-->
अल्ट्रा धाविका मीरा राईले जितिन् नेशनल जियोग्राफिकको ‘साहसी बर्ष व्यक्ति’

चर्चित नेपाली अल्ट्रा धाविका मीरा राइले नेशनल जियोग्राफिकको ‘साहसी बर्ष व्यक्ति’को उपाधि जितेकी छिन्। नेशनल जियोग्राफीले हरेक बर्ष प्रदान गर्ने अवार्डबाट सन् २०१७ मा राईले जितेकी हुन्।
अनलाइन भोटिङ समेतका आधारमा आफ्ना नौ प्रतिस्पर्धीलाई पछि पार्दै राईले उपाधि जितेकी हुन्। डिसेम्वर १६ सम्म अनलाइन भोटिङ सकिएपछि उपाधि घोषणा गरिएको हो।
नेशनल जियोग्राफिकले १२ बर्षदेखि यो अवार्ड दिँदै आएको छ। साहसिक खेल, अन्वेषण, संरक्षण र मानवीय क्षेत्रलगायतमा काम गर्नेलाई अवार्ड दिइदै आएको छ। अवार्डका लागि नेशनल जियोग्राफिकले मनोनयन गर्ने गर्छ। उत्कृष्ट दशपछि अनलाइन भाटिङ समेतका आधारमा बर्ष व्यक्तिको घोषणा हुनेगर्छ।
पूर्वी नेपालको भोजपुरमा जन्मिएकी २७ बर्षीय राई तत्कालीन नेकपा माओवादीकी लडाकु समेत हुन्। सेना समयोजनमा आयोग्य घोषित बनेपछि उनले अल्ट्रा धाविकाको रुपमा आफुलाई परिचित गराएकी थिइन।
छोटो समयमा नै धेरै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जित हात पारेपछि मीरा चर्चामा आएकी थिइन्। गत बर्ष हङकङमा सम्पन्न ‘आइल्याण्ड ट्रेल रेस’ र फ्रान्समा सम्पन्न ‘मोन्ट व्लाङ्क’ म्याराथन जितेपछि मीरा विश्व समुदायमा चर्चित छन्।
१२ वर्षको उमेरदेखि विद्यालय छाडेकी मीरा सन् २०१३ देखि घरेलु प्रतिस्पर्धामा भाग लिन थालेकी लिइन। अवार्ड घोषणअघि नेशनल जिगोग्राफिकले उनको संघर्ष समेटिएको व्यक्तिचित्र सार्वजनिक गरेको छ।पहिलोपोस्ट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.