-->
गाम्बियाका पूर्वराष्ट्रपतिले देश छाडेसँगै राष्ट्रिय ढुकुटीबाट ११ मिलियन डलर गायव

 पूर्वराष्ट्रपति याह्या जमेहले देश छाडेसँगै गाम्बियाको राष्ट्रिय ढुकुटीबाट ११ मिलियन डलर भन्दा बढी पैसा गायब भएको वर्तमान राष्ट्रपति अदमा बारोका सल्लाहकारले बताएको बीबीसीले जनाएको छ ।
ती अधिकारीहरुले बित्तिय बिज्ञहरुले सो घाटाको मूल्यांकन गरिरहेको बताएका छन् । समाचारमा राष्ट्रिय ढुकुटी रित्तो रहेको र कुनै पैसा नभएको बताइएको छ ।
समाचारअनुसार लक्जरी कार तथा अन्य आइटमहरु जमेहले देश छाड्ने बेला  चादको एक कार्गो विमानमा लोड गरिरिहेको देखिएको थियो । २२ बर्षे शासनपछि जमेह शनिबार निर्वासनमा गएका थिए ।
गत डिसेम्बरमा चुनाव हारे पनि परिणाम अस्वीकार गरेका थिए । उनलाई पश्चिमी अफ्रिकी देशको संगठनका नेताहरुले सत्ता त्याग्न भनेपछि उनले सत्ता त्याग्दै निर्वासनमा जाने निर्णय लिएका थिए । उनी गिनीमा निर्वासनमा रहेको बताइएको छ ।  हाल छिमेकी देश सेनेगलमा रहेका नयाँ राष्ट्रपति बारो कहिले देश फर्कने भन्ने थाहा हुन सकेको छैन ।
तर पश्चिम अफ्रिकी देशका सेनाहरु बारोलाई देश फर्कने तयारीको वातावरण बनाउन गाम्बियाको राजधानी बन्जुलमा पुगेको बताइएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.