-->
आजदेखि राजधानीका सडकमा ठूला बस चल्ने

काठमाडौं।आजदेखि काठमाडौंमा धेरै यात्रु क्षमता भएका ठूला बस सञ्चालनमा आउने भएका छन् ।
यातायात व्यवसायीहरुले रिरोडसहित भित्रि सडकहरुमा पनि ठूला बस सञ्चालन गर्न लागेका हुन् । आजदेखि राजधानी काठमाडौंमा सिटी मेट्रो कम्पनीले १५ वटा ठूला बस चलाउँदैछ । ४० सिट क्षमताका यी बस अपांग मैत्री रहेका छन् ।
बालाजु, बनस्थली लगायतका क्षेत्रबाट बानेश्वर जान दुईवटा गाडी फेर्नुपर्ने बाध्यताबाट यात्रु मुक्त हुने कम्पनीका अध्यक्ष हेमेन्द्र शेरचनले बताए । उनले केही समयपछि कम्पनीयले अरु बसहरु थप्ने जानकारी दिए ।
वनस्थलीमा वसपार्क राखिएको बस बाट बालाजु, नारायणगोपालचोक, बालुवाटार, पुतलीसडक, माइतिघर, बानेश्वर, कोटेश्वर, पेप्सीकोला हुँदै काँडाघारीसम्म पुग्नेछ । यी बस सोही रुट हुँदै फर्किनेछन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.