काठमाडौं, १३ माघ - नोपालमा छ महिनायता मात्र करिब एक अर्ब रुपैयाँको बोसो आयात भएको छ। साबुन, कस्मेटिक, दानाउत्पादक, उद्योगले कच्चा पदार्थको रुपमा पशुको बोसो विदेशबाट ल्याउने गरेका छन्।
यस तथ्यांकले हरेक बस्तुमा विदेशी उत्पादनको भर परिरहेको अवस्था झल्काउँछ । तथ्यांकअनुसार पछिल्ला तीन बर्षमा बोसोको आयात ४ गुणाभन्दा बढिले वृद्धि भएको छ भने ४ बर्षको तथ्यांक आँकलन गर्दा ३० गुणाभन्दा माथि आयात हुने देखिन्छ।
२०१६ को जुनसम्म (छ महिनामा) ८१ करोड ८२ लाख रुपैयाँको बोसो आयात भएको व्यापार तथा निकासी प्रवद्धन केन्द्रले जनाएको हो। तीन बर्षको तथ्यांक हेर्दा बर्षैपिच्छे दोब्बरभन्दा बढी आयात भइरहेको देखिन्छ।
नागरिक दैनिकमा खबर छ।
आयात (तथ्यांक)
सन् २०१३ : ३ करोड ६८ लाख
सन् २०१४ : २४ करोड १६ लाख
सन् २०१५ : ६७ करोड ३५ लाख
सन् २०१६ : ८१ करोड ८२ लाख (जुनसम्म)


0 comments
प्रतिक्रिया दिनुहोस्...