-->
माइतीघरबाट ओली र घिमिरेले सार्वजनिक गरे ‘इतिहासकै ठूलो झण्डा’

काठमाडौं– शहीद दिवसको अवसरमा आइतबार राजधानीको माइतीघरमा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । नेपाली राष्ट्रिय देशभक्त युवा समाजको अगुवाइमा फहराइएको झण्डा इतिहासकै ठूलो भएको दाबी गरिएको छ ।
उक्त झण्डा एमाले अध्यक्ष केपी शर्मा ओली तथा राष्ट्रकवि माधव प्रसाद घिमिरेले संयुक्त रुपमा फहराए ।
१० मिटर अग्लो र साढे सात मिटर चौडाई रहेको राष्ट्रिय झण्डा करिब आठ किलो वजनको रहेको बताइएको छ । उक्त झण्डा ८३ मिटर रातो कपडा, २६ मिटर निलो कपडा र २३ मिटर सेतो कपडाले बनाईएको आयोजकले जनाएको छ। RatoPati
तस्बिर : रोशन बस्नेतको फेसबुकबाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.