नयाँदिल्ली: भारत-पाकिस्तान सिमानामा चीनमा निर्मित आधुनिक हतियार भेटिएपछि भारतीय सेनामा खैलाबैला मच्चिएको छ।
विधानसभा चुनाव २०१७ को तयारी चलिरेका बेला यो घटना सार्वजनिक भएको हो । भारत-पाकिस्तान सिमानामा पाकिस्तानी र चिनियाँ हतियार बरामद भएको पुष्टि भारतीय सेनाले पनि गरेको छ ।
अमृतसर क्षेत्रको बीओपी दाउके नजिकै भेटिएका यी हतियार देखेर भारतीय सिमा सुरक्षा बलका जवानको होस उडेको छ। हतियार भेटिएपछि बीएसएफको विभागमै हल्लीखल्ली भएको हो ।
हतियरा भेटिएलगत्तै सिमानामा सुरक्षा बढाइएको छ । साथै भारतीय सेनाले सर्च अभियान पनि चलाएको छ । बीएसएफ अधिकारीका अनुसार उनीहरुलाई पाकिस्तानबाट हतियार आएको सूचना मलेको थियो । त्यहीकारण सिमानामा सुरक्षा सतर्कता बढाइएको थियो ।
बीएसएफका वरिष्ठ प्रवक्ता तथा डीआईजी आरएस कटारियाले बताए अनुसार विधानसभा चुनावका कारण पञ्जाबसँग जोडिएको भारत-पाकिस्तानको सिमानामा गस्ती तीब्र पारिएको छ ।
बीएसएफलाई पाकिस्तानबाट हतियारको खेप भारत आइसकेको सूचना मिलेको थियो । बीएसएफले हतियार लुकाएको स्थानबारे पनि जानकारी मिलेपछि खोजी गरेको जनाएको छ ।
कटारियाका अनुसार हतियार भेटएपछि कयौँ स्थानमा सर्च अभियान सुरु गरिएको छ । बीओपी दाऊकेको नजिकैको बारको पारीतर्फ खेत लुकाएर राखेको अवस्थामा हतियारको खेप बीसएफको बटालियन १३८ का जवानले बरामद गरेका थिए ।
बीएसएफले त्यहाँबाट ७.६३ एमएमको चीनमा बनेको तीनवट पेस्तोल, तीनवटा म्यागजीन र २८ वटा कार्तुस पनि बरामद गरेको थियो । त्यसैगरीपाकिस्तानमा बनेको एक घरेलु पेस्तोल १२ एमएम र दुई थान कार्तुस पनि बरामद गरेको छ।
बीएसएफ अधिकारीका अनुसार ती हतियारको खेप तस्करहरुसम्म पठाउने तयारी थियो । कटारियाका अनुसार सिमानामा तैनाथ जवानलाई सतर्क रहन आदेश दिइएको छ ।कर्णाली न्यूज।।


0 comments
प्रतिक्रिया दिनुहोस्...