निकै लामो समयबाट बिरामी रहेका गायक पन्नाकाजी शाक्यको बुधबार बिहान निधन भएको छ। टेकु स्थित आफ्नै निवासमा निधन भएका गायक शाक्यलाई टेकु दोभानमा अन्तिम श्रद्धाञ्जली दिईएको छ।
१९९८ पौष १५ गते काठमाडौंमा जन्मिएका शाक्यले २००४ सालदेखि गीत गाउन सुरु गरेका थिए। २००८ मा पहिलोपटक उनले रेडियो नेपालमा गीत गएका थिए। २०१६ मा पहिलो गीत रेकर्ड गराएका गायक शाक्यले २०२२ सालमा गायनमा उत्कृष्ट बन्दै स्वर्ण पदक जितेका थिए।
मविवि शाहको ‘किन किन तिम्रो तस्विर’ सवैभन्दा पहिले पन्नाकाजिले गएका थिए भने पछी गुलाम अलि को स्वरमा यो गीत रेकर्ड भएको थियो। चार सय भन्दा वढी गीत गाएका उनका करिव दुई सय गेट मात्र उपलब्ध छन्।
‘तिरिरी मुलारी बज्यो वनैमा…’ उनको सर्वाधिक लोकप्रिय गीत हो। यो गीतलाई गायक शाक्यका छोरा प्रवेश मान शाक्यले आफ्नै आवाजमा समेत रेकर्ड गराएका छन्। रेडियो नेपालका जागिरे शाक्यले २४० पछाडी जागिर छाडेका थिए। चार छोरा र एक छोरी रहेका गायक शाक्यका दुई छोरा संगीतमा सक्रिय रहेका छन्। गायक शाक्यलाई हार्दिक श्रद्धाञ्जली
तस्विर: डीपलभ खतिवडा
Source- 977mag.comबाट साभार


0 comments
प्रतिक्रिया दिनुहोस्...