प्युठानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बुधवार लामाचौरदेखि भिंगृतर्फ जाँदै गरेको रा १ त १३२२ नम्बरको ट्याक्टर गोठिवाङ-४ कागपतीखोला नजिकै दुर्घटना भएको हो।
दुर्घटनामा सहचालक गोठिवाङ-३ का ४२ वर्षीय मुक्तबहादुर बुढाथोकीको ज्यान गएको प्रहरीले जनाएको छ। बुढाथोकीको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा ज्यान गएको प्यूठानका प्रहरी प्रमुख डिएसपी रञ्जितसिंह राठौरले जानकारी गराए।
ट्याक्टर सडकबाट करिब ३५ मिटर तल खसेको उनले बताए। अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। गाडी चालक नयाँगाउँ-१ का २८ बर्षीय डम्बरबहादुर रामजाली प्रहरीको नियन्त्रणमा छन्।



0 comments
प्रतिक्रिया दिनुहोस्...