बाइस हजार थान गरगहना राखिएको वसन्तपुर गद्दी बैठकमुन्तिरको ढुकुटी जोखिममा छ। गृह मन्त्रालयअन्तर्गत समारोह प्रबन्ध फाँट प्रमुख मणिराम पौडेलका अनुसार भूकम्पले गद्दी बैठक भत्काएर तहसनहस पारिसक्दा पनि यसै बैठकमुन्तिर रहेको ढुकुटीलाई कसैले चासो दिएन। यो खबर आजको गोरखापत्रबाट लिएका हौ।
ढुकुटीमा सुन, हीरा, जवाहरात, देवी देवताका आभूषण, प्रशस्त असर्फी छन्। प्रमुख पौडेलले भने, ‘ढुकुटीमा रहेका अमूल्य गरगहनाको संरक्षणार्थ पनि गद्दी बैठकको पुनःनिर्माण जतिसक्यो छिटो हुन जरुरी छ। गद्दी बैठकमुन्तिरको सामान्य छिँडीमा थन्क्याइएका यी गरगहना कतै भग्नावशेषमा नपुरिऊन् भन्ने पिरलो छ ।’


0 comments
प्रतिक्रिया दिनुहोस्...