-->
नेपाल फर्कने अघिल्लो दिन खत्रीले गरे आत्महत्या

पछिल्लो समय जापानमा नेपालीहरुबाट आत्महत्या गर्ने क्रम बढ्न थालेपछि यसको सत्यथत्य पत्ता लगाउन समिति नै गठन भएको छ ।
समितिले आफ्नो अध्ययन जारी राखेका बेला आइतबार जापानको खानागावा केनको योकोहामा नजिक एकजना नेपालीले झुण्डिएर आत्महत्या गरेका छन ।
नेपाल फर्कने अघिल्लो दिन उनले आत्महत्या गरेपछि यो विषय गम्भीर बनेको छ । समाचार अनुसार कुकका रुपमा आएका अमरपुरी ८ नवलपरासीका ३३ वर्षीय संजय खत्रीले आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेका हुन् ।
श्रीमती र ३ वर्षीय छोरा रहेका खत्रीको भोलि सोमवार अर्थात् जनवरी ३० मा नेपाल फर्कने टिकट रहेको थियो ।
खत्रीले खानागावाको योकहामास्थित खानाजावा हाक्केई स्टेशन नजिकको कोठामा आत्महत्या गरेको हुन । १३ महिना अघि सुन्दर सपना बोकेर जापान आएका खत्रीले आत्महत्या के कारणले गरेको भने खुलेको छैन उनि केहि समयअघि देखी मानसिक तनावमा मर्छु भन्दै आएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.