-->
आज मिती २०७३ साल माघ १७ गते सोमबारको राशिफल हेर्नुहोस्

“ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नमः ।”

श्रीसूर्य उत्तरायण शिशिर ऋतु,सौम्यनाम संवत्सर,शाके १९३८,विक्रसम्वत २०७३ साल माघ १७ गते सोमबार, नेपाल सम्बत ११३७ सिल्लाथ्व,सन् २०१७ जनवरी ३०

तारिक शुक्लपक्ष तृतीया तिथि राती ४ वजेर ५८ मिनेटसम्म,शतभिषा नक्षत्र राती ११ वजेर ३९ मिनेटसम्म, वरियन योग, तैतिलकरण, आनन्दादियोग अमृत,सूर्य मकर राशीमा,चन्द्रमा कुम्भ राशीमा ।

मेषः
ग्रह, गोचर सामान्य छन् । आम्दानीका नयाँ स्रोत खुल्ने छन् । घरपरिवार, भाई बन्धुबाट सहयोग मिल्नेछ । व्यापार व्यवसायबाट लाभान्वित हुनुहुनेछ । बक्यौता रकम उठ्नेछ ।

वृषः
तनाव मुक्त भएर काम गर्नु हुनेछ । सामाजिक काममा अभिरुची बढ्नेछ । इज्जत प्रतिष्ठा पनि बढ्ला । कार्य सम्पादनमा सरलता आउनेछ । वाणिज्य क्षेत्रमा सुधारका संकेत देखिने छन् ।

मिथुनः
दिन मध्यम खालको देखिन्छ । गुमेको विश्वासमा कमि आउनेछ । कहि कतैबाट हृदयमा आघात पुग्ने काम हुनसक्छ । फलदायी यात्राको सम्भावना देखिन्छ । आय व्यय वरावरै होला ।


कर्कटः
अहार विहारमा ध्यान दिन सकिएन भने स्वास्थ्यमा समस्या आउन सक्छ । लेनदेनमा सतर्क रहनु होला । काममा विघ्न बाधा आउने सम्भावना बढि नै देखिन्छ । खर्चमा तिव्रता आउनेछ ।

सिंहः
वाह्य कुरामा बढि चासो बढ्नेछ । यात्राको सम्भावना प्रशस्त देखिन्छ । व्यापार व्यवसायमा प्रगति हुनेछ । घर परिवारबाट सहयोग सल्लाहा मिल्नेछ । लोभ मोह बढ्नेछ । खर्चमा नियन्त्रण गर्नु होला ।

कन्याः
काम गर्दा शत्रु बढ्ने छन् कार्य गोपनियता अप्नाउनु होला । आफ्ना काम सम्पन्न गर्न पनि बढि नै खटिनु पर्नेछ । परिश्रमको फल भने राम्रै मिल्ने देखिन्छ । ऋण बढ्न सक्छ ।

तुलाः
दिन त्यति धेरै अनुकुल देखिन्न नयाँ काम थालनी नगर्नु होला । निर्णय क्षमता कमजोर बन्न सक्छ । काममा अपेक्षाकृत सफलता मिल्ने छैन । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ ।

वृश्चिकः
मनमा कुरा खेल्ने छन् । समस्या घट्ने भन्दा बढ्ने देखिन्छ धैर्यतापूर्वक काम गर्नु होला । खर्चमा तिव्रता आउनेछ । काम गर्दा आलोचना बढ्नेछ । सम्पतिको वारेमा विवाद पर्न सक्छ ।

धनुः
दिन सामान्य अनुकुल देखिन्छ । काम गर्ने उत्साहामा थोरै वृद्धि हुनेछ । लेनदेन कारोवारमा सुधार आउनेछ । अधुरा कार्य सम्पादन हुनेछन् । द्रोह चिन्तन त्यागेर काम गर्नु राम्रो हुनेछ ।

मकरः
बोलिको प्रभाव कम पर्नेछ । घर परिवारका कारण खर्चमा वृद्धि हुनेछ । प्रयत्न नगरि काम बन्ने छैनन । ऋण लगानी गर्न उचित देखिन्न । सहयोगको अपेक्षा धेरै नराख्न उचित हुनेछ ।

कुम्भः
आत्मबल,आत्मविश्वास घट्ने छैन । कुनै पनि काम उत्साहित भएर गरिनेछ । गरेका काम पनि अधिकाँश सफल हुनेछन् । उत्तम भोजन र आसन प्रप्तिको योग पनि देखिन्छ । सहयोग मिल्नेछ ।

मिनः
उपलब्धि विहिन खर्च वृद्धि हुने देखिन्छ । दैनिक काम काजमा अवरोध आउनेछ । अनावश्यक घुमाई फिराई बढि हुनेछ । व्यापार घट्नेछ । झुट्टा कुराले सताउनेछ । स्वास्थ्य कमजोर बन्नेछ ।
“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐ शान्ति, ॐ शान्ति, ॐ शान्ति ।”
– ज्यो. पण्डित वेदनिधि तिमिल्सिना, पोखरा, इमेलः gurupatrakar@gmail.com


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.