-->
हिउँको काखमा मालिका मन्दिर (फोटो फिचर)

सतहदेखि करिव ३३ सय मिटरको उचाईमा दरबाङ, बिम र पाखापानी गाविसको सिमानामा अवस्थित मालिका मन्दिरमा दर्शन गर्न जाने भक्तजनलाई लक्षित गरी मन्दिर पुननिर्माण, पदैलमार्ग सरसफाई, बस्नेस्थान सहितको पुर्वाधार बनाइएको छ ।
जाडो मौसममा हिउँले छपक्कै छोप्ने मालिका मन्दिरमा चण्डीपुर्णिमा सँगै बर्षको तिनपटक विषेश पुजा गरिने भएपनि आफ्नो अपेक्षा पुरा भएको भन्दै बर्षेनी सयौ भक्तजनहरु जाने गर्दछन् ।
मालिका, जालपा, कालिका देबीको शक्ति प्राप्त हुन्छ भन्ने जनविश्वासका म्याग्दीका साथै बागलुङ, पर्वत लगाएत देशका विभिन्न क्षेत्रबाट जाने गरिन्छ ।पहाडको टुप्पामा रहेको मन्दिरमा मगर संस्कृति, नृत्य समेत प्रस्तुत गर्ने गरिन्छ । सयौं वर्षदेखि पुजा हुँदै आइरहेको मन्दिरमा पुगेका भक्तजनहरूको विश्वास अनुसार कम्तिमा तिन पटक त्यहाँ पुगेर मालिका मन्दिरको दर्शन गरेमा जुनसुकै मनोकामना पनि पुरा हुने धार्मिक विश्वासका साथ बालबालिका देखि बृद्धवृद्धासम्म मन्दिरमा आउने गरेको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष झक प्रसाद पाईजाले बताए । हिउँमा खेल्न बिमबाट यूवाहरुको समुह मालिकासम्म पुगेका थिए । हिउँमा रमाउँदै यूवाहरुले केही समय त्यही विताएका थिए ।
सिमा विवादका कारण मन्दिरको भेटी संकलनका विषयमा दरबाङ, बिम र पाखापानी गाविसबासीबिच पटकपटक विवाद हुन थालेपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीको सक्रियतामा समस्या समाधान गरिएको छ । पुजामा सयौंको सङ्ख्याका पशुपंक्षिको बली चढाइने गरिन्छ । करिव चार दशक अगाडीसम्म मालिका धुरीमा रहेको एक ढुङ्गामा पुजा गर्दै आइरहेकोमा दर्शनार्थीको चाप बढ्दै गएपछि दरबाङ गाविस–५ निबासी तिर्थबहादुर रोकाको परिवारले २०२५ सालमा सामान्य ढुङ्गाको मन्दिर निर्माण गरेका थिए ।
त्यस्तै मन्दिरको महिमा बढदै जान थालेपछि उनैको परिवारले २०३७, २०५७ र २०६४ सालमा पटकपटक पुननिर्माण परि पछिल्लो समय पलास्टर गरि सिमेण्टेड मन्दिर निर्माण गरेका छन् । पुजआजामा ठुलो संख्यामा जाने भक्तजन मध्ये केहि ओढार तथा खुल्ला आकासमा रात काट्नुपर्ने समस्याका कारण कतिपय तिर्थालुहरू बिरामी समेत पर्नेगरेका थिए । निकै आर्कषक गन्तब्यका रुपमा चिनिएको मालिका मन्दिर जिल्लाको ग्रामिण पर्यटनको नमुनाको रुपमा चिनिन्छ । धौलागिरि अञ्चलका सबै जिल्लाका साथै पोखराको फेवाताल समेत देखिने मालिका मन्दिरबाट दर्जनौं हिमश्रंखला देखिन्छ । तस्विर सौजन्य चित्र


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.