डोनल्ड ट्रम्पले राष्ट्रपति पदको लागि शपथ लिएलगत्तै उनीविरुद्ध लगातार नाराबाजी र आन्दोलन भइरहेका छन् । उनी विरुद्धको प्रदर्शनमा हज्जारौं महिला संलग्न भए जसमा हाइ प्रोफाइल सेलिब्रिटीको उल्लेख्य मात्रामा उपस्थिती रह्यो । ट्रम्पमाथि देश टुक्राएको र महिला विरोध नीति नियम बनाएको आरोप लगाइएको छ । यसमा ट्रम्पले भने, ‘आखिर मानिसहरुले मलाई भोट नै किन दिए ?’ ट्रम्पले २० जनवरीमा ४५ औं राष्ट्रपतिको रुपमा शपथ ग्रहण गरेका थिए ।
– यद्यपी ट्रम्पले यो पनि भने, ‘मानिसहरुले कुनै पनि मुद्दामा आफ्नो विचार व्यक्त गर्ने हक छ ।’
– उनले ट्वीटमा भने, ‘शान्तिपूर्ण प्रदर्शन हाम्रो देशको ताकत हो । यदि म सधैं सहमत भइन भने पनि म यो कुरामा विश्वास गर्छु कि मानिसहरुले आफ्नो सोचलाई व्यक्त गर्नै पर्छ ।’
एक अन्य ट्वीटमा ट्रम्पले लेखे, ‘मैले आफ्नो विरुद्धको प्रदर्शन देखे । तर यी सबै कुरा हामीले निर्वाचनको क्रममा देखिसकेका छौं । जब मानिसहरुले मेरो विरोध नै गर्नु थियो भने उनीहरुले आखिर किन भोट दिए ।’
वासिङ्टनसमेत थुप्रै शहरमा भयो प्रदर्शनः
– वासिङ्टनको सडकमा हज्जारौं महिलाहरुले नयाँ सरकारको नीति नियमको विषयमा प्रदर्शनद गरे ।
– प्रदर्शनकारीहरुले पर्चामा लेखेका थिए, ‘महिला अधिकार अन्त्यमा मानव अधिकार हो । ट्रम्प, पुटिनको हातको खेलौना हुन् ।’
– वासिङ्टनमा भएको प्रदर्शनमा मात्र करिब २ लाख मानिसको संलग्नता थियो ।
– यसका साथै न्यूयोर्क, लस एन्जलस, शिकागो र बोस्टमा पनि महिलाले प्रदर्शन गरे । यस्तै प्रकारको र्याली लण्डन, सिड्नी र टोकियोमा पनि आयोजना गरिने बताइएको छ ।



0 comments
प्रतिक्रिया दिनुहोस्...