-->
श्रीमान् र प्रेमीबाट गर्भवती नभएपछि महिलाले उठाइन् यो भयानक कदम -

आमा बन्नु यो संसारको हरेक महिलाको लागि सबैभन्दा खुसीको पल हो । तर अष्ट्रियाकी एस्टिब्लिज क्यारेन्जले जब यो खुसी पाउन सकिनन् तब उनले जुन कदम उठाइन् त्यो निकै डरलाग्दो थियो ।
आइक्रिम पार्लर चलाउने एस्टिब्लिजलाई आमा बन्ने सबैभन्दा ठूलो इच्छा थियो । तर विवाहको थुप्रै वर्ष पश्चात् पनि जब उनी गर्भवती हुन सकिनन् तब उनले श्रीमान् होल्गर होल्जसँग सम्बन्धविच्छेद गरिन् । तर जब उनका पूर्व श्रीमानले घर छोडेर जान अस्विकार गरे तब सन् २००८ मा उनले होल्गरलाई गोली हानी हत्या गरिदिए । त्यसपछि उनले एस्टिब्लिजले आफ्ना पूर्व प्रेमीको शवलाई आरी मेसिनले स–सानो टुक्रा पारेर काटिन् । त्यसको दुई वर्ष पछि यहि घटना उनले आफ्ना प्रेमी म्यानफ्रेन्ड हिन्टरबर्गरसँग दोहोराइन् । यो हत्याको मूल कारण पनि आमा बन्न नसकेको कुण्ठा थियो । आफ्ना श्रीमान् र प्रेमीको शवलाई टुक्रा गरेपछि एस्टिब्लिजले उनलाई आफ्नो आइसक्रिम पार्लरको डिप–फ्रिज रेफ्रिजिरेटरमा जमाइन् र त्यसपछि पार्लरको बेसमेन्टमा लुकाएर राखिन् ।
दुई हत्या गरेपछि बनिन् आमा
आफ्नो श्रीमान् र प्रेमीको हत्या गरेपछि जोसँग एस्टिब्लिज सम्बन्धमा थिइन् ती व्यक्तिबाट उनी गर्भवती भइन् तर यसैबिच उनको पार्लरमा काम गर्नेहरुले पार्लरको भुँईतल्लामा लुकाएर रोखेको शव देखेर पुलिसलाई यसबारे जानकारी गराए । त्यसपछि नै यी दुई हत्याको रहस्योद्घाटन भयो ।
उनका श्रीमान्
हत्या गर्नुभन्दा पहिले ‘सूटिङ क्लास’ मा भर्ना भएकी थिइन्ः
आफ्ना पूर्व पतीको हत्या गर्नुभन्दा पहिले एस्टिब्लिज सुटिङ क्लासमा भर्ना भएकी थिइन् । गोली हानेपछि जब एस्टिब्लिजले आरी मेसिनमा शव काटिरहेकी थिइन् तब छिमेकीले प्रश्न गर्दा उनले आइसक्रिम मिक्स गर्ने नयाँ मेसिनको आवाज बताइन् । आफ्ना दुई पार्टनरलाई निकै भयानक तरिकाले हत्या गरेपछि पनि उनी तेस्रो व्यक्तिसँग सम्बन्धमा थिइन् ।
जेलमा लेखिन् आफ्नो जीवनीः
एस्टिब्लिजले पुलिस कस्टडीमा छोरालाई जन्म दिइन् । भर्खरै जन्मेका छोरालाई पेरिसमा रहेकी उनकी आमा लाई सुम्पिइयो । जेलमा नै उनले आफ्नो जीवनी लेखिन् । बच्चाको आशमा कसरी उनले दुई व्यक्तिको हत्या गरिन् भन्ने विषयमा उनले निकै खुलेर लेखेकी छिन् । यद्यपी, स्वास्थ्य परिक्षण गर्दा उनी मानसिक रोगी भएको पुष्टि भएपछि उनलाई पुरुषसँगै जेलमा राखिएको थियो । सन् २०१२ मा एस्टिब्लिजलाई जन्मकैदको सजायँ दिइएको थियो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.