मृत्यु भएको सात वर्षपछि कतारबाट कम्पनीले पठायाे ४८ लाख रुपैयाँ
अम्बिका दाहाल/खोटाङ ।
माघ १३– कतारमा २०६७ सालको असार २५ गते ज्यान गुमाएका एक युवाका परिवारले सात वर्षपछि आर्थिक सहायता पाएका छन् । कतारको कम्पनीले खोटाङको बाक्सिला ५ का पृथिलाल तामाङको परिवारलाई ४७ लाख ९६ हजार रुपैयाँ पठाइदिएको हो ।
यो रकम कतारमा गरिएको बीमा वापतको हो । उहाँका परिवारले जिल्ला प्रशासन कार्यालय खोटाङबाटै रकम बुझेका हुन् । पृथिलालले काम गर्ने कम्पनीले परराष्ट्र मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालयमा रकम पठाएको थियो ।
पृथिलालको परिवारलाई कम्पनीबाट पाउने रकम उपलब्ध गराउन सुरक्षित आप्रवासन परियोजना (सामीको) दिक्तेलमा रहेको सूचना तथा परामर्श केन्द्रले सहयोग गरेको थियो ।
सूचनाकेन्द्रको सहयोगमा पृथिलालका कागजत वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, परराष्ट्र मन्त्रालय, दूतावास हुँदै कम्पनीमा पुर्याइएको थियो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...