-->
प्रेमिकाको संवेदनशील तस्बिर पोष्ट गरेको आरोपमा क्रिकेटर पक्राउ, १४ वर्षको जेल सजाय ?

गलादेशको राष्ट्रिय टीममा खेल्ने क्रिकेटर अराफात सन्नीलाई प्रेमिकाको संवेदनशील तस्बिर इन्टरनेटमा पोष्ट गरेको आरोपमा आइतबार पक्राउ गरिएको छ । बंगलादेशमा इन्टरनेटको विषयमा नियम कडा छ । सन्नीकी प्रेमिका आफैले दुई हप्ता पहिले उनीविरुद्ध मुद्दा दर्ता गरेकी थिइन् । पुलिसले अराफात पक्राउ परेको खबर पुष्टि गरेका छन् ।
बंगलादेशको पत्रिका ‘द डेली स्टार’ का अनुसार सन्नीकी प्रेमिकाले उनको फेसबुक अकाउन्टमा दुबैको तस्बिर पोष्ट गरेको भन्दै पुलिसमा मुद्दा दर्ता गरेकी हुन् ।
हुनसक्छ १४ वर्ष जेल सजायँः
स्थानीय पुलिसका प्रमुख जमालुद्दीन मीरले सन्नीसँग आफूहरुले सोधपुछ गरिरहेको र त्यसपछि उनलाई अदालतमा पेश गरिने जानकारी दिए ।
– बंगलादेशमा इन्टरनेटको विषयमा निकै कडा कानून छ । यदि अराफात दोषी भेटिए उनलाई १४ वर्षको जेल सजाय हुनसक्छ । सजायबाट बच्नका लागि उनले एक लाख २६ हजार डलर जरिवान तिर्नुपर्ने हुन्छ ।
– अराफातले भने आफूमाथि लागेको आरोपमा अहिलेसम्म केही बोलेका छैनन् ।
अर्को तर्फ, बंगलादेश क्रिकेट बोर्डका प्रमुख निजामुद्दीन चौधरीले यो अराफातको व्यक्तिगत विषय भएकाले यसबारे अहिले केही टिप्पणी नदिने बताएका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.