-->
आज बिहानैबाट मौसममा एक्कासी बदली, राजधानी लगायतका ठाउँमा पानी पर्न सक्ने

काठमाडौँ, १४ माघ – आज शुक्रबार बिहानैबाट एक्कासी मौसममा फेरबदल आएको छ। राजधानी र आसपासका ठाउँमा हुस्सु लागेर डम्म बनेको छ। त्यस्तैगरी देशको पश्चिमी क्षेत्र दिपायल सहितका ठाउँमा बिहानैबाट पानी परेको छ।
उपत्यकामा आज बिहानैबाट हुस्सु लागेर डम्म भएपनि तापक्रम भने निकै उच्च रहेको छ। आज बेलुका सम्म उपत्यका सहित मध्य र पूर्वी पहाडी जिल्लामा हल्का पानी पार्न सक्ने र उच्च हिमाली भेगमा हिमपात हुनसक्ने पूवार्नुमान माहशाखाले जनाएको छ।
अहिले देशको पश्चिमी क्षेत्रमा पानी पारिरहेको छ। पश्चिमी वायु दिउँसोसम्ममा देशको मध्य क्षेत्रमा आइपुग्ने र अहिले मौसम बदली गराएको पश्चिमी वायु रातीसम्ममा नेपालबाट बाहिरिने अनुमान गरिएको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.