काठमाडौं, १५ माघ– ट्रम्पले ७ मुस्लिम राष्ट्रलार्ई अमेरिका प्रवेशमा रोक लगाउने निर्णय गरेको लगतै टेक्सासमा रहेको एक मस्जिदमा आगजनी भएको छ । आगजनी भएको केही केही घण्टाभित्रै मस्जिद पूर्णरुपमा जलेर नष्ट भएको डेलीमेलले जनाइएको छ ।
शनिवारको राति करिब २ बजेतिर इस्लामिक सेन्टर अफ भिक्टोरियामा आगो लाग्न शुरु भएको थियो । आगो पूर्णरुपमा निभाउन दमकललाई ४ घण्टा लागेको थियो ।
‘आगोले जलेर मस्जिदको मुख्य भाग नै भूइँमा ढलेको छ र मस्जिदमा पूर्णरुपमा क्षति पुगेको छ’ सेन्टरका प्रमुख साहिदले बताए । केही हप्ता पहिला केही अज्ञात व्यक्तिहरुले मस्जिदको ल्यापटप र इलेक्ट्रोनिक्स सामानहरु चोरी गरेका थिए ।
आगजनी भएको केही क्षणमै दमकलले आगो निभाउन शुरु गरेता पनि मस्जिद जलेर पूर्णरुपमा क्षति भएको साहिदले बताए ।
आगो कसरी लागेको भन्नेबारेमा आफूहरु अनभिज्ञ रहेको भन्दै साहिदले केही दिनभित्रै अनुसन्धानबाट पत्ता लाग्ने बताए । आगजनीमा कोही व्यक्ति पनि घाइते नभएको उनले बताए ।
विगत ३२ बर्षदेखि हास्मी भिक्टोरियामा बस्दै आएका छन् । उनले भने ‘सेप्टेम्बर ११ को घटनापछि मुस्लिम र गैर मुस्लिम समुदायले मिलेर त्यसको पुनर्निर्माण गरेका थियौं ।’ यस आगजनीमा पनि दुबै समुदाय मिलेर पुनर्निर्माण गर्ने उनले बताए ।
यो मस्जिद सन २००० मा निर्माण भएको थियो । र, यो हस्टनको १ सय १५ माइल दक्षिणपूर्वमा रहेको छ ।
हास्मी लगायतका मुस्लिम समुदाय हालै अस्थायी रुपमा बनेको भवनमा पाठ गरिरहेका छन् ।
'टेक्सास अफिस अफ दी काउन्सिल'ले भिक्टोरियामा भएको उक्त आगजनीको अनुसन्धान गरिरहेको छ ।
अमेरिकामा मुस्लिम विरोधी भावनाहरु बृद्धि भइरहेका कारण पनि मुस्लिम समुदायमाथि आक्रमणका घटनाहरु बढिरहेको सीएआइआर हस्टनका प्रमुख मुस्तफा कारोलले बताए ।
डेलीमेल


0 comments
प्रतिक्रिया दिनुहोस्...