिआर साइकोन नामक भिआर हेडसेटको नेपाली बजारमा ल्याएको छ । थ्रिडी गेमिङ तथा भिआर कन्टेन्टको अनुभव गर्नका लागि ब्लुटुथ जोएस्टिकसहित र ब्यलुटथ जोएस्टिकविनाका भिआर सेटहरु ल्याएको छ । ब्लुटुथ जोएस्टिकसहितको भिआर सेटचाहिँ गेमिङका लागि लक्षित गरिएको छ । चौधरी ग्रुपले जोएस्टिकसहितको भिआर हेडसेटको बजारमूल्य रु. १५ सय र जोएस्टिकविनाको हेडसेटलाई रु. १९ सय ५० राखेको छ ।
चौधरी ग्रुपले आफैले निर्माण गरेको भिआर साइकोन नामक भिआर हेडसेटको नेपाली बजारमा ल्याएको छ । थ्रिडी गेमिङ तथा भिआर कन्टेन्टको अनुभव गर्नका लागि ब्लुटुथ जोएस्टिकसहित र ब्यलुटथ जोएस्टिकविनाका भिआर सेटहरु ल्याएको छ । ब्लुटुथ जोएस्टिकसहितको भिआर सेटचाहिँ गेमिङका लागि लक्षित गरिएको छ । चौधरी ग्रुपले जोएस्टिकसहितको भिआर हेडसेटको बजारमूल्य रु. १५ सय र जोएस्टिकविनाको हेडसेटलाई रु. १९ सय ५० राखेको छ ।
यीसँगै साओमी, भिआर, रेम्याक्सलगायतका र अन्य चाइनिज सेटहरु पनि नेपालको अनलाइन शपिङ साइटहरुमा किन्न सकिन्छ । रु. ८ सयदेखि नै बजारमा यस्ता ननब्राण्डेड भिआर सेटहरु खरिद गर्न सकिन्छ । विश्वबजारमा आएका नयाँ प्रविधिहरुलाई बुझ्ने र त्यसको सदुपयोग गर्न सकेमा हाम्रो जीवनशैलीदेखि कामकाजमा सहज पक्कै हुनेछ ।
भर्चुअल रियालिटीको बजार अहिले विश्वस्तरमा बढ्दो छ । हाल ७० करोड अमेरिकी डलरबराबरको बजार हिस्सा भिआर सेटहरूले लिएको अनुमान गरिन्छ । डिजी क्यापिटलका अनुसार सन् २०२० सम्ममा भर्चुअल रियालिटी र अग्मेन्टेड रियालिटी उद्योग १५ खर्ब अमेरिकी डलरबराबरको हुने अनुमान गरेको छ ।
महान् दार्शनिक अरस्तु भन्छन्, 'प्राकृतिक रूपमै सबै मानिस ज्ञानआर्जन गर्न चाहन्छ ।' ओशो भन्छन्, 'जबसम्म तिमीले आफूभित्रको वास्तविक स्वभाव र ज्ञान थाहा पाउन सक्दैनौं तबसम्म तिमीले बाहिर आर्जन गरेको शिक्षाले विद्यार्थी हुन कहलाउँदैनौं ।' उनी अगाडि भन्छन्, 'तिमी किताब लिएर आफूलाई व्यस्त देखाउँदैमा विद्यार्थी हुन सक्दैनौ । त्यो किताबबाट के ज्ञान लिन सक्यौ, त्यो महत्त्वपूर्ण हो ।'
कतिपय अभिभावकलाई छोराछोरीले किताब लिएर बसिदिए पढेको हुने र किताब लिएको नदेख्ना साथ पढेन भनेर कराउने अभिभावकलाई राम्रो शिक्षा हो यो । ओशो थप्छन्-परीक्षाको प्रश्नपत्र सबैको लागि एकै हो, तर जिन्दगीको प्रश्न सबैको लागि एकै हुँदैन, त्यसैले परीक्षाले तिम्रो जीवनको लक्ष्य र उद्देश्यलाई प्रमाणित गर्न सक्दैन । दैनिक जीवनबाट तिमीले केही न केही सिकेकै हुन्छौं, तर यो जरुरी छैन कि तिम्रो विद्यालयको परीक्षामा यो सिकाइले काम गरोस् । जीवनका हरेक सिकाइले तिम्रो सफलताको बाटो खुल्ने छ ।
हामीले सामान्य रूपमा बुझ्दै आएका छौं-विद्यार्थीको सफलता भनेको प्रत्येक कक्षामा राम्रो अंक ल्याएर उत्तीर्ण हुनु भन्ने बुझिन्छ । अन्यथा माध्यमिक स्तरका विद्यार्थीको सफलताको कुरा अरू क्षेत्रमा खासै अपेक्षा गरिँदैन । हामीले फलामे ढोका भनेर एसएलसीलाई एउटा कठिन यात्राको संज्ञा दिएका छौं । त्यसैले अभिभावकलगायत शिक्षक र विद्यार्थी एसएलसी नजिकिँदै गर्दा तनावमा देखिन्छन् ।
करिब चार वर्षअघिदेखि नै एसएलसी परीक्षा खारेज हुन्छ र सजिलो हुन्छ भनेर बसेका विद्यार्थीले यसपाली पनि माध्यमिक शिक्षा परीक्षा दिँदैछन् र उनीहरूले यसलाई एसएलसीकै रूपमा लिएका छन् । उही फलामे ढोकाको रूपमा लिएका छन्,नयाँ आयाम भेटेका छैनन् । पठनपाठन सबै तरिका उस्तै छन्। गत वर्षदेखि ग्रेड प्रणाली मात्र लागू भएको छ र झन् ए प्लस ल्याउनकै लागि उत्तिकै तनावको रूपमा लिएको पाइन्छ विद्यार्थीले ।
कुनै पनि विद्यार्थीको चाहना हुँदैन आफूले परीक्षा बिगारौं र शिक्षक अभिभावकको चित्त दुखाउँ भन्ने, कहिलेकाहीं परीक्षा राम्रो हुँदैन । यसको अर्थ विद्यार्थीले मिहेनेत गरेन भन्ने सिधै अर्थ शिक्षक अभिभावकले लगाउने गरेको पाइन्छ । तर वास्तविकता त्यो नभएर कुनै पनि विद्यार्थीको पढाइमा ध्यान नजानु या नपुग्नुका पछाडी धेरै मनोवैज्ञानिक कारण हुन्छन्, जसको ख्याल गरिएको हुँदैन । कतिपय अवस्थामा विद्यार्थी स्वयंले पनि आफू कमजोर भएको थाहा पाउँदैनन् ।
एसएलसी दिने विद्यार्थीको उमेर भनेको शारीरिक, मानसिक र वैचारिक रूपमै शारीरिक वृद्धि र हार्मोनको परिवर्तनको उमेर भएको हुँदा छिट्टै तनाव सिर्जना हुने,पढाइमा मन नजाने र दिक्दारको अवस्था अनुभव गर्ने खालको उमेर हो । यसबारेमा कमै मात्र विद्यार्थीलाई थाहा हुन्छ । यदी उनीहरू स्वयंलाई थाहा हुन सकेमा आफ्नो मनस्थितिप्रति आफैं सजक रहन सक्छन् र आफ्ना कमजोरी सुधार्न सक्छन् । यस्तो खालको मनोवैज्ञानिक शिक्षा दिने प्रचलन नेपालमा अझैसम्म नभएको पाइन्छ । एसएलसीसँग संघर्ष गर्ने भनेको पहिलो व्यक्ति नै विद्यार्थी स्वयं भएकोले पढाइ असजिलो चिज होइन भन्ने भावनाको विकास गर्नका लागि केही कुरा थाहा पाउनु जरुरी हुन्छ ।
सही तयारी
सर्वप्रथम त विद्यार्थीले आफ्ना पुस्तक,नोट कापीहरू, पेन, पेन्सिल, शब्दकोषलगायतका आवश्यक सामाग्री आफ्नो कोठामा या पढाइ कोठामा जतिबेला जे खोजे पनि भेटिने गरी तयारी अवस्थामा राख्नुपर्छ । विषयअनुसारका पुस्तक र सम्बन्धित नोटकापी एवं अन्य वस्तु छुट्याएर राख्नुपर्छ ताकी खोजेको बेलामा र पढ्नुपर्ने बेलामा भेटियोस् । परीक्षा दिन चाहिने प्रवेश पत्रदेखि घडी,क्यालकुलेटर, रफ पेपर जस्ता आवश्यक सामान सधैं तयारी अवस्थामा भयो भने कहिल्यै तनावको स्थिति आउँदैन ।
कक्षामा ध्यान दिने
विद्यार्थीले सधैं कक्षामा शिक्षकले अध्यापन गराइरहेको बेला ध्यान दिनु जरुरी छ । उमेरको कारण पनि मन चन्चल हुन्छ । साथीभाइको क्रियाकलापमामा ध्यान जान्छ,पढाइमा एकोहोरो ध्यान लगाउन मुस्किल हुन्छ । त्यस्तो अवस्थामा लामो गहिरो स्वास २/३ पटक लिने, सेकेन्डको निम्ति आँखा बन्द गर्ने र फेरि २/३ पटक लामो गहिरो स्वास लिने गर्नुपर्छ । यसले ध्यान केन्द्रित हुन मद्दत पुग्छ ।
किनकि ध्यान विना जति पढाए पनि बुझ्नै कठिन हुन्छ । बानी जे लगायो त्यही हुन्छ, त्यसैले विद्यार्थी सधैं आफ्नो पढाइमा सक्रिय रहनुपर्छ । शिक्षकले पढाएको बेलामा आँखा जुधाएर ध्यान दिने, आफ्नो सबै ध्यान शिक्षकतिर लगाउने गर्नुपर्छ । कक्षामा शिक्षकले दिने जिम्मेवारीबाट पन्छिन खोज्नु हुँदैन । कक्षाका हरेक गतिविधिमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रयास गर्नुपर्छ ।
उद्देश्यमा लगनशीलता
विद्यार्थीको उद्देश्य आफ्नो पढाइ पूरा गर्नु हो । पढाइप्रति दिक्क मानेर उम्किने अवस्था होइन विद्यार्थीको, किनभने यतिबेला अलिकति संघर्ष गरेर भए पनि भविष्य उज्वल पार्न भविष्यमा नपछुताउने गरी आफ्नो उद्देश्यमा लगनशील हुनुपर्छ ।
हरेक विद्यार्थीले मैले मेरो लागि, मेरो भविष्यमा एउटा राम्रो पेसा अंगालेर सुखी र आनन्दित जीवन जिउनका लागि र म खुसी भएँ भने त्यही नै मेरो परिवारको खुसी हो भन्ने कुरालाई ध्यानमा राखियो भने उद्देश्यमा लगनशील हुन प्रेरणा प्राप्त हुन्छ ।
अनुशासन
विद्यार्थीको सबैभन्दा ठूलो गुण अनुशासन हो । अनुशासित विद्यार्थी कहिल्यै असफल हुनै सक्दैन । कक्षा कोठामा हल्ला नगर्ने, पढाएको विषयमा ध्यान दिने, नबुझेको कुरा शिक्षकलाई सोध्ने अनुशासनका गुण हुन् । त्यस्तो गर्न सकेमा शिक्षकलाई पनि कुन विद्यार्थीको स्तर कस्तो छ थाहा पाउन सजिलो हुन्छ ।
प्रश्न सोधेपछि के जवाफ आउँछ त्यसलाई नोट गरेर राख्नुपर्छ । आफू अनुशासित भयो भने छेउमा बस्ने साथी या पूरै कक्षा शान्त हुन सक्छ । शिक्षक पढाउँदै गर्ने तर बुझिएको छैन भने हात उठाएर सोध्ने, ठूलो स्वरमा अरूले पनि बुझ्ने गरेर सोध्ने गर्नुपर्छ । यसो भएमा अरू साथीले समेत फाइदा लिन सक्छन् । सरसफाइ, मिठो बोलीबचन, सहयोगी भावना पनि अनुशासनभित्रै पर्छन् ।
शिक्षकसँग सल्लाह लिने
कक्षामा आफू मात्रै नहुने भएकोले अरू साथीहरू कस्ता छन्, साथीहरूले गर्दा कक्षा हल्ला हुन्छ या नबुझ्ने साथीहरू धेरै छन् भने कसरी कक्षाकोठा र पढाइ प्रभावकारी हुन्छ, शिक्षकसँग सल्लाह गर्ने विद्यार्थी सफल र असल विद्यार्थी हो । साथीहरूको समूह बनाएर समूहमा अध्ययन र छलफल गर्नाले पनि धेरै कुरा बुझ्न सजिलो हुन्छ ।
नियमित नोट बनाउने
कक्षामा पढाइएको प्रत्येक विषयको बारेमा नोट बनाउने र बेलाबेलामा त्यसलाई पढ्ने र समीक्षा गर्नुपर्छ । नोट बनाउनाले नबुझेका कुरा फेरि शिक्षकसँग सोध्न सकिन्छ भने बुझेका कुरामा अरू प्रष्ट भइन्छ । नोट तयार पार्नु सफल विद्यार्थीको एउटा गुण हो । किनभने दिनभर कक्षामा पढेका कुरा साँझसम्म बिर्सिन सकिन्छ । त्यसैले नोट बनाउने बानीले धेरै सहयोग पुग्छ ।
अभिभावकसँग सबै कुरा खुलेर व्यक्त गर्ने
अपवादको रूपमा बाहेक कुनै पनि अभिभावक आफ्ना छोराछोरीको पढाइ कस्तो छ होला भनेर नजिकबाट बुझ्न र जान्न चाहन्छन् त्यसैले दिनभर विद्यालयमा केके भयो सेयर गर्दा उनीहरू खुसी हुन्छन् । शिक्षकसँग बुझेको कुरा या नबुझेको कुरा, साथीसंगतको कुरा या विद्यालय वातावरणको कुरा सबै अभिभावकसँग सेयर गर्ने विद्यार्थी असल विद्यार्थी र असल सन्तान पनि हो । विद्यालयका कुरा मात्र होइनन् आफ्ना व्यक्तिगत समस्या पनि अभिभावकसँग खुलेर व्यक्त गर्नुपर्छ । किनकि अव्यक्त भावना र मनभित्रका कुरा नभनेसम्म बुझ्न गाह्रो हुन्छ ।
समयको पालना र धैर्यता
समयको व्यवस्थापन विद्यार्थीको एउटा महत्त्वपूर्ण गुण हो । कक्षाकोठामा समयमा प्रवेश गर्ने, गृहकार्य, कक्षाकार्य समयमै गर्ने, खाजाखाने छुट्टीमा समयमा सकाउने र समयमा कक्षाकोठामा हाजिर हुने, घरबाट विद्यालय समयमै निस्कने, विद्यालय छुट्टी भएपछि समयमै घर पुग्ने बानी बसाल्नुपर्छ । जसले गर्दा शिक्षक र अभिभावकप्रति नै आफ्नो बारेमा विश्वास बढ्छ । समयको पालना गर्नाले धैर्यताको विकासमा सघाउ पुर्याउँछ ।
खेल्ने, गृहकार्य गर्ने, पढ्ने, अभ्यास गर्ने र फ्रेस हुने समयतालिका बनाएर त्यसअनुसार चल्नु विद्यार्थीको महत्त्वपूर्ण गुण हो । केही कुरा बिग्रना साथ या आफूले सोचेजस्तो नहुँदैमा आत्तिनु हुँदैन ।
एसएलसी तनाव होइन, एउटा खुड्किलो
माथि जति बुँदागत कुराहरू उल्लेख गरे पनि महत्त्वपूर्ण कुरा के हो भने तीन घन्टाको एसएलसी परीक्षाले जीवन निर्धारण गर्ने होइन, तर एसएलसी उच्च अध्ययनका लागि एउटा खुड्किलो भएकोले विना तनाव, ध्यानपूर्ण तरिकाले एसएलसीको तयारीमा लाग्नुपर्छ । सकारात्मक सोचाइ र स्वस्थ खाना अनि शरीरको स्वास्थ्यमा पनि ख्याल पुर्याउनु विद्यार्थीको कर्तव्य हो ।
दिनमा ७/८ पटक खुलेर हास्ने, कक्षाकोठामा बस्दा पनि बीचबीचमा पानी पिउने, बाथरुम जाने, फुर्सदको समयमा एकछिन साथीहरूसँग खेल्ने, बेलाबेलामा पानी पिउने र सम्झेर बेलाबेलामा लामो गहिरो स्वास लिने बानी गर्दा स्वस्थ,स्वच्छ र फूर्तिलो अनुभूति हुन्छ ।
काठमाडाैंं: भारतीय केन्द्रीय रेलमन्त्री सुरेश प्रभूले भारतले नेपाल, भुटान, बंगलादेश र म्यानमारसँग मिलेर ‘रेल सर्किट’ विस्तार गर्ने बताएका छन्।
दार्जिलिङमा हालै आयोजित युनेस्को र भारतीय रेलवेबीच एक सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा भारतीय रेलमन्त्रीले भने,‘नेपाल,भुटान,बंगलादेश र म्यानमारसँग हाम्रो राम्रो सम्बन्ध छ । ती देशसँग मिलेर रेल सर्किट विकास गर्न सकिन्छ। त्यसका लागि हामीले प्रयास गरिरहेका छौँ।’
छिमेकी मुलुकहरु नेपाल, भुटान, बंगलादेश र म्यानमारसँग रेल सञ्जालसंग भारत जोडिन सकेको खण्डमा ती देशसँग अन्तर्क्रिया, ब्यापार, पर्यटन, रोजगारी र कनेक्टिभिटी (सम्पर्क) विस्तार हुने भारतीय रेलमन्त्रीले बताएको भारतीय संचारमाध्यमहरुले लेखेका छन्। भारतले सन् २०१६ को शुरुमा आफ्नो केन्द्रीय बजेटमा काठमाडाैंसम्म रेल सञ्जाल विस्तार गर्ने एकतर्फी रणनीतिक घोषणा गरेको थियो। उक्त घोषणा अघि भारतले उक्त रेल सञ्जाल नेपालसंग जोड्नका लागि राजनीतिक र प्रशासनिक तहमा कुनै परामर्श नगरेको सरकारी अधिकारीहरु बताउँछन् ।
यद्यपी प्रधानमन्त्री पुष्पकमल दाहालको गत सेप्टेम्बरमा सम्पन्न भारत भ्रमणमा जारी संयुक्त वक्तव्यमा नेपाल र भारतबीच सीमापार रेलसञ्जाललाई कार्यान्वयनम ल्याउने उल्लेख छ। जयनगर-बिजलपुर-बर्दिवास र जोगबनि-बिराटनगर रेल परियोजनालाई पूर्णता दिने सहमति दुई देशबीच भएको छ। त्यस्तै भारतसँग नेपालगंज, काँकडभिट्टा र भैरहवाबीच सिधा रेल सञ्जाल विस्तार गर्न आवश्यक काम अघि बढाउने सहमति पनि नेपाल र भारतबीच त्यसबेला भएको छ।
चीनले ‘वान बेल्ट वान रोड’ अवधारणा अन्र्तगत दक्षिण एसियाका बंगालादेश, पाकिस्तान, नेपाल, श्रीलंका र माल्दिभ्समा रेल, सडक लगायत भौतिक पूर्वाधार विकास गर्ने रणनीति अघि सारेपछि भारतले त्यसलाई ‘काउन्टर’ दिने गरी रेल सर्किट निर्माण गर्ने रणनीति अघि सारेको चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सले केही महिना अघि लेखेको थियो।
उक्त अवधारणाअनुसार चीनले आफू र एसियाली, अफ्रिकी र युरोपेली मुलुकबीच रेल तथा सडक सञ्जाल विस्तार गर्ने र कनेक्टिभिटी बढाउने रणनीति लिएको छ। भारत र चीनबीच आफ्नो प्रभाव विस्तार गर्ने तिव्र होडबाजी देखिएको रणनीतिक मामिला विश्लेषकहरुले लेखेका छन्। चीनले स्वशासित क्षेत्र तिब्बतबाट नेपाल सीमातर्फ रेल सञ्जाल विस्तार गर्ने घोषणा गरेपछि भारतले पनि आफूसंग सीमा जोडिएका नेपालका क्षेत्रमा रेल सञ्जालका लागि गृहकार्य अघि बढाएको हो।
सन् २०१५ मा चीनले सन् २०२० भित्र नेपाल सीमासम्म रेल विस्तार गर्ने घोषणा गरेको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा नेपाल र चीनबीच सीमापार रेल विस्तार गर्ने सहमति भएको थियो। जसअनुसार चीनले केरुङ्सम्म आउने रेल काठमाडाैं हुँदै पोखरा र लुम्बिनीसम्म विस्तार गर्ने योजना बनाएको छ। चीन र भारतबीचमा नेपालसम्म रेल विस्तारका लागि प्रतिस्पर्धा देखिएको छ।
दार्जिलिङमा आयोजित कार्यक्रममा भारतीय रेलमन्त्री प्रभुले भारतका आठैवटा उत्तरपूर्वी राज्यहरुलाई रेल सञ्जालबाट जोड्ने योजना पनि सुनाएका थिए। उनले रेल पूर्वाधार विकासका लागि भारतले उल्लेख्य बजेट बढाउने पनि जानकारी दिए।
महोत्तरीमा सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । जलेश्वर हर्दी सडकखण्डमा भएको दुर्घटनामा एकडारा-३ की ६२ बर्षीया छटिया देवीको मृत्यु भएको हो । बर्दिवासबाट एकडारातर्फ आइरहेको ज १ त ६८४४ नम्बरको ट्याक्टरले पैदलयात्री छटियालाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायका अनुसार ट्याक्टरले ठक्कर दिँदा छटियाको घटनास्थलमै मृत्यु भएको हो । छटियाको मृत्यु भएपछि ट्याक्टर चालक भने फरार छन् । चालकको खोजी भइरहेको प्रहरीले बताएको छ ।
हामीले खानाबाट प्राप्त गर्ने ग्लुकोजका बिभिन्न तत्वहरुलाई हामी डेक्स्रोज, फ्रुक्टोज, ल्याक्टोज, सुक्रोज, माल्टोज आदि नामबाट चिन्छांै । ग्लुकोज एक शक्तिदायक वस्तु हो जुन प्रायः सबै फलफूल र तरकारीमा पाइन्छ । ग्लुकोज हाम्रो रगतमा पनि हुन्छ । फ्रुक्टोज प्रायः सबै तरकारी र फलफूलमा पाइन्छ । ल्याक्टोज नामक ग्लुकोज दूधमा पाइन्छ जुन विस्तारै पच्दछ । उखुबाट उत्पादन गरिने चिनीलाई रासायनिक रूपमा सुक्रोज भनिन्छ । माल्टोज नामक ग्लुकोज गहु“बाट उत्पादन हुन्छ ।
ग्लुकोजले हामीलाई तत्कालै शक्ति प्रदान गर्छ । त्यसैले यसलाई शुद्ध क्यालोरी पनि भनिन्छ । अन्य पदार्थजस्तो यसलाई पचाउनको लागि धेरै समय आवश्यक पर्दैन । यो तत्कालै पचेर रगतमा जाने हुनाले अत्यन्त कम समयमै यसले शक्ति प्रदान गर्छ । सुद्धकिरण गरेर उत्पादन गरिएको चिनी बाहेक अन्य वस्तुले पनि ग्लुकोज प्रदान गर्छन् । जस्तैः टुसायुक्त खाना, गेडागुडी, सागसब्जी, दूध, बदाम, फलफूल, काजु, किसमिस आदि । हामीले तरवुजा, मौसम, सुन्तला, कागती, अंगुर आदि फलफूलबाट तथा सिमी, केराउ, सलगम, सुन्तला, आरु, भुइ“कटहर आदि हरियो तरकारीबाट पनि शरीरलाई चाहिने शक्ति पाउ“छांै । शक्ति प्राप्त गर्न हामीले बजारबाट अनेक थरीका नाम भएका ग्लुकोजका बट्टाबाट किनेर खुवाउँछौं । यसमा बढी पैसा खर्च हुने भए पवनि यसबाट खासै लाभ भने हुँदैन ।
चिनीलाई रासायनिक रूपमा सुक्रोज भनिन्छ । यसलाई पहिले मन्द सेतो विष भनिए पनि हाल आएर यसलाई सेतो मृत्यु भन्ने गरिन्छ । यो एकदम क्यालोरीयुक्त हुन्छ र यसमा शरीरलाई चाहिने खनिज पदार्थ, भिटामिन र लवणको एक अंश पनि हु“दैन । प्रकृतिले हामीलाई ग्लुकोजको मात्रा अन्य धेरै प्राकृतिक वस्तुबाट प्रदान गरिरहेको हुन्छ । त्यसैले विभिन्न गुलिया वस्तु जस्तै मिठाई हामीले खाइरहनु आवश्यक छैन । यो त शरीरलाई भन्दा जिब्रोको स्वादको लागि मात्र खाइने कुरा हो ।
चिनीबारे केही जानकारी
- यदि मह, चिनीजन्य खाद्यपदार्थ र उखुको रसबाट ग्लुकोज प्राप्त गर्न सकिने भएका कारण त्यस्ता पदार्थ सामान्य अर्थात् थोरै मात्रामा खानुपर्छ ।
- मिठाई, बोतल या टिनको बट्टाका पेय पदार्थ, जाम, जेली जस्तो प्याक गरेर बनाइएको खाद्य पदार्थको रूपमा भएका कुनै पनि चिनीयुक्त खानाले शरीरलाई फाइदा गर्दैन ।
- किसानहरूले आफ्ना पशुपंक्षी हुर्काउनकालागि पोषणयुक्त खाना खुवाउँछन् तर जनावर र पंक्षीलाई चिनी खुवाउनु पर्दैन । किनभने चिनी पशुपंक्षीकालागि हानिकारक हुन्छ । पशुपंक्षीलाई बेफाइदा हुने खाद्यपदार्थ मान्छेलाई पनि हानीकारक नै हुन्छ ?
- धेरैले हामीले चिनी प्रयोग गरेनांै भने हामीलाई शक्ति कसरी प्राप्त हुन्छ भन्ने पनि गरेका छन् । तर हामीले चिनी केही सय बर्षअधि मात्रै प्रयोग गर्न थालिएको हो भन्ने बिर्सनु हुँदैन । परापूर्वकालका मानिसहरू हामीभन्दा बढी काम गर्दथे । उनीहरु सूर्योदयदेखि सूर्यास्तसम्म लगातार शारीरिक काम गर्थे । त्यतिखेर चिनी नभएपनि उनीहरु शक्ति प्राप्त गर्दथे । उनीहरूले प्राकृतिक रूपमा पाइने फलफूलबाट नै शरीरलाई चाहिने शक्ति पाउथे र स्वस्थ भएर बाच्थे ।
चिनीले शरीरमा गर्ने चोरी
प्रशोधन गरिएको खानेकुराले शरीरको भिटामिन र लवणको चोरी गर्छ र शरीरमा ती तत्वको अभाव गराउँछ । सामान्य र गरिब मानिसले खाने खाना सस्तो र प्रशोधन नभएको हुन्छ । प्रशोधन नभएको खाना प्राकृतिक र स्वस्थकर हुन्छ । तर धनीले खाने खाना प्रशोधित हुन्छ र यो तयार गर्ने क्रममा मानिसले धेरै हस्तक्षेप गरेको हुन्छ । चिनी र नुन थप्ने, बोक्रा र गुदी फ्याक्ने तथा नकुहिने कुरा राखेर बट्टाबन्दी गरिने हुँदा यो क्रममा यसमा धेरै अहितकर वस्तु थपेर वा पकाउने क्रममा राम्रा कुरा फ्याँकेर बनाइने गरिन्छ । त्यसैले विडम्वना के देखिन्छ भने गरीबले पोषणयुक्त र धनीले असन्तुलित भोजन खाने गर्छन् । प्रशोधन गर्ने वा शुद्ध पार्ने क्रममा खानेकुरामा रहने भिटामिन तथा लवण धेरै खेर फालिन्छ ।
प्रशोधित रूपमा चिनी प्रयोग हुने मिठाइ, सिरप, सर्वत, जाम, जेली, क्यान्डी, टफी, चकलेटजस्ता खानेकुरा मीठो र राम्रो बनाउने क्रममा शरीरकालागि उपयोगी तत्व खेर फालिएको हुन्छ । यसरी फालिने वस्तुहरुमा भिटामिन बी कम्प्लेक्स र क्याल्सियम प्रमुख हुन् । प्रशोधित चिनीमा यी दुई कुराहरू नरहने भए पनि पाचन प्रक्रियाको लागि यी तत्व आवश्यक पर्छन् । यसले गर्दा शरीरमा पहिलेदेखि नै रहेका यो दुई कुराको मद्दतले चिनी र अन्य पदार्थको पाचन हुन सक्छ
प्रोटिन, भिटामिन र लवणको कमी
हाम्रो पेटको क्षमता सीमित हुन्छ । हामीले चिनीयुक्त खाना धेरै खाएमा त्यसबेला प्रोटिन, भिटामिन र लवणयुक्त खानाकालागि ठाउ“ रह“दैन । फेरि चिनीयुक्त खानामा रुचि बढ्न थालेमा अरु खानाप्रति रुचि घट्न थाल्छ । उदाहरणार्थ मिठाई, सिरप, चकलेट, आइसक्रिम खान खोज्नेले दालभात, फलफुल र सलाद नखाने वा कम खाने गर्छन् । यो अर्को किसिमले पर्न जाने नकारात्मक असर हो ।
मुटु र प्रशोधित चिनी
लण्डन मेडिकल कलेजमा डाक्टर लुडकिनले हालमा मुटुसम्बन्धी समस्या बढ्नुको दोष चिनीयुक्त कृत्रिम रूपमा तयार पारिएका एवं बट्टाका खानेकुरालाई दिने गरेका छन् । उनका अनुसार प्रशोधित चिनीयुक्त एवं रेशा कम हुने खानाको उपयोग जति बढ्दै जान्छ, उति नै मुटुको समस्या बढ्दै जान्छ ।
यसर्थ मानिसले चिनी बढ्दो मात्रामा खपत गरेमा त्यसवापत् प्राकृतिक नियमविरुद्ध रोगको रूपमा सजाय भोग्नु पर्दछ । स्वास्थ्यबारे राम्रो जानकारी राख्ने डाक्टरहरूले पनि यसको राम्रै उपभोग गर्छन् भने यो कसरी अहितकारक हुनसक्छ भन्ने तर्क पनि गर्ने गरिन्छ । तर, जान्नेले प्रयोग गर्दैमा कुनै पनि कुरा हितकर हुने होइन । डाक्टर, अनुसन्धानकर्ता तथा अन्य जानकार व्यक्तिले धूमपान खराब छ भन्ने थाहा नपाएर उपभोग गरेको होइन, स्वास्थ्यप्रति बेवास्ता गर्ने बानीका कारण हो । चिनीको खपत पनि यही कारणले बढेको छ । चिनीले स्वास्थ्यमा के–कस्तो असर गर्दछ भन्ने कुरा चिनी कम वा बढी खपत गरेर हेरौं । चिनीको खपत घटाएर त हेरौं उपभोग घट्दा स्वास्थ्य स्थितिमा के–कस्तो असर पर्छ– थाहा भइ नै हाल्छ ।




















