-->
सनी लियोनीसँग ट्रेनमा जाँदा शाहरुखलाई यस्तो दशा, प्रहरीको लाठीचार्ज एक जनाको ज्यान गयो तस्विर हेर्नुस्

११ माघ, एजेन्सी । बलिउड बादशाह शाहरुख खान आफ्नो फिल्म ‘रईस’को प्रचार–प्रसारका लागि सोमबार राति मुम्बईको भडोदरा स्टेशनदेखि नयाँ दिल्लीसम्मका लागि ट्रेन यात्रामा निक्ले ।
उनीसँग सनी लियोनी तथा फिल्मका निर्देशक राहुल ढोलकिया पनि थिए । तर, भडोदरा स्टेशनमा उनको यात्रा निकै हानिकारक रह्यो ।
यो स्टेशनमा खानलाई हेर्न उनका समर्थकहरुको निकै ठूलो भिड लागेको थियो । भिडलाई नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज नै गर्न पर्यो । यस्तो अवस्थामा ठेला–ठेल तथा भागदौड मच्चियो । यस क्रममा फरीद खान नामका एक व्यक्तिको मृत्यु भएको र अन्य धेरै घाइते भएको बताइएको छ ।
‘रईस’ फिल्ममा शाहरुख खान एक गुजराती रक्सी माफिया अब्दुल वहाब लतीफको भूमिकामा देखिँदैछन् । शाहरुखले फिल्म प्रमोसनको यस्तो नयाँ तरिका निकालेका हुन् । फिल्ममा पाकिस्तानी नायिका माहिरा खान शाहरुखको प्रेमिकाको रुपमा देखिनेछिन् । फिल्म २५ जनवरीदेखि रिलिज हुनेछ ।
Source- Nepaliheadlines बाट साभार


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.