-->
प्रियंका कार्की शुटिंगमै बेहोस भएपछि…

काठमाडौं । फिल्म ‘राधे’को एक गीत छायाँकनको क्रममा अभिनेत्री प्रियंका कार्की बेहोस भएकी छिन् । ‘हिउँ’ सहितका दृश्य कैद गर्द दोलखाको कालिञ्चोकमा ‘राधे’ युनिट पुगेको थियो ।
फिल्ममा समावेश हुने ‘मान्छे हुँ म बाट नी गल्ती हुनसक्छ’ बोलको गीत छायाँकन हुँदै गर्दा निखिल उप्रेतीसँग कम्मर मर्काउँदै गरेकी प्रियंका एक्कासी बेहोस भएपछि केहि समय छायाँकन नै प्रभावित भएको निर्माता सुशिल पोखरेलले बताए ।
‘गीत छायाँकनको क्रममा प्रियंका जी बेहोस् भएपछि तत्काल तल होटलमा ल्यायौं, करिब १० मिनेटपछि मात्र उहाँ होसमा आउनुभयो’ निर्माता पोखरेलले भने, ‘अहिलेलाइ अवस्था सामान्य छ, गार्हो पर्ने देखिएमा अस्पताल पुर्याउने सोचमा छौं ।’
चिसो मौसमका कारण नै प्रियंका एक्कासी ढलेको बताइएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.