कोरियन नयाँ वर्ष सलनालको लामो अर्थात चार दिने बिदा आजबाट शुरु भएको छ । चाँड मनाउने हिजो कर्मथलो सउल लगायतका शहर छोड्ने कोरियनको लर्को लागेको थियो । जसका कारण रातिबेर सम्म राजधानी सउल सहित शहरका राजमार्गमा सडक जाम परेको थियो ।
कोरियाको यातायत इन्ष्टिच्यूट कोटीका अनुसार चाँड मनाउन तथा पारिवारिक जमघटका लागि हिजो झण्डै तीन करोड दश लाखले राजधानी छोडेको जनाएको छ । ती मध्ये झण्डै पन्चासी प्रतिशत कोरियनले आफ्नो निजि सवारी साधन अर्थात कार प्रयोग गरेको बताइएको छ भने एघार प्रतिशतले सार्वजानिक बस र तीन दशमलब छ प्रतिशतले रेल प्रयोग गरेका थिए ।
यसैबीच सलनालको विदा अवधिभर देशका सवै अस्पताल, क्लिनिक, फार्मेसी खुल्ने यहाँको स्वास्थ्य तथा कल्याण मन्त्रालयले बताएको छ । हिउ र वर्षा परेर मौषम विषम हुने भन्दै स्वास्थ्यको ख्याल गर्न पनि मन्त्रालयले सर्वसाधारणलाई सुझाएको छ । source: hellonepalkorea


0 comments
प्रतिक्रिया दिनुहोस्...