-->
सिके राउत भूत हुन कि मानिस ? संसदमा उठ्यो प्रश्न : संसद बैठकमा खैलाबैला

मधेस आन्दोलनको १० वर्षको उपलक्ष्यमा सिरहाको लाहनमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेपछि पछिल्लो समय चर्चित बनेका स्वतन्त्र मधेस आन्दोलनका अभियान्ता सिक राउतबारे सोमबारको संसद बैठकमा ‘उचम्म’ लाग्दो प्रश्न उठेको छ ।
सोमबारको बैठकमा बोल्दै मधेसी अनअधिकार फोरम लोकतान्त्रिकका एक सांसदले सिके राउत सरकारले पक्राउ गर्ने नसक्ने गरी भूत भएको भन्दै व्यंग गरे । ‘सिके राउत भूत हो भने सरकारले व्याख्या गरोस्, मान्छे हो भने किन पक्रिँदैन र कारबाही गर्दैन ?,’
फोरम लोकतान्त्रिकका सांसद सुबोधकुमार पोखरेलले प्रश्न गरे । सिके राउतले राष्ट्रघाती अभिव्यक्ति दिइरहेको तर्फ सरकारको ध्यानाकर्षण गराउँदै फोरम लोकतान्त्रिकका सांसद पोखरेलले उनलाई तत्काल पक्राउ गरी कारबाही गरिनुपर्ने बताए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.