-->
विजुली चोरको सम्पत्ति अकुत देखियो, छानविन हुन्छ : एसएसपी खनाल

काठमाडौं, माघ ११ – महानगरीय प्रहरी अपराध महाशाखाले माघ ९ गते पक्राउ १६ जना विजुली चोरहरुको सम्पत्ति अकुत देखिएको भन्दै त्यसमाथि पनि अनुसन्धान थाल्ने जनाएको छ । एकजना भूतपूर्व कर्मचारी, चार जना व्यवसायी र ११ जना बहालवाल कर्मचारी पक्राउ गरेको महाशाखाले उनीहरुको सम्पत्ति पनि छानविन गर्ने जनाएको हो ।
१२ वर्षदेखि विजुली चोर्दै राज्यलाई करोडौं राजश्व ठगी गरेर अकुत सम्पत्ति कमाएको भन्दै उनीहरुको सम्पत्ति पनि छानविन गरिने महानगरीय प्रहरी अपराध महाशाखा वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिनुभयो । ‘मिटर रिडरको जागिर खाएको छ । काठमाडौंमा दुई तीन वटा घडेरी कसरी हुन्छ ? वीरगन्जमा दुई दुई वटा बंगला कसरी हुन्छ ?, उनीहरुले सम्पत्तिको स्रोत र सम्पत्ति मेल खाँदैन, त्यसकारण अब सम्पत्ति पनि छानविन हुन्छ’ वरिष्ठ प्रहरी उपरीक्षक खनालले भन्नुभयो ।
अदालतबाट पाँच दिनको थुनामा खारेर अनुसन्धान गर्न आदेश आएकाले उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरुमाथि ठगीको मुद्दा दायर गरेर प्रहरीले अनुन्धान गरिरहेको छ । विभिन्न उद्योग व्यवसायी पक्राउ परेपनि अझै केही पक्राउ गर्न बाँकी रहेको महाशाखाले जनाएको छ । यसबारे पनि थप अनुसन्धान भइरहेको र केहीदिनै अन्य मानिस पनि पक्राउ पर्न सक्ने खनालले जानकारी दिनुभयो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.